६ बजे डाक्टरले बच्चालाई ईन्जेक्सन लगाए ८ बजे बच्चाको मुत्यु,बच्चाको मृत्यु भएको विषयमा पोखराको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा तनाब

48 0

गत बिहिबार पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा बच्चाको मृत्यु भएको विषयलाई लिएर मृतकका आफन्तहरु आइतबार पुन भेला भएका हुन् । डाक्टरको लापरबाहिका कारण बच्चाको मृत्यु भएको भन्दै बच्चाका आफ्न्तले अस्पतालमा बिरोध जनाउदै आएका छन् ।

पोखरा लेखनाथ महानगरपालिका ५ पर्स्याङ निवासी संगिता परियारको साढे २ बर्षको छोरा रोहित परियारको गत २२ गते बिहिबार बिहान ८ बजे अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । बालक परियारलाई त्यसको दुई दिन अगाडी मात्र (चैत २० गते) सामान्य ज्वरो आएपछि आफन्तले उपचारको लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा लगेका थिए । उक्त दिन बिहान ६ बजेको समयमा डाक्टरले बच्चालाई ईन्जेक्सन लगाएकोमा ८ बजे बच्चाको मुत्यु भएको थियो ।

आइतबार मृतकका आफन्तहरु पुन भेला भएपछी वडा प्रहरी कार्यालय रामबजारबाट अस्पतालमा सुरक्षार्थ २१ जनाको प्रहरी टोलि खटाइएको प्रहरी उपरीक्षक विरेन्द्र कुमार बस्यालले जानकारी दिएका छन् ।

मृतक बच्चाका आफन्तले गत बिहिबार पनि लापरबाहिका कारण बच्चाको मृत्यु भएको भन्दै अस्पतालमा नाराबाजी गरेका थिए ।

घटनापछि अस्पताल प्रशासन र पिडित पक्षबिच वार्ता भएपनि कुरा मिलेको छैन

प्रतिक्रिया

Related Post

परिवार नियोजनका अस्थायी साधन : जति धेरै जानकारी, उति कम प्रयोग

Posted by - January 29, 2018 0
काठमाडौं- कस्ता दम्पतीले धेरै बच्चा जन्माउँछन् ? सहजै उत्तर आउँछ– अशिक्षित । यो त सही जवाफ हो, योसँगै अर्को प्रश्न…

जिएमसीमा सुत्केरी मृत्यु प्रकरण

Posted by - November 5, 2017 0
पोखरा, १८ कात्तिक । पृथ्वीचोक नजिकै नयाँबजार सडकखण्डमा शनिबार मध्यान्ह गाडी चल्न सकेनन् । प्रहरीले आफ्नै भ्यानले बलजफ्ती गरेपछि मात्र यातायात आवागमन…

आमा-बुबाको यस्तो सानो गल्तिले नै “तेस्रो लिङ्गी ” जन्मिनछन्

Posted by - February 5, 2018 0
एजेन्सी । मान्छे दुई जातका हुन्छन् । त्यो हो पुरुष र महिला तर पछिलो समय तेस्रो लिङ्गीको पनि पहिचान हुन…

किन बढ्छ जाडोमा ब्लडप्रेसर ?

Posted by - October 30, 2017 0
कार्तिक ४, २०७४-हिउँदको मौसमलाई स्वास्थ्यको दृष्टिले राम्रो मानिन्छ। तर जाडोमा धेरैजसो मानिसहरुको ब्लडप्रेसर अचानक बढन जानन्छ । यस अवस्थामा टाउकोदुख्नु,…
%d bloggers like this: