आउला त दशैंमा मेलम्चीको पानी काठमाडौं ?

83 0

काठमाडौं, २ वैशाख । चैत २९ गते मेलम्चीको ७ किमी लामो तेस्रो सुरुङको पनि ‘ब्रेक थ्रु’ भएपछि मेलम्चीको २६ किमी लामो सुरुङ मार्ग पूरा भएको छ । २०५८ मा आरम्भ भएको आयोजनाको १६ वर्षपछि सुरुङ मार्गले पूर्णता पाएको हो ।

बिहीबार उपराष्ट्रपति नन्दबहादुर पुनले सुरुङको ब्रेक थ्रुको घोषणा गरेपछि मेलम्चीको सपना अब बिपनामै फेरिने आशा पलाएको छ । खानेपानी मन्त्री बिना मगरले हरहालतमा दशैंभित्र नै काठमाडौंमा पानी ल्याउने संकल्प गरेपछि काठमाडौंबासीले मेलम्चीलाई आशाको नजरले हेरेका छन् ।

सुरुङ खन्ने काम सकिएको छ । तर, सुरुङलाई फिनिसिङ गर्ने, सुरुङको भुइँ ढलान गर्ने, वैकल्पिक पाइपलाइन विस्तार गर्ने, फिटिङको काम सक्नेजस्ता काम अझै बाँकी छन् । यसका लागि अझै केही महिना लाग्नेछ ।

आयोजना निर्देशक रामचन्द्र देवकाटाका अनुसार सुरुङ मार्गतर्फको झण्डै ८४ प्रतिशत काम सम्पन्न भएको छ । ड्याम कसेर पानी हाल्ने मुहान अम्बाथानबाट ग्याल्थुम, सिन्धु हुँदै सुन्दरीजलसम्म आइपुग्ने २६ किलोमिटर लामो सुरुङ निर्माणको काम सकिएपछि कामदार र कर्मचारीको पनि मनोवल बढेको देखिन्छ ।

चिनियाँ ठेकेदार कम्पनी सीआरसीसीले छाडेपछि ३१ असार ०७० देखि इटालियन ठेकेदार कम्पनी को–अपरेटिभ मुरातोरी इ सेमेन्तेस्टी (सीएमसी दी रेभेन्ना) ले आयोजना निर्माणको ठेक्का पाएको थियो । ठेक्का सम्झौताअनुसार उसले सुरुङ निर्माणको सम्पूर्ण काम १०९५ दिन अर्थात् ३६.५ महिनामा सक्नुपर्ने थियो । तर, सुरु निर्माण गर्न १४६० भन्दा धेरै दिन लगाएको छ ।

यो अवधिमा कम्पनीले २१ किलोमिटर सुरुङ छिचोल्ने काम सकेको छ । यस बीचमा भूकम्प तथा विभिन्न अवरोधले गर्दा निर्माण कार्य केही ढिलो हुन पुगेको निर्माण कम्पनीका कार्यकारी प्रमुख साल्भातोरे कस्सारोले स्वीकारे । ‘निर्माण सामाग्री आयातमा ढिलाई हुनु, सुरुङ खन्ने केही स्थान कमजोर भौगोलिक अवस्थाका रहनु, भूकम्पले खनिसकेको सुरुङको केही स्थान भत्कनु ढिलाईको कारण भएको उनले बताए ।

१२ वर्षमा जम्मा ५ किलोमिटर मात्रै सुरुङ खनिएकोमा पछिल्लो ५ वर्षको अवधिमा २१ किलोमिटर सुरुङ छिचोलिएको छ । सुरुङ सकिए पनि सुरुङ फिनिसिङ गर्न, पानी प्रशोधन तथा जलाशयहरु निर्माण गर्न र पाइपलाइनको काम सक्न बाँकी नै छ । पाइपलाइनको काम लगभग सकिए पनि घरघरमा मिटर बाँड्ने काम अझै सुरु भएको छैन ।

सुरुङ खन्ने काम सकिए पनि प्लास्टर र भुइँ ढलान गर्न बाँकी नै छ । अहिलेसम्म ४।५ किमिमा मात्रै प्लास्टर र भुइँ ढलान भएको छ । २३ किमि सुरुङको प्लास्टर र भुइँ ढलान गर्न कम्तीमा साँढे तीन महिना लाग्नेछ । सुरुङभित्र कम्तीमा तीनवटा एअर लिफ्ट भेन्टिलेटर पनि राख्नुपर्छ । यसका लागि कम्तीमा ६० दिन लाग्छ ।

सुन्दरीजलमा रहेको पानी प्रशोधन केन्द्र र सुरुङको मुख जोड्न २५० मिटर पाइप बिछ्याउन बाँकी छ । सिन्धुपाल्चोकको पानीको मुहानमा पनि ६० मिटर लम्बाइको पाइप बिछ्याउन बाँकी छ । सुरुङभित्र छिर्ने अडिटको मर्मत पनि गर्नुपर्नेछ । सबै काम योजनाअनुसार अघि बढे सकिन कम्तीमा साउनको मसान्तसम्म कुर्नुपर्छ ।

पानी संकलनका निर्माणाधीन ९ वटा ट्यांकीमध्ये ८ वटाको ८० प्रतिशत काम सकिएको छ । एउटा ट्यांकीको भर्खर मात्र निर्माण सुरु गरिएको छ । यसबाहेक भक्तपुरको कटुन्जेमा पनि एउटा ट्यांकी निर्माण हुँदैछ । पहिलो चरणमा काठमाडौं उपत्यकाभित्र मेलम्ची खोलाबाट आउने १७ करोड लिटर पानी काठमाडौंबासीलाई दैनिक ४ घण्टाको दरले वितरण गर्ने मन्त्रालयको योजना छ ।

खानेपानी मन्त्री बिना मगर हरहालतमा दशैंभित्रै काठमाडौंबासीलाई पानी खुवाउने संकल्पमा छिन् । उनले दैनिकजसो आयोजनाका प्रमूख र कर्मचारीलाई फोन गरेर कामको ताकेता गर्न थालेकी छिन् । मेलम्ची आयोजनाको ढिलाइले काम नगरी कुरामा जनताले मान्ने अवस्था नरहेको मन्त्री मगर बताउँछिन् ।

‘म पनि सुत्दिनँ, तपाईहरु पनि रातदिन नभनी काम गर्नुस् । हामीले दशैंभित्र जसरी पनि काठमाडौंबासीलाई पानी खुवाउनु पर्छ ।’ वर्षातको मौसमले समस्या ल्याएन भने मन्त्री मगरको अहिलेको स्पीड हेर्दा दशैंभित्रै पानी ल्याउन सकिनेमा कर्मचारी र प्राविधिकहरु विश्वस्त देखिन्छन् ।

प्रतिक्रिया

Related Post

दिपक मनाङ्गे पक्राउ गर्न रेड कर्नर नोटिस जारी

Posted by - March 18, 2018 0
काठमाडौं । प्रदेश नम्बर ४ को मनाङबाट प्रदेशसभा सदस्यमा निर्वाचित ’फरार माननीय’ राजीव गुरुङ भनिने दीपक मनाङेलाई खोजी गर्न प्रहरीले…

वर्षमानको घोषणाः हाइड्रोमा शेयर भएका युवालाई खोजेर ज्वाईं बनाउने दिन ल्याउँछु

Posted by - March 18, 2018 0
काठमाण्डु, ३ चैत– नवनियुक्त उर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री वर्षमान पुनले नतिजा देखिने गरी काम गर्ने प्रतिबद्धता देखाएका छन् । माओवादी…

राष्ट्रिय सभा निर्वाचनमा को को विजयी भए ?

Posted by - February 8, 2018 0
काठमाडौं- राष्ट्रिय सभा निर्वाचनमा वाम गठवन्धनले बहुमत प्राप्त गरेको छ। वुधबार भएको निर्वाचनमा एमालेले २६, माओवादीले १३, कांग्रेसले १३, संघीय…

दलको शक्ति प्रदर्शन र विप्लव समूह चुनावको मुख्य चुनौति प्रदेश नम्बर ४ र ५ को सुरक्षा गोष्ठी पोखरामा सुरु

Posted by - November 10, 2017 0
२४ कात्तिक, पोखरा । निर्वाचन आयोग र गृह मन्त्रालयले आसन्न चुनावको मुख्य चुनौतिका रुपमा दलहरुले पैसा र गुण्डा प्रयोग गरी गर्ने…
%d bloggers like this: