म स्वर्गीय डाक्टर

1310 0

डाक्टर बन्न उडान भर्न घरबाट निस्कदा
ॠण खोजी ल्याएको पैसा थमाउदै
खुसिले प्रफुल्ल हुँदै बिदा गरेका
ती आमा बुबाका हातहरु
सायद, यतिबेला काप्दै होलान
मेरो डडेको शरीर छुन खोज्दै
एयरपोर्टमा मलाइ देख्न आतुर आखाहरु
अहिले मेरो अघि चिम्म भएका छन
सायद, आगोको रापमा रापिएको
मेरो शरीर हेर्ने सामर्थ्य जुटेन ती आखामा
सेतो पोसाकमा सजिएर
अरुको ज्यान बचाउन
सक्षम बनेर फर्के सोचेथे
तर
आज हारे आफू आफैसँग
अरुलाइ बचाउन सक्षम यो सिपले
काललाइ छल्दै आफुलाइ बचाउन सिकाएन
मलाइ माफ गरिदिनु बाबा
तिमिलाइ ॠणको भारी बोकाएर
बुढेसकालमा सहाराको आश देखाएर
म कहिल्यै नबिउझने गरि निदाए
लाग्छ, भगवानलाई
मेरो नामको अघि स्व. थप्नु रैछ
सायद तेसैले त होला
डा लेख्ने तिम्रो सपना बाबा
मात्र सपनामै सिमित रहे।।

प्रतिक्रिया

Related Post

कारागारमा बसेर घरमा पैसा पठाउँछन पर्वतका कैदीबन्दी

Posted by - March 18, 2018 0
पर्वत /धेरैलाई लाग्छ कि कारागारमा बसेर कैदी जीवन बिताइरहेका कैदीहरू कसरी समय कटाउँदा हुन्। तर, जिल्ला कारागार पर्वतमा रहेका कैदी बन्दीहरूको…

डाक्टरको उपाधि पाउनु अघि ओलीले रुद्राक्षको विरुपा रोपे

Posted by - April 8, 2018 0
नयाँ दिल्ली । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले विद्यावारिधीको उपाधी पाउनुअघि रुद्राक्षको विरुवा रोपेका छन् । भारतको उत्तराखण्ड पन्तनगरस्थित गोविन्द…

पोखरा बिश्वबिध्यालयको स्व बि यु निर्बाचनमा बाम बिधयार्थीको पवोर र्संग ट्याकल गर्दै ने,बि संघ का यी हस्तीहरु

Posted by - March 27, 2018 0
येही चैत्रको २१ गते पोखरा बिश्वबिध्यालयमा पहिलो पटक हुन गैरहेको स्वतन्त्र बिधार्थी युनियनको निर्बाचन मा नेपाल बिधार्थी संघको तर्फ बाट…

टेलिकमका अफर थप तीन महिना

Posted by - November 12, 2017 0
काठमाडौं- नेपाल टेलिकमले ग्राहकलाई समय समयमा उपलब्ध गराएका विभिन्न प्रवद्र्धनात्मक अफरलाई थप तीन महिना निरन्तरता दिएको छ । उपभोक्ताले अत्यधिक…
%d bloggers like this: