प्रबिधिमय घाचोकको महायज्ञ ।

804 0

कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ३ घाचोक भलावोट शुक्ला गण्डकी माध्यमिक विद्यालयमा बैशाख ११ देखि १८ गतेसम्म वहुउदेश्यीय प्राविधिक शिक्षालयको पूर्वाधार स्थापनाको लागि श्री विराट शैक्षिक श्रीमद्भागवत धनधान्याञ्चल महायज्ञ आयोजना गरिएको थियो ।
पहिलोदिन भन्दा दोश्रो दिन तुलनात्मक हिसाबमा, चन्दा/रकम सन्कलन बढी भएको कुरा महायज्ञ मुल आयोजक समिती महासचिब मौसम कार्की ले जानकारी दिनुभएको छ।

महायज्ञमा सरलै भयतापनी प्राबिधिको प्रयोग भने गर्न खोजिएको छ। महायज्ञमा सन्कलन भएको आर्थिक विवरण संसारको कुनै पनि ठाउँमा छरिएर रहेका सम्पूर्ण सरोकारवालाहरु सम्म पारदर्शी तवरबाट पुर्याउन खोजिएको छ जुन आयोजक समितीको बिल्कुलै नयाँ र प्रसम्सनिय कार्य मान्न सकिन्छ ।

भाबी सन्ततीको लागि प्राविधिक शिक्षाको पहुँच पु¥याउने उद्देश्य परिपूर्ति गर्नको लागि स्थापना गरिने प्राविधिक शिक्षालयको व्यवस्थापनका लागि सिड फन्ड आउने क्रम जारी रहेको छ भने उक्त फण्ड कालेक्सनको लाइभ अप्डेट आयोजक संस्था शुक्ला गण्डकी प्राविधिक शिक्षा समन्वय तथा सहयोग संस्थाको नवनिर्मित वेबसाइट http://tecao.org/ बाट प्रत्यकक्ष देख्न सकिने छ।

साथै http://stock.tecao.org/ बाट सिधै हेर्न सकिनेछ।

“अब भने हामीहरुका भाईबहिनी हरुलाई उच्च शिक्षाकालागि हाम्रो पाला जस्तो बजार झरेर कोठा भाडामा लिएर बस्ने बाध्यता हुँदैन” मक्ख हुँदै भन्छन, सोही बिद्यालयका भुपु विद्यार्थी राजन लम्साल।

प्रतिक्रिया

Related Post

सामाजिक सञ्जाल प्रयोग गरी ठगी गर्ने नौजना पक्राउ

Posted by - March 19, 2018 0
पोखरा । सामाजिक सञ्जाल, भाइबर, इमो र म्यासेन्जरबाट चिट्ठा परेको भन्दै पैसा ठगी गरेको अभियोगमा प्रहरीले विभिन्न स्थानबाट नौ जनालाई…

डाक्टरको उपाधि पाउनु अघि ओलीले रुद्राक्षको विरुपा रोपे

Posted by - April 8, 2018 0
नयाँ दिल्ली । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले विद्यावारिधीको उपाधी पाउनुअघि रुद्राक्षको विरुवा रोपेका छन् । भारतको उत्तराखण्ड पन्तनगरस्थित गोविन्द…

मिडिया सोसाइटीद्वारा आदेशको विरोध

Posted by - February 27, 2018 0
काठमाडौँ — नेपाल मिडिया सोसाइटीले प्रधानन्यायाधीश गोपाल पराजुलीले आफ्नो योग्यताबारे उठेका प्रश्नलाई समाचार बनाउन प्रतिबन्ध लगाउने गरी प्रेस काउन्सिलका नाममा…

दिमाग फ्रिजमा राखेर मरेको मानिस बचाउन सकिने ! मरेपछि बाँच्न नाम दर्ता गराउनेको भीड !!

Posted by - November 21, 2017 0
अमेरिका र रुसमा हिजोआज तीनसय व्यक्ति सधैंका लागि गुमनाम हुँदैछन् । उनीहरुलाई यसबेला निकै चिसो वातावरणमा राखिएको छ । यस्तो…
%d bloggers like this: