बेलायतबाट कास्कीको विद्यालयलाई ८ लाख सहयोग

27 0

कार्तिक १०, २०७४-बेलायतका एकजना समाजसेवी एवं व्यवसायी सूर्य गुरुङले कास्कीको अर्मला ६ स्थित श्री अन्नपूर्ण माध्यमिक विद्यालयलाई ८ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

गोर्खा प्यालेस रेष्टुरेन्टका सञ्चालक एवं एनआरएनए यूके पूर्व अध्यक्ष सूर्य गुरुङले हालै उक्त विद्यालयमा गएर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापक समक्ष ८ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । उक्त रकम विद्यालयको भौतिक पूर्वाधार निर्माणमा खर्च गरिनेछ ।

उनले आफ्नो रेष्टुरेन्टमा वर्षेनी वार्षिकोत्सव गरि ग्राहकबाट संकलित रकम विभिन्न च्यारिटीमा खर्च गर्दै आएका छन् । उनले भूकम्प लगत्तै आफ्नो रेष्टुरेन्ट गोर्खा प्यालेस, फार्नबोरोमा च्यारिटी गरेर १५ लाख रुपैयाँ पीडितलाई प्रदान गरेका थिए ।

उक्त रेष्टुरेन्टले १८ औं वार्षिकोत्सवसम्म आइपुग्दा च्यारिटी गरेर करिब ६५ लाख रुपैयाँ विभिन्न क्षेत्रमा सहयोग गरिसकेको छ ।

प्रतिक्रिया

Related Post

Donald Trump

डीभी चिठ्ठा प्रणाली नै रद्द गर्ने राष्ट्रपति ट्रम्पको घोषणा

Posted by - November 2, 2017 0
काठमाडौं, कात्तिक १६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी डाइभर्सिटी भिसा (डीभी) चिट्ठा प्रणालीबाट अमेरिकामा आतंकवादी भित्रिएको दाबी गर्दै अब…

बेलायतीलाई ढाका टोपी र पछ्यौरा

Posted by - October 30, 2017 0
कार्तिक १०, २०७४-लन्डन ब्ल्याकहिथस्थित एभरेष्ट इनमा गत सोमबार बेलायतीहरु भिन्न रुपमा देखिए । बेलायती महिला स्कार्फ र टिका (बिन्दी) अनि…

कोरियाको जेजुदोमा एक नेपाली कामदारको मृत्यु

Posted by - October 30, 2017 0
कार्तिक ७, २०७४-दक्षिण कोरियाको जेजुदोस्थित  कम्पनीमा काम गर्दै आएका एक नेपाली कामदार आइतबार झुण्डिएको अवस्थामा मृत भेटिएको छ ।  इपिएसमार्फत…
%d bloggers like this: