गठवन्धनको कार्यदल सहितको शीर्ष बैठक भोली

77 0

काठमाडौं । बाम गठवन्धनका दुवै कार्यदलले एकता सम्बन्धी प्रतिवेदनको कामलाई अन्तिम चरणमा पुर्‍याएका छन् । एकता प्रक्रियामा रहेका विधान र संगठनात्मक कार्यदल तथा राजनीतिक दुवै कार्यदलले एकता प्रतिवेदनलाई अन्तिम चरणमा पुर्‍याएको जनाएका छन् । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली भारत भ्रमणमा जानु अघि नै २ पार्टी बीचको एकता प्रक्रिया टुंग्याउने गरी दुबै पार्टीले गृहकार्य अघि बढाएका छन् ।

कार्यदल स्तरमा सहमति भएका बिषयलाई अन्तिम रुप दिन कार्यदल सहितको शीर्ष बैठक भोलि दिउँसो १ बजेका लागी डाकिएको छ । एमाले नेता एवं राजनितिक कार्यदल सदस्य सुवास नेम्वाङले एकता प्रक्रिया तत्काल टुंग्याउने हिसावले आफुहरुले प्रतिबेदन तयार पारेको बताए । अब शीर्ष तहमा सहमति जुट्ने बित्तिकै एकता प्रक्रियाले गति लिने नेम्वाङको दाबी छ । नेम्वाङले भोलिको बैठकले यसको समग्र खाका बनाउने र त्यसपछि एकताको मिति घोषणा हुने बताए ।

प्रधानमन्त्री ओलीको भारत भ्रमण अगाबै एकता गर्ने चर्चा पछिल्लो  समय चल्दै आएको छ ।  यद्यपी दुबै दलले कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा वैशाख १० गते एकता गर्ने तयारी गरेको थियो । राजनीतिक र विधान तथा संगठनात्मक कार्यदलको प्रतिबेदन माथि छलफल गरी सहमति बने, एकता प्रक्रियाको महत्वपुर्ण पाटो सकिने नेताहरुले बताएका छन् ।

प्रतिक्रिया

Related Post

कैलाली ५ मा कांग्रेस, वाम र विवेकशील साझाको भीडन्त, को बलियो ? Copy

Posted by - November 23, 2017 0
कैलाली, मंसिर ४ । सात नं प्रदेशको महत्वपूर्ण मानिएको कैलालीको ५ नं निर्वाचन क्षेत्रमा यस पटकको चुनावमा कसले बाजी मार्ला…

वाम गठबन्धन भन्छ–‘चुनाव टार्नु असह्य’

Posted by - October 27, 2017 0
कार्तिक १०, २०७४-एमाले र माओवादी केन्द्र गठबन्धनले मंसिरमा हुने निर्वाचन प्रतिकूल हुने कुनै काम नगर्न सरकार र सम्बद्ध पक्षलाई चेतावनी…

एमाले माओवादी एकता कसैले रोक्न सक्दैन : केपी ओली

Posted by - November 23, 2017 0
दाङ, ६ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएरै छोड्ने बताउनुभएको छ…

कांग्रेस र मधेसी गठबन्धनको कुरा मिल्यो, यस्तो छ सिट बाँडफाँट

Posted by - January 24, 2018 0
९ माघ, काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनमा कांग्रेस र मधेस केन्द्रित दुई दलबीच तालेमल गर्ने सहमति भएको छ । वाम…

यी हुन् कांग्रेसको समानुपातिबाट सांसद बन्ने ‘भाग्यमानी’ ४० अनुहार

Posted by - January 18, 2018 0
मंसिर १० र २१ गते गरी दुई चरणमा भएको निर्वाचनमा प्रत्यक्ष तर्फ २३ सिट मात्र जितेको नेपाली काग्रेसले समानुपातिकमा भने…
%d bloggers like this: