२० वर्ष पुराना सवारी साधन हटाउने सरकारी निर्णय व्यवसायीले नमान्ने, दिए आन्दोलनको चेतावनी

292 0

२० वर्ष भन्दा पुराना सार्वजनिक सवारी साधन बिहीवारबाट हटाउने निर्णयलाई कडाइका साथ कार्यान्वयन गर्ने सरकारी अधिकारीहरूले बताएका छन्।

तर यातायात व्यवसायीहरूले भने सरकारको निर्णयलाई अवैज्ञानिक भन्दै सो निर्णय उल्लंघन गर्ने बताएका छन्।उनीहरूले यसले हजारौंको रोजगारीमा प्रभावित हुने तथा अर्बौं रूपैयाँको घाटा हुने दाबी गर्दै निर्णय पुनर्विचार गर्न सरकारसंग माग राखेका छन्।

देशभर झण्डै १० हजार २० वर्ष नाघेका गाडीहरू सञ्चालनमा रहेको बताइन्छ।यातायात व्यवस्था विभागले बिहीवारबाट २० वर्ष नाघेका सार्वजनिक सवारी साधन प्रयोग गरे त्यस्ता साधन जफत गर्ने जनाएको छ।

साथै त्यस्ता सवारी साधनलाई रूट इजाजत नदिने र नविकरण समेत नगर्ने अधिकारीहरूले बताएका छन्।अवज्ञा गर्ने सवारी साधनहरुलाई कारबाही गरिने बताउँदै यातायात व्यवस्था विभागका महानिर्देशक रूपनारायण भट्टराईले बताए।

उनले भने, “सरकारपछि हट्ने अवस्थामा छैन र व्यवसायीहरूले विरोध गरे भने हामी वैकल्पिक उपाय अपनाएर भए पनि पुराना गाडी नियन्त्रणमा लिन्छौं।”

उनले थप्दै भने, “कुनै पनि हालतमा खुट्टा कमाइँदैन। उनीहरूले जस्तोसुकै अवरोध जनाए पनि प्रतिकार गरी बल प्रयोग गरेर भए पनि निर्णय कार्यान्वयन गर्नेछौं।”

नेपालमा दुर्घटना तथा प्रदूषण बढ्नुको एउटा मुख्य कारण पुराना गाडीहरू भएको निष्कर्ष निकाल्दै मन्त्रिपरिषद्ले २ वर्ष अगाडि पुराना गाडी विस्थापन गर्ने निर्णय गरेको थियो।

तर उक्त सरकारी निर्णयको अवज्ञा गर्ने स्पष्ट संकेत यातायात व्यवसायीहरूले दिएका छन्।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले भन्छन्, “यी गाडी हटाउँदा अर्बौं रूपैयाँहरू कवाडीमा जाने फेरि खर्बौं रूपैं‍याँको अरू गाडी विदेशबाट झिकाउनुपर्ने हुन्छ। यी दुवैमा राष्ट्रिय पूँजीको दुरूपयोग हुनेछ।”

उनले थपे, “सरकारले यी गाडीहरूमा पुनर्विचार गरिनुपर्छ। हामी गाडी यथावत रूपमा चलाउछौं। कहीँकतै रूकावट भए हामी चरणबद्ध आन्दोलन गर्नेछौं।”लामो अध्ययनपछि सो निर्णय भएको र २० वर्षको अवधिमा एउटा गाडीले लगानी भन्दा धेरै मुनाफा कमाइसक्ने हुनाले व्यवसायीहरू पीडित नहुने निष्कर्ष यातायात व्यवस्था विभागको छ।

देशभर १० लाखको हाराहारीमा सार्वजनिक सवारी साधन रहेको विभागको तथ्यांक छ।

जसमा नेपालमा २० वर्ष नाघेका गाडीहरूको संख्या झन्डै १० हजार रहेको विभागले जनाएको छ।

पुरानो गाडीको स्थानमा नयाँ गाडी ल्याउन सरकारले व्यवसायीहरूलाई धेरै सुविधा दिएकोले नयाँ व्यवसायी आकर्षित हुने विश्वास पनि विभागका अधिकारीहरूको छ।

यद्यपी कतिपयले गत वर्षदेखि राजधानीमा शुरू गरिएको पुराना गाडी हटाउने अभियान प्रभावकारी नभएको भन्दै देशभर लागू गरिएको निर्णय कार्यान्वयन हुनेमा शंका गरेका छन्।-बिबिसी नेपालीबाट

प्रतिक्रिया

Related Post

चुनाव बिथोल्न खोज्‍नेलाई जेल हाल्न प्रधानमन्त्रीको निर्देशन

Posted by - November 20, 2017 0
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन बिथोल्न खोज्ने जुनसुकै समूहलाई प्रकाउ गरी जेल हाल्न निर्देशन दिएका छन्। गृहमन्त्रालयद्वारा आयोजित प्रदेश नम्बर…

कैदीबन्दीलाई छैन मताधिकार

Posted by - November 16, 2017 0
गुल्मी : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै गएपनि जिल्ला कारागार गुल्मीका कैदीबन्दी भने भोट हाल्न पाउने नपाउनेमै अन्योलमा छन् । निर्वाचन…

फजुल खर्चको पराकाष्ठा : सात महिनाको भ्रमण, तलब र इन्धन खर्चबापत १४ करोड

Posted by - February 21, 2018 0
काठमाडौं : शेरबहादुर देउवा नेतृत्वको सरकारका मन्त्रीहरूको जिल्ला भ्रमण, इन्धनलगायत शीर्षकमा मात्रै सात महिनामा १४ करोड ५८ लाख ५ हजार…

परीक्षाफल प्रकाशित

Posted by - November 27, 2017 0
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७४ साल जेठ र असारमा सञ्चालित विज्ञानतर्फ (चार वर्षे तर्फको) बि एस्सी तेस्रो वर्षको…

वैदेशिक रोजगार विभागका महानिर्देशक पाण्डे पक्राउ

Posted by - November 15, 2017 0
काठमाडौं—अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेलाई पक्राउ गरेको छ। मेनपावरसँग पैसा असुलेर अनिमियतता गरेको अभियोगमा पाण्डेलाई…
%d bloggers like this: