घाचोकमा हुने धनधान्यान्चल महायज्ञको तयारी अन्तिम चरणमा

393 0

पोखरा, ७ वैशाख
कास्कीको माछापच्छ«े गाउँपालिका वडा नं ३ घाचोकमा वैशाख ११ गतेदेखी १८ गतेसम्म हुन गईरहेको विराट शैक्षिक श्रीमद्भागवत धनधान्याञ्चल महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ ।

शुक्ला गण्डकी माविमा प्राविधिक शिक्षालयको पूर्वाधार निर्माण गर्ने उदेश्यले आयोजना गर्न लागिएको महायज्ञको प्रचारप्रसार तथा यज्ञ मण्डप निर्माण, शान्तिकलश सहितको शोभायात्राको तयारी सकिएको मूल आयोजक समितिका अध्यक्ष रविलाल पोखरेलले जानकारी दिए ।
वैशाख ११ गते विहान शान्तिकलश सहितको शोभायात्राले गाउँ परिक्रमा गरि अपरान्ह १ः३० बजे मूख्य मन्त्री पृथ्वीसुव्वा गुरुङको प्रमुख आतिथ्यतामा समुद्घाटनको कार्यक्रम रहेको विहीवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईयो ।
महायज्ञमा प्रमुख बाचक भागवत भाष्कर यूवा पण्डित कमलनयन गौतम छन् ।

भाबी सन्ततीका माझ प्राविधिक शिक्षाको पहुँच पु¥याउने उद्देश्य परिपूर्ति गर्नको लागि स्थापना गरिने प्राविधिक शिक्षालयको व्यवस्थापनका लागि महायज्ञबाट सिड फन्ड संकलन गर्ने उद्देश्य रहेको मूल आयोजक समितिका महासचिव मौसम कार्कीले जानकारी दिनुभयो । प्राविधिक शिक्षालयको ब्यवस्थापन र सन्चालनका लागी महायज्ञ पश्चात पनि अन्य श्रोतहरुको खोजी गरिने उनले वताए ।

गाउँपालिकाको केन्द्रमा रहेको विद्यालयमा कक्षा ९ देखी १२ सम्म मध्यम स्तरको प्राविधिक शिक्षालय स्थापना गर्नका लागि स्रोत साधनहरुको संकलन गर्ने योजना रहेको र प्राविधिक शिक्षालय स्थापनाको लागि आवश्यक पर्ने आर्थिक स्रोतहरुको पहिचान गर्ने सन्दर्भमा महायज्ञ गर्न लागिएको विद्यालयका प्रधानाध्यापक शान्तिरमण पोखरेलले वताए ।
महायज्ञ तयारीका लागि १ हजार १ सय ११ सदस्सीय मूल आयोजक समिति र ७५ वटा विभिन्न उपसमितिहरु गठन भएर काम गरिरहेका छन् ।

प्रतिक्रिया

Related Post

सरकारले फेरि बढायो पेट्रोलियम पदार्थको भाउ, यस्तो छ नयाँ मूल्य

Posted by - January 2, 2018 0
काठमाडौं, पुस १७ सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । नयाँ मूल्य सोमबार मध्यरातिदेखि लागू हुनेछ । नेपाल आयल…

घाचोकमा ‘विराट शैक्षिक श्रीमद्भागवत धनधान्याञ्चल महायज्ञ’ शुरु

Posted by - April 24, 2018 0
पोखरा, ११ वैशाख । कास्कीको माछापुच्छ«े गाउँपालिका वडा नं ३ घाचोकमा रहेको शुक्ला गण्डकी माविमा विराट शैक्षिक श्रीमद्भागवत धनधान्याञ्चल ज्ञान…

जनप्रतिनिधिका कमाउ धन्दा : आफैं ठेकेदार बनेर सडक निर्माण

Posted by - January 24, 2018 0
  जाजरकोट : नलगाड नगरपालिका-३ का वडाध्यक्ष प्रचण्ड वलीले छेप्का-डाँडागाउँ-कैना जोड्ने मोटरबाटो भाडामा डोजर लिएर आफैंले खन्न लगाए। १० लाख रुपैयाँ…
%d bloggers like this: