मानार्थ विद्यावारिधिको कानूनी हैसियत के हुन्छ ?

58 0

काठमाडौं, २६ चैत । तीन दिने भारत भ्रमणमा रहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीलाई उत्तराखण्ड राज्यस्थित गोविन्दवल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालयले मानार्थ विद्यावारिधिको उपाधि दिएपछि मानार्थ विद्यावारिधिको कानूनी हैसियतबारे सर्वत्र चासो बढेको छ ।

आइतबार विश्वविद्यालयमा आयोजित समारोहमा प्रधानमन्त्री ओलीलाई उत्तराखण्ड राज्यका गभर्नर एवं विश्वविद्यालयका चान्सलर कृष्णकान्त पलले डाक्टर अफ साइन्सको उपाधि प्रदान गरेका थिए ।

मानार्थ विद्यावारिधिको कानूनी हैसियत के हुन्छ ? यो प्रश्न हामीले कृषि अनुसन्धानमा विद्यावारिधि गरेका डा. टीका कार्कीलाई सोध्यौं । कार्कीले भने, ‘मानार्थ विद्यावारिधिको कुनै सर्टिफिकेट र मार्कसिट हुँदैन । यसको कुनै पनि कानूनी हैसियत हुँदैन । राष्ट्र प्रमूख, सरकार प्रमूखलाई मानार्थ विद्यावारिधिको उपाधि दिने चलन विश्वव्यापी चलन नै हो । अहिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको उपाधि उहाँप्रति गरिएको उच्च सम्मान मात्र हो ।’

हामीले फेरि सोध्यौं, मानार्थ विद्यावारिधि पाएका व्यक्तिले आफ्नो नामका अगाडि ‘डा.’ लेख्न मिल्ने कि नमिल्ने ? डा. कार्कीले भने, ‘लेख्ने चलन हुँदैन र लेखिँदैन । यो उहाँहरुलाई दिइएको सम्मान मात्र हो, योग्यताको प्रमाणपत्र होइन । मानार्थ सम्मान विद्यावारिधि उपाधिभन्दा पनि ठूलो हो ।’

मानार्थ उपाधिकै कानूनी हैसियतबारे पराष्ट्रविद डा. ऋषिराज अधिकारी भन्छन्, ‘मानार्थ विद्यावारिधिको कुनै कानूनी मान्यता हुँदैन । यो विश्वविद्यालयले दिने उच्च सम्मान हो । विश्वविद्यालयले कुनै पनि व्यक्तिसँग पिएचडी बराबरको ज्ञान र क्षमता छ भन्ने ठानेमा यो पद्वी दिन सक्छ । यो अन्तर्राष्ट्रिय प्रचलन नै हो ।’

‘नेपालमा पनि विभिन्न देशका राष्ट्र प्रमूख र सरकार प्रमूखहरुलाई बोलाएर विश्वविद्यालयको दीक्षान्त समारोहमा प्रमूख अतिथि बनाउने चलन छ’ अधिकारीले  भने, ‘त्यस्तो प्रमूख अतिथिलाई पनि मानार्थ विद्यावारिधिको उपाधि दिने गरिएको छ । यो कुनै नयाँ र नौलो कुरा होइन ।’

मानार्थ विद्यावारिधिको उपाधि दिने प्रचलन नयाँ होइन । राष्ट्रिय र अन्तर्राष्ट्रिय ख्यातीप्राप्त व्यक्तिलाई मानार्थ विद्यावारिधि दिने गरिन्छ । यस्तो मानार्थ सम्मानले दुई देश र विश्वविद्यालय बीचको सम्बन्ध पनि सुदृढ हुने विश्वास गरिन्छ ।

प्रधानमन्त्री ओली पनि नेपाली भाषा साहित्य, राजनीति, समाजशास्त्र र इतिहासमा गहिरो ज्ञान राख्छन् । भूमिगत राजनीति र जेल जीवनका कारण औपचारिक शिक्षा पढ्न नपाए पनि ओलीको स्वअध्ययन धेरै नै गहिरो छ । उनको ज्ञान कुनै औपचारिक डिग्रीभन्दा कम छैन ।

प्रतिक्रिया

Related Post

चीनको सपना र भविष्य

Posted by - October 30, 2017 0
कार्तिक १०, २०७४-‘चण्डाल चौकडी’ (ग्याङ अफ फोर) को क्रूरतम पञ्जाबाट राष्ट्रलाई मुक्त गरेपछि सन् १९७८ मा सत्ता सम्हालेका नेता तेङ…

वधशाला एकदमै कम स्वास्नीमान्छेहरुले मात्र स्वास्नीमान्छे हुने अवसर पाएका छन् । l

Posted by - November 17, 2017 0
आश्विन १५, २०७३-नर्सिङहोमको मूलढोकामा पुग्दा झमक्क साँझ परेको थियो । पालेका थकित आँखाले उसलाई चिनेझैँ नियालेपछि ऊ अर्कोतिर छड्की ।…

विघटित संसद्ले दोष बोक्ने कि नबोक्ने ? – हरिबहादुर थापा

Posted by - November 17, 2017 0
मंसिर १, २०७४-संसद सकिए लगत्तै जारी ‘चिकित्सा शिक्षा अध्यादेश’ विरुद्ध जसरी र जुन अनुपातमा आलोचनासहितको विरोध आउने ठानिएको थियो, त्यो…

कर तिर्ने किन…? सवाल यो सबै सिद्धान्तलाई हो !

Posted by - March 16, 2018 0
कर तिर्ने किन…? सवाल यो सबै सिद्धान्तलाई हो, आफ्नो सन्तान जन्माउँदै मार्ने या भनौं बलात्कार गर्न दिनलाई हुर्काउने ….. – प्रशान्त…

बुद्धको पाइला देखेर किन छक्क पर्यो ज्योतिषी ? , पूरा पढ्नुहोस्

Posted by - March 5, 2018 0
असार महिनाको तातो अपराह्न थियो । भगवान् बुद्ध आफ्ना शिष्यहरूका साथ कतै गइरहनुभएको थियो । उहाँ हिँड्नुभएको बाटोमा कुनै पनि…
%d bloggers like this: