बल्ल आयो बास्तबिकता किन नहोस त दुर्घटना ! दूर्घटनाग्रस्त हुनु भन्दा केहि मिनेट अगाडि यु एस बंगलाकाे बिमान यसरि उडिरहेकाे थियाे (हेर्नुहोस भिडियो) (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

163 0

बल्ल आयो बास्तबिकता किन नहोस त दुर्घटना ! दूर्घटनाग्रस्त हुनु भन्दा केहि मिनेट अगाडि यु एस बंगलाकाे बिमान यसरि उडिरहेकाे थियाे (हेर्नुहोस भिडियो) (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

काठमाडौं,चैत्र १ : काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस-बंगला एयरलाइन्सको विमान दुर्घटनामा परेपछि जलालाबाद रागिब रबिया मेडिकल कलेजमा एमबीबीएस चौथो वर्षमा अध्ययनरत निष्ठा शाही ठकुरी व्याकुल छिन् । उनी भन्छिन्, ‘केही साथी बेहोस भए । पुस्तकालय र क्यान्टिनमा सधैं देखिरहने ११ जना एकसाथ गुमाउनु पर्दा हामी शोकविह्वल छौं ।’ यो खबर आजको अन्नपूर्णपोस्टले छापेको छ ।

एमबीबीएस अन्तिम वर्षको परीक्षा सकेर छुट्टीमा घर फर्कंदा विमान दुर्घटनामा परेका १४ विद्यार्थीमध्ये १२ जनाको निधन भयो र २ जनामात्र बाँच्न सफल भए । जलालाबाद रागिब रबिया मेडिकल कलेजमा अध्ययनरत ११ जना सञ्जय पौडेल, सञ्जय महर्जन, निगा महर्जन, एन्जिला श्रेष्ठ, पूर्णिमा लोहनी, स्वेता थापा, मिली महर्जन, सरुना श्रेष्ठ, एल्जिना बराल, चारु बराल र आश्ना शाक्यको दुर्घटनामा निधन भयो । दुर्घटनामा निधन भएकी श्रेया झा भने कुमुदिनी महिला मेडिकल कलेजमा अध्ययनरत थिइन् । एमबीबीएस अध्ययनरत रिदम उप्रेती भन्छिन्, ‘उहाँहरू बोलेको झझल्को आइरहेको छ ।’

दुर्घटनामा परेका १४ जनामध्ये समीरा व्यञ्जनकार र प्रिन्सी धामी मात्र बाँच्न सफल भएका छन् । नेपाली विद्यार्थीको मृत्युपछि जलालाबाद र कुमुदिनी महिला मेडिकल कलेज तीन दिन बन्द गरिएको छ । त्यहाँ अध्ययनरत नेपाली विद्यार्थी तनावमा छन् । बंगलादेशको राजधानी ढाकाबाट १४ जना चिकित्साशास्त्रका विद्यार्थीसहित ६७ यात्रु बोकेर आएको विमान अवतरण गर्दा दुर्घटना भएको थियो । कलेज परिसरमा देखिने अग्रजहरूको निधन भएको खबर पाएलगत्तै सबै नेपाली विद्यार्थी शोकमा डुबेको ठकुरीले बताइन । उनले भनिन्, ‘सबै स्तब्ध भएका छौं । आँखा अगाडि सधैं देखिरहने दाजुदिदीहरू अब कहिल्यै फर्किनु हुन्न भन्ने सोच्दा मन चिसो हुन्छ । यस्तो फेरि कहिल्यै नहोस् ।’

जलालाबाद मेडिकल कलेजका प्रिन्सिपल डा.अबेद हुसेनसहित विद्यार्थीहरूले बुधबार साँझ चिर शान्तिको कामना गर्दै मैनबत्ती प्रज्वलन गरेका थिए । नेपाल—बंगलादेश मेडिकल वेलफेयर सोसाइटीले पनि घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै मैनबत्ती प्रज्वलन गरेको ठकुरीले बताइन् । वल्र्डवाइड स्टुडेन्ट अर्गनाइजेसन अफ बंगलादेशको कार्यसमिति सदस्य रतन सुवेदीले चिकित्साशास्त्र अध्ययनरत विद्यार्थीमा तनावमा रहेको बताए । इस्टवेस्ट मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत सुवेदीले भने, ‘प्रायः सबै मेडिकल कलेजमा मैनबत्ती बालेर शोक सभा गरिएको छ । सबै शोकग्रस्त छन् ।’

विमानमा ३३ जना नेपाली, ३२ जना बंगलादेशी, एक जना चिनियाँ, एक जना माल्दिभ्सका नागरिकका साथै ४ जना चालक दलका सदस्य गरी ७१ जना थिए । तीमध्ये ५१ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

Related Post

दुखत बखर ! नेपाल आइडका विजेता बुद्ध लामा हस्पिटल भर्ना ! कारण यस्तो छ…

Posted by - March 15, 2018 0
दुखत बखर ! नेपाल आइडका विजेता बुद्ध लामा हस्पिटल भर्ना ! कारण यस्तो छ…काठमाडौं। पहिलो नेपाल आइडल बन्न सफल वुद्ध…

यसो भन्छन्, विमानस्थलभित्र गाडी चलाउने सिजन बयम्बु

Posted by - March 15, 2018 0
सिजन बयम्बु, प्रत्यक्षदर्शी म विमानस्थलमा ‘लाइट’ गाडी चलाउँछु । सोमबार दिनको २ बजेतिर डोमेस्टिक एभियसनतर्फको मूलगेटमै थिएँ । माथिबाट चट्याङ…
%d bloggers like this: