बेलायतीलाई ढाका टोपी र पछ्यौरा

26 0

कार्तिक १०, २०७४-लन्डन ब्ल्याकहिथस्थित एभरेष्ट इनमा गत सोमबार बेलायतीहरु भिन्न रुपमा देखिए । बेलायती महिला स्कार्फ र टिका (बिन्दी) अनि पुरुषहरुले ढाका टोपी र खादामा सजिएर नेपाली परम्परागत शैलीमा तिहार मनाए ।

एभरेष्ट इन रेष्टुरेन्टले विदेशीलाई दोश्रो ठूलो नेपाली पर्व तिहार अवगत गराउन, नेपाली खानाको स्वाद चखाउन र न्यानो आतिथ्य प्रदर्शन गर्न एउटा भिन्न माहोल जुराएको थियो ।

कार्यक्रममा सहभागी सबै बेलायती परम्परागत नेपाली पहिरनमा सजिएर नेपाली गीत संगीत अनि खानामा घण्टौं रमाए । ‘नेपाली कला संस्कृतिबारे अवगत गराउन र पर्यटन प्रवर्धन नै मुख्य उद्देश्य थियो’, एभरेष्ट इन रेष्टुरेन्टका निर्देशक यादव भण्डारी भन्दै थिए ।

कार्यक्रममा राजदूत डा. दुर्गाबहादुर सुवेदी, लुइसम काउन्सिलका डिष्ट्रिक्ट चिअर काउन्सिलर ओबाजिमी, साउथ इष्ट लन्डन चेम्बर अफ कमर्स आवद्ध हेलेन मेकान्टोस लगायतले नेपालको सांस्कृतिक विविधताबारे खुबै प्रशंसा गरे । डिष्ट्रिक्ट चिअर ओबाजिमी र हेलेनले नेपाल भ्रमणको चाहना समेत व्यक्त गरेका थिए ।

शुभकामना मन्तव्यका क्रममा राजदूत सुवेदीले भण्डारी दाजुभाईले बेलायत बसेर नेपालको राजदूतका रुपमा काम गरिरहेको भन्दै प्रशंसा गरे । उनले नेपाल मनोरम प्राकृतिक दृश्य र विविध संस्कृतिले भरिएको देश भएको बताउँदै नेपालीले पाहुनालाई भगवान सरह सत्कार गर्ने अवगत गराए ।

कार्यक्रममा नेपाली संस्कृति झल्कने विविध नाच समेत प्रस्तुत गरिएको थियो ।

एभरेष्ट इनका सञ्चालकद्वय पशुपति भण्डारी र यादव भण्डारीले नेपालको कला संस्कृति जगेर्ना र पर्यटन प्रवर्द्धनका लागि आफ्नै प्रयत्नमा यस्ता कार्यक्रम नियमित गर्दै आएका छन् । पशुपति भण्डारी नेपाल पर्यटन बोर्डका बेलायत प्रतिनिधि पनि हुन् ।

प्रतिक्रिया

Related Post

कोरियाको जेजुदोमा एक नेपाली कामदारको मृत्यु

Posted by - October 30, 2017 0
कार्तिक ७, २०७४-दक्षिण कोरियाको जेजुदोस्थित  कम्पनीमा काम गर्दै आएका एक नेपाली कामदार आइतबार झुण्डिएको अवस्थामा मृत भेटिएको छ ।  इपिएसमार्फत…
Donald Trump

डीभी चिठ्ठा प्रणाली नै रद्द गर्ने राष्ट्रपति ट्रम्पको घोषणा

Posted by - November 2, 2017 0
काठमाडौं, कात्तिक १६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी डाइभर्सिटी भिसा (डीभी) चिट्ठा प्रणालीबाट अमेरिकामा आतंकवादी भित्रिएको दाबी गर्दै अब…

बेलायतबाट कास्कीको विद्यालयलाई ८ लाख सहयोग

Posted by - October 30, 2017 0
कार्तिक १०, २०७४-बेलायतका एकजना समाजसेवी एवं व्यवसायी सूर्य गुरुङले कास्कीको अर्मला ६ स्थित श्री अन्नपूर्ण माध्यमिक विद्यालयलाई ८ लाख रुपैयाँ…
%d bloggers like this: