पोखरा ५ पर्स्याङमा स्कुटर दुर्घटना हुदाँ एकको मृत्यु

79 0

पोखरा ५ पर्स्याङमा स्कुटर दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ ।

मंगलबार राति करिब १२: ३० बजे पर्स्याङको  धर्मस्थलि स्कुल अगाडी भएको दुर्घटनामा परेका  कास्कीको  माछापुच्छ्रे गाउपालिका ६ का ४५ बर्षीय पान बहादुर क्षेत्रीको मृत्यु भएको हो ।

धर्मस्थलि स्कुल अगाडी रोकी राखेको ग १ ख ५९९६ नम्बरको पृथ्वी यातायात समितिको बसको पछाडीको  भागमा बाग्लुङ बसपार्कबाट जिरो किमीतर्फ जादै गरेको ग १४ प २३३ नम्बरको स्कुटर ठोक्किदा स्कुटर चालक क्षेत्री गम्भीर घाइते भएका थिए ।

दुर्घटनामा परी गम्भीर घाइते भएका क्षेत्रीको उपचारको क्रममा मेट्रोसिटि अस्पताल पोखरामा मृत्यु भएको  प्रहरी उपरीक्षक बिरेन्द्र कुमार बस्यालले बताएका छन् ।

घटना पश्चात  बस, स्कुटर र बसको साहुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको  छ ।

प्रतिक्रिया

Related Post

घाचोकमा ‘विराट शैक्षिक श्रीमद्भागवत धनधान्याञ्चल महायज्ञ’ शुरु

Posted by - April 24, 2018 0
पोखरा, ११ वैशाख । कास्कीको माछापुच्छ«े गाउँपालिका वडा नं ३ घाचोकमा रहेको शुक्ला गण्डकी माविमा विराट शैक्षिक श्रीमद्भागवत धनधान्याञ्चल ज्ञान…

विमान दुर्घटनामा ज्यान गुमाएका पौडेलको शव पोखरा ल्याईयो, आजै अन्त्यष्टी गरिने

Posted by - March 19, 2018 0
पोखरा, चैत ५ । फागुन २८ गते सोमबार काठमाडौमा भएको विमान दुर्घटनामा परि ज्यान गुमाएका पोखराका सञ्जय पौडेलको शव पोखरा…

जनप्रतिनिधिका कमाउ धन्दा : आफैं ठेकेदार बनेर सडक निर्माण

Posted by - January 24, 2018 0
  जाजरकोट : नलगाड नगरपालिका-३ का वडाध्यक्ष प्रचण्ड वलीले छेप्का-डाँडागाउँ-कैना जोड्ने मोटरबाटो भाडामा डोजर लिएर आफैंले खन्न लगाए। १० लाख रुपैयाँ…

दुखत बखर ! नेपाल आइडका विजेता बुद्ध लामा हस्पिटल भर्ना ! कारण यस्तो छ…

Posted by - March 15, 2018 0
दुखत बखर ! नेपाल आइडका विजेता बुद्ध लामा हस्पिटल भर्ना ! कारण यस्तो छ…काठमाडौं। पहिलो नेपाल आइडल बन्न सफल वुद्ध…
%d bloggers like this: