म्याग्दी बाट गर्ने भए महाबिर पुनले मेडिकल ड्रोनको परीक्षण उडान

78 0

म्याग्दी, १२ चैत्र । सामाजिक अभियन्ता महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गरेको स्वचालित मानवरहित ‘मेडिकल ड्रोन’ ले पहिलो उडान म्याग्दीबाट गर्ने भएको छ ।

भौगोलिक कठिनाई भएको नेपालका दुर्गम क्षेत्रमा नियमित औषधि ढुवानीमा महामारी फैलिएको क्षेत्रबाट दिसापिसाबको नमूनालाई प्रयोगशालासम्म ल्याउन प्रयोग गरिने आठ वटा पंखा भएको र दुईवटा पखेटा भएको जहाज जस्तै उडान गर्ने दुई प्रकारको ‘मेडिकल ड्रोन’ केन्द्रको रिसर्च ल्याबमा अन्तिम चरणमा पुगेको राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले बताउनुभयो । “अर्को महिनाको दोस्रो सातासम्म म्याग्दीमा परीक्षण उडान गर्ने तयारीमा छौँ । नियमित उडानका लागि केही समय लाग्छ” पुनले भन्नुभयो ।
पुनले स्वास्थ्य मन्त्रालयले आवश्यक ठाउँको पहिचान गरेपछि गृहमन्त्रालय र अन्य आवश्यक मन्त्रालयसँग सहकार्य गरिने बताउनुभयो । ड्रोनले औषधि लिएर गन्तव्यमा पुगी औषधि छोडेर एयरर्पोटमा फर्किने छ ।
ल्याबमा इलेक्ट्रिक, इलेक्ट्रोनिक्स र मेकानिकल काम गर्ने युवा व्यस्त रहेका छन् । केन्द्रमार्फत विद्युतीय सवारीसाधन, जलविद्युत् आयोजनाका सोचसमेत बनाइएको छ ।

सरकार ले यस्तो योजना एबम कार्यलाई सहज बनाए राम्रो र सुलभ स्वास्थ्य सुबिधा जनता को पहुच मा सजिलै पुग्ने विश्वास लिनुभएको छ।

प्रतिक्रिया

Related Post

निर्वाचन सुरक्षामा चुनौती, सिंचाई मन्त्री लक्षित गरी बम विष्फोट

Posted by - November 16, 2017 0
सिंचाई राज्य मन्त्री एवम् कांग्रेस उम्मदवार अमरसिंह पुनलाई निशाना बनाई रोल्पाको सुवर्णवती गाउँपालिका–१, घोडागाउँमा लक्षित गरी बम विष्फोट भएको छ…

दिपक मनाङ्गे पक्राउ गर्न रेड कर्नर नोटिस जारी

Posted by - March 18, 2018 0
काठमाडौं । प्रदेश नम्बर ४ को मनाङबाट प्रदेशसभा सदस्यमा निर्वाचित ’फरार माननीय’ राजीव गुरुङ भनिने दीपक मनाङेलाई खोजी गर्न प्रहरीले…

कक्षा ११ र १२ को वार्षिक परीक्षा समयतालिका सार्वजनिक (तालिकासहित)

Posted by - November 23, 2017 0
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले यस वर्षको कक्षा ११ र १२को वार्षिक परीक्षाको समयतालिका आइतबार सार्वजनिक गरेको छ…

मालेबाट संसद बनेका नवराज सिलवाललाई कारबाही गर्नु पर्ने सर्वोच्चको आदेश

Posted by - December 14, 2017 0
सर्वोच्च अदालतले नेकपा एमालेका नव निर्वाचित सांसद एवं तत्कालिन प्रहरी नायव महानिरीक्षक (डिआइजी) नवराज सिलवालले बढुवाका लागि प्रस्तुत गरेको कार्य…

पुरानै परिचयपत्रका आधारमा मतदान गर्न पाइने

Posted by - November 17, 2017 0
काठमाडौँ, मङसिर १  गते ।  निर्वाचन आयोगले मङ्सिर १० र २१ गते दुई चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि…
%d bloggers like this: