केन्द्रमा ५०–५० हुनुपर्छ, जिल्लाहरुमा छलफल गर्न सकिन्छ : प्रचण्ड

43 0

काठमाडौं, २५ चैत्र । पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी एकता हुँदा केन्द्रमा एमाले र माओवादीको ५०–५० प्रतिशतकै आधारमा एकता हुनुपर्ने र जिल्लाहरुमा संगठनको प्रभावका आधारमा एकता गर्न सकिने बताएका छन् ।

शनिबार पार्टीनिकट पत्रकारहरूको संगठन प्रेस सेन्टरका पदाधिकारीलाई राजनीतिक घटनाक्रमबारे ‘ब्रिफिङ’ गर्दै प्रचण्डले आफूले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग ‘फिप्टी फिप्टी’ एकता प्रस्ताव राखिसकेको बताएका हुन् ।

केन्द्रमा बराबरी तथा जिल्ला तहमा संगठनको प्रभाव क्षेत्रका आधारमा पार्टी संगठनबीच एकता हुनुपर्ने माओवादी केन्द्रको ‘बटमलाइन’ भएको उनको भनाइ छ । आजको अन्नपूर्ण पोस्टले समाचार छापेको छ ।

‘यो पार्टी एकता हो। हामी दुई धारबाट आयौँ, तत्काल देखिँदा चुनावमा उहाँहरू (एमाले) बढी हुनुहोला, उहाँहरू हिजो कम हुनुहुन्थ्यो । भोटको कुरा मात्रै मुख्य होइन। पार्टी एकता सम्मानजनक र अलग धार जोड्ने कुरा हो’ प्रचण्डको भनाइ उद्धृत गर्दै प्रेस सेन्टरका एक पदाधिकारीले बताए ।

‘माथि केन्द्र सिंगो शरीरमा ५०–५० प्रतिशत माओवादीको नेता धेरै हाम्रा छन्, जनता धेरै एमालेका छन्’ प्रचण्डले भने । एमालेले विगतमा १० प्रतिशत पनि संगठन नभएको मनमोहन अधिकारी नेतृत्वको नेकपा माक्र्सवादीसँग एकता गर्दा समेत ५०–५० कै आधारमा एकता गरेको प्रचण्डले स्मरण गरे ।

प्रतिक्रिया

Related Post

पुष्प कमल दाहाल प्रचण्डको अबको भविष्य कस्तो ? यस्तो छ ज्योतिषको भविष्यवाणी

Posted by - December 3, 2017 0
ज्योतिष विज्ञानको अनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड नेपाली राजनितिमा २० वर्ष हावी हुने पक्का जस्तै देखिन्छ ।…

एमाले र माओवादीको एकता: भागवण्डामा नै अल्झियो

Posted by - February 5, 2018 0
काठमाडौँ ।  एमाले र माओवादी केन्द्रको एकता प्रयास पदीय भागवण्डामा अल्झिएको छ । प्रधानमन्त्री वा एकीकृत पार्टीको अध्यक्ष नपाए एकता…

कास्कीमा समानुपातिकमा एमाले पहिलो, विवकेशील साझा चौंथो, बदर मत साना दलको भन्दा बढी

Posted by - December 14, 2017 0
कास्की । कास्कीको तीन वटै निर्वाचन क्षेत्रको समानुपातिक तर्फको मतगणना सकिदाँ प्रतिनिधि सभा समानुपातिकमा लिवरल डेमोक्रेटिक पार्टीले जिल्लाभर १ भोट…

काँग्रेस संगठित हुनुको विकल्प छैनः महामन्त्री कोइराला

Posted by - February 23, 2018 0
बेसीशहर । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले काँग्रेस अब संगठित भएर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् । लमजुङको…

बामदेवलाई केपीले, नारायणकाजीलाई प्रचण्डले, अनिल शर्मालार्इ माधव नेपाल र कांग्रेसलार्इ देउवाले हराएको दावी

Posted by - December 11, 2017 0
काठमाडौं, २४ मंसिर । प्रतिनिधि र प्रदेश सभाको जारी मत गणनाको परिणाम अाइरहेको छ । परिणामले नेकपा एमाले र माओवादी…
%d bloggers like this: