एलजी समूहका गुण्डा नाईके गुरुङ कास्की प्रहरीको खोरमा

43 0

कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराका चर्चित गुण्डा कथित डन ललित गुरुङलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न व्यवसायी, उद्योगीलाई डर-त्रास देखाएर असुल्न खोजेको सूचना आएपछि गुरुङलाई पक्राउ गरेको जनाएको छ । गुरुङलाई प्रहरीले शनिबार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी अशोक सिंहले उनलाई गुण्डागर्दीको आरोपमा पक्राउ गरिएको बताए ।

कुनै बेला लालिगुराँस समूह अर्थात ‘एलजी समूह’को नाममा उनले आतंक मच्चाउने गरेका थिए । यद्यपि पछिल्लो समय गुण्डागर्दी छाडेर उनी नेपाली काँग्रेसको राजनीतिमा प्रवेश गरेका थिए । उनको समूह अहिले फुटेर तीन टुक्रा बनिसकेको छ भने उनीबाट छुट्टिएका प्रायजसो सवैजना विभिन्न ब्यवसायमा लागेका छन् । एक ताका कास्की जिल्ला प्रहरीमाथि नै पेस्तोल हानेपछि गुण्डागर्दीमा उनको नाम चल्न सुरु भएको थियो ।

स्रोतका अनुसार गुण्डाका नाइके गुरुङले लेकसाईडमा रहेका विभिन्न होटलमा महिनौंसम्म बस्ने, खाने र रकम तिर्न आनाकानी गर्दै थर्काउने गरको थिए । होटल कुमारी इनमा उनी ५,६ महिनासम्म बसेर खाएको पैसा नतिरेपछि त्यहाँ जान छाडेका थिए । अहिले उक्त होटल पहिला उनकै समूहमा रहेका महेन्द्र भोटेले सञ्चालन गर्न थालेका छन् । त्यसपछि उनी होटल बाटिका इनमा बस्ने-खाने गर्दै आएकोमा त्यहाँ पनि महिनौंसम्म रकम नतिरेपछि केही दिन पहिले होटलका सञ्चालक र उनीबीच बादविवाद भएको थियो ।

त्यसो त, सनराईज बैंकबाट किस्ता लिएको ग २ च ८३८६ नम्बरको गाडिको किस्ता नतिरेपछि बैंकले लिलामी निकालेको थियो । स्रोतका अनुसार बैंकलाई समेत उनले थर्काउने गरका थिए । पछि बैंकलाई उनले थर्काएर थामथुम गर्दै केही रकम दिएर गाडि लिलामी हुनबाट जोगाएका थिए । उनका विशेष सहयोगी अर्जुन गुरुङ (घिताङ्गा) एक महिना पहिले लागूऔषध मुद्दामा समातिका छन् ।

प्रतिक्रिया

Related Post

अन्धाधुन्ध खुकुरी प्रहार गर्दा तीनको मृत्यु

Posted by - November 15, 2017 0
२८ कात्तिक, काठमाडौं । मकवानपुरको मनहरी–७ मा एक व्यक्तिले अन्धाधुन्ध खुकुरी प्रहार गर्दा तीन जनाको मृत्यु भएको छ । अर्का…

चिनौ प्रदेश प्रमुखलाई, को के थिए?

Posted by - January 24, 2018 0
काठमाडौं– नेकपा एमाले र माओवादी केन्द्रलाई बाहिरै राखेर सरकारले प्रदेश प्रमुख तोकेको छ । सात प्रदेश प्रमुख मध्ये नेपाली कांग्रेसको सिफारिसमा…

‘राष्ट्रिय सभा निर्वाचन र सत्ता हस्तान्तरण ढिलो नगर’

Posted by - January 4, 2018 0
काठमाडौं : वाम गठबन्धनले अबिलम्ब सत्ता हस्तान्तरण गर्न र राष्ट्रिय सभाको निर्वाचन माघ १० गतेभित्र गर्न प्रधानमन्त्रीलाई दवाब दिएको छ। बिहीबार…

फेरि अनसन बस्दै डा. केसी, प्रधानन्यायाधीशविरुद्ध लड्ने संकल्प

Posted by - January 8, 2018 0
२४ पुस, काठमाडौं । आफ्नै अनसनका क्रममा बर्खास्त भएका डीनलाई अदालतले पुनर्वहाली गर्न आदेश दिएपछि डा. गोविन्द केसी फेरि अनसन…

सावधान । काठमाण्डाैमै शुरु हुन थाल्याे प्लाष्टिक चामल विक्रि, जुन चामल खाँदा ज्यानै जानसक्छ

Posted by - November 22, 2017 0
२८ असार काठमाडौं । राजधानीमै प्लास्टिकको चामल विक्री ! बेलाबेला इन्टरनेटमा चर्चा भएपनि काठमाडौंमै पहिलो पटक प्लास्टिकको चामल विक्री गरेको…
%d bloggers like this: