जापानमा नेपाली द्वारा नेपालीमाथिनै छुरा प्रहार

35 0

जापानमा नेपालीहरुको आपराधिक घटनामा संलग्नता बढिरहेको प्रसंग चलिरहेकै बेला फेरि त्यस्तै घटना सार्वजनिक भएको छ ।

फुकुओका सहरमा अवस्थित एक मन्दिर परिसरमा युवतीको विषयलाई लिएर अर्का एक नेपाली युवक माथी छुरा प्रहार गरी हत्या गर्न खोजेको आरोपमा प्रहरीले नेपाली युवकलाई पक्राउ गरेको छ ।

केवाइटी टेलिभिजनको फुकुओका प्रशारण अनुसार पक्राउ पर्नेमा नेपाली युवक फुकुओकाको हिगासी कुमा बस्ने र जिस्यो सेन्मोन स्कुलमा पढ्ने २२ बर्षका बिनोद बास्तोला रहेका छन् ।

प्रहरीका अनुसार ति दुई युवकहरुले एक अर्कालाई नचिनेपनि दुबै जनाले चिन्ने एक युवतीको बिषयलाई लिएर विवाद भई यो घटना घटेको हुनसक्ने बताईएको छ । तर पक्राउ परेका बास्तोलाले भने आफुले मार्ने उदेश्यले आक्रमण नगरेको प्रहरीलाई बयान दिएका छन् ।

यहि बिहिबार दिउँसो ५ बजेतिर भएको घटनामा घाइते अवस्थामा रहेका नेपाली बिद्यार्थीको टाउकोमा गम्भीर चोट लागेको तर उनी जोखिममा नरहेको बताइएको छ । प्रहरीले यस घटनाको बारेमा थप अनुसन्धान गरिरहेको समाचारमा उल्लेख छ ।

पछिल्लो समयमा नेपालीहरु संलग्न रहेका आपराधिक घटनामा बृद्धि हुन थालेको कारण नेपालीहरुलाई हेर्ने जापानीहरुको दृष्टिकोण बदलिएको अग्रजहरु बताउँदछन् ।

प्रतिक्रिया

Related Post

लोक सेवाको तयारी गर्दै हुनुहुन्छ ? पढ्नुस् उपसचिव भण्डारीका टिप्स्

Posted by - March 19, 2018 0
अर्जुन भण्डारी : उपसचिव, नेपाल सरकार लोक सेवा पढ्ने मन्त्र : सफल हुनलाई सधै मनन गर्नुहोस । लोक सेवा पढ्ने…

गौचन हत्याकाण्डका मुख्य आरोपी समिरमान बस्नेत पक्राउ

Posted by - December 3, 2017 0
मंसिर १७, २०७४-निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या गर्ने गिरोहका मुख्य योजनाकार समीरमान बस्नेतलाई नेपाल प्रहरीको केन्द्रीय…

कतार एअरवेजको जहाज डेढ घण्टादेखि आकाशमै होल्ड

Posted by - February 12, 2018 0
काठमाडौं : कतारको दोहाबाट नेपालका लागि उडेको कतार एअरवेजको विमान मौसम खराबीका कारण आकाशमै होल्ड भएको छ। बिहान साढे ११ मा…

प्रबिधिमय घाचोकको महायज्ञ ।

Posted by - April 26, 2018 0
कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ३ घाचोक भलावोट शुक्ला गण्डकी माध्यमिक विद्यालयमा बैशाख ११ देखि १८ गतेसम्म वहुउदेश्यीय प्राविधिक शिक्षालयको…

सफल बन्न के गर्नुपर्छ ? जान्नुहोस

Posted by - January 16, 2018 0
जीवनमा उतारचढाव आइरहन्छ । जसको दिमाग स्वस्थ हुन्छ, उसले यस्ता उतारचढावलाई सहजै स्वीकार्छ । दिमागलाई स्वस्थ राख्नका लागि आफूसँग रहेका…
%d bloggers like this: