घाचोकमा ‘विराट शैक्षिक श्रीमद्भागवत धनधान्याञ्चल महायज्ञ’ शुरु

2438 0

पोखरा, ११ वैशाख ।
कास्कीको माछापुच्छ«े गाउँपालिका वडा नं ३ घाचोकमा रहेको शुक्ला गण्डकी माविमा विराट शैक्षिक श्रीमद्भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ सुरु भएको छ ।
शुक्ला गण्डकी माध्यमिक विद्यालयमा बैशाख ११ देखि १८ गतेसम्म विद्यालयकै प्राङगणमा जारी रहने मूल आयोजक समितिका महासचिव मौसम कार्कीले जनाए ।

गाउँपालिकाको केन्द्रमा रहेको विद्यालयलाई वहुउदेश्यीय प्राविधिक शिक्षालयको केन्द्रको रुपमा विकास गर्ने र व्यवसायीक तथा प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेर महायज्ञको आयोजना गरिएको हो ।
मंगलवारवाट सुरु भएको ज्ञान महायज्ञको एक कार्यक्रमका विच प्रदेश नं ४ का मूख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले समुद्घाटन गरे ।

कार्यक्रममा वोल्दै मन्त्री गुरुङले अवका विद्यालय तथा विश्वविद्यालयहरु वेरोजगार उत्पादन गर्ने थलो नभई स्वरोजगारमूलक शिक्षाको केन्द्र वन्नुपर्ने आवश्यकता औल्याँए ।प्रदेश नं ४ मा पहिलोपटक शुक्ला गण्डकीले कक्षा ९ देखी १२ सम्मको प्राविधिक शिक्षालय स्थापना गर्ने सोचले यज्ञ आयोजना गरेको र प्रदेश सरकारको जोड पनि प्राविधिक विद्यालयहरु संचालन गर्ने रहेकोले दुवैको उदेश्य एउटै रहेको त्यसमा आफ्नो तर्फवाट पनि सकेको यथोचित सहयोग गर्ने प्रतिवद्धता मन्त्री गुरुङले व्यक्त गरे ।

माछापुच्छ«े गाउँपालिकाका अध्यक्ष कर्णवहादुर गुरुङले समृद्ध नेपाल सुखी नेपालीको नारालाई सार्थक साधारण शिक्षाले सम्भव नहुने भएकोले अवको शिक्षा प्राविधिक हुुनुपर्ने विचार राखे । विद्यालयले सुरु गरेको कार्यमा गाउँपालिका शतप्रतिशत सहमत रहेको र साथ दिन तत्पर रहेको भनाई राखे ।

महायज्ञ मूल आयोजक समितिका अध्यक्ष रविलाल पोखरेलको अध्यक्षतामा भएको समुद्घाटन समारोहमा, भाष्कर पण्डित कमलनयन गौतम, गाउँपालिकाका शिक्षा विभाग प्रमुख लोकनाथ आचार्य, विद्यालयका प्राध्यानाध्यापक शान्तिरमण पोखरेल, मूल आयोजक समितिका उपाध्यक्ष टेकनशोभा गुरुङ तथा महासचिव मौसम कार्कीले पनि प्राविधिक शिक्षालयको आवश्यकता र महत्वको वारेमा आफ्नो भनाई राखेका थिए ।यज्ञ उद्घाटन अघि वडाका विभिन्न टोलहरुमा शान्ति कलस यात्रा गरिएको थियो । कलशयात्रामा स्थानीय आमा समुहहरु, विद्यार्थी तथा स्थानीयहरुको वाक्लो सहभागिता थियो ।

महायज्ञको पहिलो दिनमानै ७ लाख २ हजार ७ सय २१ रुपैयाँ संकलन भएको छ । माछापुच्छ«े गाउँपालिका वडा नं ३ का ईन्द्रवहादुर गुरुङले २ लाख १ सय ११, संरक्षण क्षेत्र व्यवस्थापन समिति घाचोकवाट १ लाख ५१ ह्जार १ सय ५१, प्रतिनिधिसभाका सांसद तथा उद्योगी सूर्यवहादुर केसीवाट १ लाख ११ हजार १ सय ११, घाचोककै हरिश्चन्द्र लम्सालवाट १ लाख ११ हजार १ सय ११ तथा मे. रामप्रसाद गुरुङवाट १ लाख १ सय ११ रुपैयाँ दान गर्नुभयो ।

हामी र हाम्रा सन्ततीको लागि प्राविधिक शिक्षाको पहुँच पु¥याउने उद्देश्य परिपूर्ति गर्नको लागि स्थापना गरिने प्राविधिक शिक्षालयको व्यवस्थापनका लागि सिड फन्ड संकलन गर्ने उद्देश्यले रहेको अध्यक्ष पोखरेलले बताए ।

प्रतिक्रिया

Related Post

इन्धनको क्षणिक मूल्यवृद्धिमा १० रुपैयाँ बढी तिरेँ

Posted by - November 8, 2017 0
आयल निगमले १२ बजेदेखि लागू हुनेगरी गत बुधबार पेट्रोलियम पदार्थको भाउ बढायो। निगमले पेट्रोलमा २, डिजेल र मट्टितेलमा १ रुपैयाँ…

घाचोकमा हुने धनधान्यान्चल महायज्ञको तयारी अन्तिम चरणमा

Posted by - April 20, 2018 0
पोखरा, ७ वैशाख कास्कीको माछापच्छ«े गाउँपालिका वडा नं ३ घाचोकमा वैशाख ११ गतेदेखी १८ गतेसम्म हुन गईरहेको विराट शैक्षिक श्रीमद्भागवत…

ने.वि.संघ पृ.ना.क्याम्पस स्नातक तह प्रथम वर्ष द्वार भेटघाट,चियापन एवंम अन्तर्क्रीयात्मक कार्यक्रम सम्पन्न ।।

Posted by - February 23, 2018 0
फाल्गुन ११ सुक्रवार,०७४ पृथ्वीनारायण क्याम्पसमा स्नातक तह प्रथम वर्षमा अध्यान्नरत ने.वि.संघ कक्षा प्रतिनिधि विधार्थीहरुको आज एकाआपस विच अन्तर्क्रीयात्मक भेटघाट एवंम…

अस्थायी शिक्षक स्थायी भए खुलाबाट स्थायी हुनेलाई अन्याय

Posted by - November 27, 2017 0
काठामाडौं – अस्थायी शिक्षक व्यवस्थापनबाट स्थायी शिक्षकलाई मार पर्ने भन्दै केही स्थायी शिक्षकहरुले शिक्षामन्त्री गोपालमान श्रेष्ठको ध्यानाकर्षण गरेका छन् ।…
%d bloggers like this: