नेत्रविक्रम चन्द विप्लवको कार्यकर्ता र प्रहरीबीच दोहोरो झडप

66 0

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता र प्रहरीबीच दोहोरो झडप भएको छ ।

धनगढीको चौराहमा दोहोरो झडप भएको हो । जनआन्दोलन दिवसको अवसर पारेर सरकारविरुद्ध भण्डाफोर तथा प्रतिरोध कार्यक्रम गरिरहेका नेकपाका कार्यकर्ता र प्रहरीबीच झडप भएको जनाईएको छ ।

प्रहरीको अनुसार प्रशासनको अनुमतिबिना कार्यक्रम सञ्चालन गरेको, सडक अवरुद्ध गरेकाले रोक्न खोज्दा प्रहरीमाथि नै आक्रमण गरेको जनाएको छ । आफ्ना कार्यक्रममाथि प्रहरीले हस्तक्षेप गरेर घाइते हुनेगरी कुटपिट गरेको नेकपाले आरोप लगाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीले झडपमा संलग्न १५ जनालाई नियन्त्रणमा लिएकोे जानकारी दिएको छ । झडपमा परेर आफ्ना १५ जना कार्यकर्ता घाइते बनेको नेकपाका एक जिल्ला नेताले बताए।

प्रतिक्रिया

Related Post

रेल मार्ग अध्ययन गर्न चिनियाँ टोली पोखरामा

Posted by - November 9, 2017 0
कार्तिक २३, २०७४-नेपालमा रेल मार्गको सम्भावनाबारे अध्ययन गर्न आएको चिनियाँ उच्च प्राविधिकसहितको टोली बुधबार पोखरा आएर अध्ययन गरेको छ ।…

चिनौ प्रदेश प्रमुखलाई, को के थिए?

Posted by - January 24, 2018 0
काठमाडौं– नेकपा एमाले र माओवादी केन्द्रलाई बाहिरै राखेर सरकारले प्रदेश प्रमुख तोकेको छ । सात प्रदेश प्रमुख मध्ये नेपाली कांग्रेसको सिफारिसमा…

मतपेटिकादेखि मसीसम्म चिनियाँ

Posted by - November 14, 2017 0
काठमाडौं : निर्वाचन आयोगले यसपटक ‘अति संवेदनशील’ निर्वाचन सामग्री चीनबाट आयात गरेको छ । अति संवेदनशील सूचीमा रहेका अधिकांश सामग्री यसअघि…

फागुन २५ र २६ नेपाल बन्द, अवज्ञा गर्नेले बेलुका सोच्नुहोला ! कमजोरी कस्को सरकारको कि जनता को

Posted by - March 7, 2018 0
अर्थ संसार, काठमाडौं– पूर्व जनमुक्ति सेना रञ्जित गुरुङ्ग समूहद्धारा यही फागुन २५ र २६ गते नेपाल बन्दको आह्वान गरिएको छ…

एमालेबाट प्रदेश नम्बर ४ को मुख्यमन्त्री को ? किरण र पृथ्वीसुब्बामध्ये आज एक छानिने

Posted by - February 11, 2018 0
काठमाडौं । प्रदेशस्तरीय संसदीय दलको नेता छान्न नेकपा एमालेले आज प्रदेशसभा संसदीय दलको बैठक बोलाएको छ । पहिला सहमति खोजिने…
%d bloggers like this: