रुसी राष्ट्रपतिमा पुनः पुटिन निर्वाचित

85 0

मस्को । रुसको राष्ट्रपतिमा पुनः वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिन नै निर्वाचित भएका छन् ।

प्राप्त समाचारअनुसार यहाँको अधिकांश मत गनिसक्दा उनको मात्र लगभग ७५ प्रतिशत मत देखिएको छ । यो उनका निकटतम प्रतिद्धन्द्धीको तुलनामा निकै नै बढी हो ।

विपक्षीको भन्दा निकै ठूलो मतान्तरले उनले पुन रुसको राष्ट्रपतिमा जित हासिल गरेका  छन् ।

रुसको केन्द्रीय निर्वाचन आयोगले औपचारिक रुपमा घोषणा गर्न त बाँकी नै छ तरपनि पुटिन ७५ प्रतिशत हाराहारीमा मत हासिलगर्दै जितको नजिक पुगेका हुन् ।

राष्ट्रपतीय चुनावमा यो उनको अपेक्षित नै जित हो । यससँगै अब रुसी राष्ट्रपतिका रुपमा पुटिनले थप छ वर्ष रुसलाई नेतृत्व प्रदान गर्ने भएको बताइएको छ ।

त्यहाँका प्रमुख विपक्षी नेता एलेक्सेइ नाभाल्नीले भने निर्वाचनमा उठ्न पाएका थिएनन् । निर्वाचनसम्बन्धी कानुन देखाएर उनलाई चुनावमा उठ्न नै रोक लगाइएको थियो ।

आइतबार रुसमा राष्ट्रपति पदका लागि मतदान भएको थियो । विश्वका सञ्चारमाध्यमहरुले सोमबार बिहानैदेखि विपक्षीलाई ठूलो मतान्तरले पछिपार्दै पुटिनले जित हासिल गरेको प्रकाशन प्रशारण गरेका छन् ।

प्रतिक्रिया

Related Post

जनप्रतिनिधिका कमाउ धन्दा : आफैं ठेकेदार बनेर सडक निर्माण

Posted by - January 24, 2018 0
  जाजरकोट : नलगाड नगरपालिका-३ का वडाध्यक्ष प्रचण्ड वलीले छेप्का-डाँडागाउँ-कैना जोड्ने मोटरबाटो भाडामा डोजर लिएर आफैंले खन्न लगाए। १० लाख रुपैयाँ…

लोक सेवाको तयारी गर्दै हुनुहुन्छ ? पढ्नुस् उपसचिव भण्डारीका टिप्स्

Posted by - March 19, 2018 0
अर्जुन भण्डारी : उपसचिव, नेपाल सरकार लोक सेवा पढ्ने मन्त्र : सफल हुनलाई सधै मनन गर्नुहोस । लोक सेवा पढ्ने…
%d bloggers like this: