कर तिर्ने किन…? सवाल यो सबै सिद्धान्तलाई हो !

142 0

कर तिर्ने किन…?
सवाल यो सबै सिद्धान्तलाई हो,
आफ्नो सन्तान जन्माउँदै मार्ने या भनौं बलात्कार गर्न दिनलाई हुर्काउने …..

– प्रशान्त महासागर

समस्या सुल्झाउन नआउने तर सेवा बढाउन सहमत र सहकार्य हुने मानसिक रोगबाट ग्रसित कुनै बथानले हाँकेको देश जसलाई हामी नेपाल भन्दै आई रहेका छौं भने विश्व मानचित्रमा व्याख्या र विश्लेषण गर्नु पर्दा कहीं बुद्ध त कहिं अरनिको अगाडि सार्दै आई रहेका छौं । यो हाम्रो मानसिक कमजोरीको यथार्थता चित्रण हो । अर्को हामीभित्रकै अनेक स्वार्थ जस्ले वर्ग र जातिय कुराहरु प्रतिपादन भए त्यसले समग्रमा न देश हाँकेको छ न त जातिय सुविधा वा उत्पीडित वर्गलाई राहत मिलेको छ । मानौं देशमा कुनै चटक मञ्चन भई रहे, हामीले हेर्ने पाप गरि रह्यौं जस्मा मनोरञ्जन होईन समय बेअर्थमा खर्च जुन मृत्यु कुरिरहेको जीवन मैले महसुस गरेको छु । शायद यहाँ सत्यलाई हो भन्ने आँट सबैमा जिउँदो छ भने सबैले त्यही पाप गरेरै बाँचेकै छन् । र बाँचेकै सवालमा म जल्न वा सड्न बाँकी अवशेष या भनौं कुनै बोझ भन्न नै रुचाउँछु जुन नेपाल र नेपालीहरुको हक हितमा पटक्कै हुने छैन् मैले भन्नु आफैलाई सराप्नु नै हुनेछ किनभने कतिपय ठाउँमा मैले देशको स्थिति र परिस्थितिलाई देखाउने विरोध गरेकै छु जुन पुग्दैन त्यो आफ्नो ठाउँमा छ नै ।

देश सुन्दर छ सबैलाई थाहा छन् । स्रोतहरु प्रयाप्त मात्रा छन् त्यो पनि ज्ञात भएकै कुरा हुन् भने माटो सुहाउँदो अनेक कार्यहरु पनि यही छन् भन्ने कुराले सबैको मुटु धड्केकै छन्, मस्तिष्क चलेकै छन् । तर कुरुप वा विरुप किन बने, स्वार्थ भन्दा तल देश किन परे? यी दुई विमर्श बिर्सिनाले देश चकनाचूर भए, घर न घाटको नेपालीहरु भए । सबैमा एउटै त्रास छाए विहान बेलुकीको छाक कसरी टार्ने…। हुन त विश्व मनुष्य नै त्यो जीव होला जस्ले कमाउन सिके भने कमाईमा नाफा र नोक्सानीको हिसाब राख्न जाने । अर्को कमिशनले सासलाई परिचालनमा ल्याउने व्यवस्था प्रतिपादन त गरे कार्यन्वयनको सवालमा सधैं चुकि रहे । कालो कुरालाई सेतो सम्झिने मनशायमा जीवनलाई हुर्काइ रहे । यसले न जीवन सुख उत्पादन गरे न त सगरमाथाको छात्तीभित्र पनि व्यथा र वेदना छ भन्ने कुरा नै पस्के । सबै आफ्नै चूल्होको भागदौडमा लागे, शिक्षा शिक्षित बनाउने साधक नबनी कमाई खाने बाटो नै बने जस्को प्रतिफल रोजगारी एउटा समस्या अर्को शिक्षा नीति कमजोर हुँदै गए भने शिक्षक पेशा अपानित हुँदै अंक र शब्द हेरफेरमा राज्यले सबैलाई लुटे । राज्य अर्थात देश तरलीकरणमा रुपान्तरित गरेर एकसँग अर्को जुधाउने व्यवस्थाहरु बनिंदै जानुको मुख्य लक्ष्य दुईचारकै यो ठाउँ, त्यो गाउँ बनाउनु नै हो । र त्यो बन्दै जानु हामीभित्रका ती फोहरहरुलाई व्यवस्थित बनाउन नसक्नु नै हो ।

हामीलाई ठूलो नभए पनि सानो केही अंश प्राप्त हुनु नै हो जुन प्रत्यक्ष वा अप्रत्यक्ष त्यो समयले देखाउने कुरा हो जस्मा मेरो समर्थन छैन् भन्दै देश परित्याग गर्नु अर्को देशको पीडा हो जस्लाई हामीले निर्मूल पार्नु आजको आवश्यकता हो नै । र त्यो निर्मूल कसरी गर्ने…? भनिन्छ समस्या जहाँ समाधान पनि त्यही हुन्छ । आज देश चलाउँछु भन्नेहरुले दुई पैसा कमाईको काम गरेको छैन् तर दश पैसाको सुविधा आ–आफ्नो लागि उत्पादन गरे, कहाँबाट…? जवाफ सजिलो छ हाम्रै करबाट । हामीमा, हाम्रो ठाउँमा खर्च होस् भनी तिरेका वा कहींबाट आयतित वस्तुहरुको कर वा भनौं हाम्रै नाउँबाट उठाएका ऋण खाई रहेका छन्, यो कुरालाई, यो व्यवस्थालाई हामीले अंकुश लगाउन सकिएन भने हामी पूर्णरुपमा सकेकै हुनेछौं भने हाम्रा सन्ततीहरु जन्मिने बित्तिकै हामीले नै मारेको सावित स्वतः हुनेछन् नै । त्यसैले सरकार राज्य सुव्यवस्थित नहुने हो भने कर हामी किन तिर्ने…? सुविधा, भत्ता वा भनौं तलबकै व्यवस्थाद्वारा आ–आफ्नो घरपरिवार चलाउने हो भने कमाई गर्नु प¥यो खर्चको लागि किनभने तँहरु त अझ हाम्रो सेवाको लागि हामीले छानेका थियौं । अफसोच मरेका, सिनो झै गन्हाउँदा नि हामी टुक्रिकरणको सिद्धान्त नीतिमा पिल्सिएर कमजोर हुँदै गयौं । आ–आफ्नो जीवनको लागि अभिषाप हुँदै गयौं । आफ्ना सन्तान दरसन्तानका हत्यारा हुँदै जाँदा नि त्यसको महसुस नहुनु अर्को लाज लाग्दा कुराहरु त छन् नै । त्यसैले राज्य सत्ताले कुनै नीति ल्याउँछन् त हाम्रै लागि हुनुपर्छ भन्ने सिद्धान्तको दासदासी बनौं, पालना र कार्यन्वयनका कुराहरुलाई मजबूद बनाउन नीति र सिद्धान्त त्याग्नु परे पनि त्याग्ने कुरा गरि एक जुट हौं ।

आज सदनबाट सभासद हीतका अनेक बुँदा सहजै पास भए । तर आम नेपालीहरुको समस्या चाहे त्यो राणा कालको होस् चाहे पञ्चायत वा बहुदल या गणतन्त्र सबै त्यही छन् सुल्झनको ठाउँमा उल्झनले जरो गाड्दै लगे । त्यो जराले न देश बन्छ न त देशबासि नै । यदि कहीं केही हुन्छ भने देशबासिको रोजरोटीमा फेरि पनि एकपटक विष नै छर्किन्छ । त्यसैले ती त्यस्ता विषादीयुक्त बृक्षहरुले जरा मजबूद गर्न लागेको अवस्थामा हामीले मल जल नगर्नु नै उचित हुनेछ । अबका दिनमा सबै सिद्धान्त र विचारवालाहरुले कर नतिर्नु नै आम नेपालीहरुको हितमा हुनेछ । अन्यथा आफुहरु त म¥यो म¥यो नै, आफ्ना सन्तानहरुलाई मार्ने काम पनि हामीबाट नै भएको ठहर हुनेछ । अर्को होला नपुग तर कमाई त हुनु प¥यो खर्चको निम्ति या भनौं उत्पादनहरु बढाएर योजना नीति कार्यन्वयन गरेर जनता र देशलाई फाईदा हुने कार्यहरु सृजना गरेको खण्डमा जनता आफैंले त्यो सुविधा, त्यो उपचार खर्च दिन्छन् नै । भन्ने बेला मालिक हामी जनता तर मालिकको आज्ञा विना पनि ढुकुटीको साँचो परिचालन गर्ने तँहरु शायद यो देशको कुनै डकैतहरु भन्दा कम छैनन् भन्ने नै महसुस भएको मात्र होईन यथार्थता पनि त्यही प्रमाणित भएको छ । त्यसैले जतिसक्दो आ–आफ्नो आचरणहरु सुधार गर्न तिर सभासद लाग्दा नै राम्रो हुनेछ । जनताले चाहेको खण्डमा भोली सभासद बहिष्कार विद्येयक पारित गर्दै कार्यन्वयन गर्नु पर्ने हुन्छ नै ।

प्रतिक्रिया

Related Post

मोदीको सन्देश र ओलीको संकेत

Posted by - February 5, 2018 0
काठमाडौँ — प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनले विजय हासिल गरेपछि अब बन्ने वामपन्थी सरकार र भारत बीचको सम्बन्धबारे आशंकापूर्ण…

घोषणापत्रमा कृषि विकासको रंगीन सपना – कृष्णप्रसाद पौडेल

Posted by - November 10, 2017 0
कार्तिक २४, २०७४-पार्टीहरूका घोषणापत्रमा लेखिएका कृषि विकासका रणनीति, योजना र कार्यक्रम पढिसक्दा लाग्यो, दलबदल, साँठगाँठ र तालमेलको नयाँ सिद्धान्त बनाएका…

विघटित संसद्ले दोष बोक्ने कि नबोक्ने ? – हरिबहादुर थापा

Posted by - November 17, 2017 0
मंसिर १, २०७४-संसद सकिए लगत्तै जारी ‘चिकित्सा शिक्षा अध्यादेश’ विरुद्ध जसरी र जुन अनुपातमा आलोचनासहितको विरोध आउने ठानिएको थियो, त्यो…

स्वास्थ्यसेवा सुधारको खाँचो l

Posted by - October 30, 2017 0
कार्तिक १०, २०७४-नेपालका प्रमुख राजनीतिक दलहरूले स्वास्थ्य क्षेत्रलाई महत्त्व दिएनन् । अपवाद छाडेर नेतृत्व सम्हाल्नेहरू स्वास्थ्य क्षेत्रको सुधारप्रति उदासीन भई…

संघीयता र अर्थतन्त्र

Posted by - February 4, 2018 0
केशव आचार्य संघीयता कार्यान्वयनको चरणमा प्रवेश गरेको छ। प्रादेशिक संसद् गठन भइसकेको छ। प्रश्न उठ्न थालेको छ– प्रादेशिक संरचना राज्यले…
%d bloggers like this: