इतिहास विषयमा विद्यार्थी शुन्य, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक हाजिर गरेर घर फर्किन्छन्

43 0

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा इतिहास विषयको पढाइ हुन छाडेको छ । विद्यार्थी नभएपछि इतिहास विषयको पढाइ हुन छाडेको हो । विद्यार्थी नआएपछि प्राध्यापक हाजिर गरेर घर फर्कने गरेका छन् ।

इतिहासका बारेमा अध्ययन हुने विषय नै आफै इतिहास हुने अवस्थामा पुगेको छ । पछिल्लो वर्षहरुमा इतिहास विषय अध्ययन गर्ने विद्यार्थीको संख्या घट्दै घट्दै गएर यस वर्ष शुन्यमा पुगेको छ विश्वविद्यालयले जनाएको छ ।
विश्वविद्यालय, इतिहास केन्द्रीय विभागको तथ्यांकअनुसार २०७० मा ७ जनामात्र विद्यार्थी भर्ना भएका थिए ।विश्वविद्यालयबाट इतिहास विषयनै हट्ने अवस्था आएको छ ।

सेमेस्टर प्रणाली सुरु भएपछि ०७१/०७२ मा ६ जनामात्र विद्यार्थी भर्ना भएका थिए । ०७२/०७३ मा २ जनामात्र विद्यार्थीले इतिहास विषयमा स्नातकोत्तर तहमा अध्ययन गरेका थिए । यो वर्ष इतिहास पढ्ने एकजना पनि विद्यार्थी छैनन् ।

इतिहास पढ्ने विद्यार्थीको संख्या कम हुँदै शून्यमा झरेकोमा इतिहासकै प्राध्यापकलाई समेत आश्चर्यमा पारेको छ । इतिहास विषय प्रमुख प्रा.डा शंकर थापाले इतिहास पढेर रोजगारी नभएकोे र लोक सेवामा समेत कुनै प्रश्नपत्र समावेश नभएपछि यसको महत्व घटेको बताए । “इतिहासको अध्ययनबिना उच्च शिक्षा पूर्ण हुँदैन तर नेपालमा यो विषयको अवस्था खस्किएर शुन्य भएको छ” उनले भने । इतिहास पढ्ने विद्यार्थीलाई मात्र नभई पढाउने शिक्षकहरुलाई समेत उत्प्रेरणाको अभाव रहेको उनी बताउँछन् ।

विश्वद्यालयका डिन शिव भुसाल त्रुटिपूर्ण शिक्षा नीति तथा इतिहासको महत्वलाई केन्द्रविन्दुमा राखेर पाठ्यक्रम नबन्दा, अस्पस्ट र अन्योलपूर्ण नीतिका कारण इतिहासप्रति विद्यार्थीको रुचि घट्दै गएका तर्क गर्छन । विद्यार्थी आकषर्णको लागि कार्यक्रमहरु ल्याउन र तल्लो तहबाटै यस विषयको पाठ्यक्रम सञ्चालन गर्ने बारेमा छलफल भैरहेको छ । भविष्य सुनिश्चित नहुँदा पनि विद्यार्थीको आकर्षण घटेको हो ।

अन्य मुलुकमा इतिहास विषय अध्ययनका लागि पर्याप्त पूर्वाधार हुने र इतिहासलाई अनुसन्धानसँग जोड्ने चलन भए पनि नेपालमा त्यस्तो नरहेको उनको भनाइ छ । ‘हाम्रोमा अवसरमात्र होइन, अध्ययन गर्ने वातावरण समेत छैन । त्यसैले इतिहासप्रति विद्यार्थीको रुचि कम हुँदै गइरहेको छ” भुसालले भने ।

इतिहास विषयका अर्का प्राध्यापक डा. घनश्याम भट्टराई राज्यलाई इतिहास पढेका मान्छेको महत्व थाहा नहुँदा समस्या भएको बताउँछन् । अन्य मुलुकमा इतिहासको अध्ययन गर्नहरुलाई राज्यले नै प्राथमिकतामा राख्ने गरेकोमा नेपालमा राज्यकै वेवास्ताले इतिहास कमजोर हुँदै गएको भट्टराईको तर्क छ । इतिहास पढ्ने विद्यार्थीको अभावमा उक्त विषयका शिक्षकहरु समेत जिम्मेवारविहिन जस्तै भएका छन् ।

“विद्यार्थी संख्या नभएपनि राज्यले हामीलाई अध्ययन अनुसन्धानमा खटाउनु पथ्र्याे तर त्यस्तो हुन सकिरहेको छैन,’ भट्टराइले भने । इतहास विषयका प्राध्यापकको विज्ञतालाई राज्यले सदुपयोग गर्न नसकेको उनको आरोप छ । राज्यले इतिहाससम्बन्धी अध्ययन अनुसन्धानहरु गैरसरकारी संस्थाहरुलाई जिम्मा लगाउने गरेका कारण आफैसँग रहेको विज्ञहरुको प्रयोग हुन नसकेको उनको आरोप छ ।

प्रतिक्रिया

Related Post

म्याग्दी बाट गर्ने भए महाबिर पुनले मेडिकल ड्रोनको परीक्षण उडान

Posted by - March 26, 2018 0
म्याग्दी, १२ चैत्र । सामाजिक अभियन्ता महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गरेको स्वचालित मानवरहित ‘मेडिकल ड्रोन’ ले पहिलो…

वाम गठबन्धनको घोषणापत्रः पाँच वर्षमा दुई हजार किमी रेलमार्ग

Posted by - November 5, 2017 0
  पार्टी एकताको लक्ष्यसहित चुनावी तालमेलमा रहेका नेकपा (एमाले) र नेकपा(माओवादी केन्द्र) ले आगामी पाँच वर्षभित्र दुई हजार ३५० किमी…

प्रदेश ४ मा मुख्‍यमन्त्री गुरुङसहित सभामुख र मन्त्रीले लिए शपथ

Posted by - February 16, 2018 0
पोखरा : प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पद तथा गोपनीयताको शपथ लिएका छन्।मुख्यमन्त्री गुरुङसँगै सभामुख नेत्रनाथ अधिकारीले र एक मन्त्रीले…

वाम गठबन्धनको चुनावी सभा नजिकै बिष्फोट

Posted by - November 16, 2017 0
बाम गठबन्धनको चुनावी सभाका लागि शिर्ष नेताहरु आउने कार्यक्रममा बम बिष्फोट भएको छ । गलकोट नगरपालिका ३ स्थित गलकोट बहुमुखी…
%d bloggers like this: