कोरियाको जेजुदोमा एक नेपाली कामदारको मृत्यु

28 0

कार्तिक ७, २०७४-दक्षिण कोरियाको जेजुदोस्थित  कम्पनीमा काम गर्दै आएका एक नेपाली कामदार आइतबार झुण्डिएको अवस्थामा मृत भेटिएको छ ।  इपिएसमार्फत काम गर्न आएका पोखराका २२ वर्षीय जीवन वाग्लेको मृत्यु भएको जेजुदोस्थित कोरियन भाषा अनुवादक शुभद्रा पालुङ्वाले बताइन् ।

कम्पनीको नजिकै झुण्डिएको अवस्थामा भेटिएको वाग्ले बिहान चार बजे सुत्ने कोठाबाट निस्केको सीसीटीभीमा देखिएको थियो । मृतक वाग्ले कोरिया आएको तीन वर्ष पूरा गरी बोनस भिसा लगाएका थिए । मृतक वाग्लेले कम्पनीलाई जानकारी नै नगराई  नेपाल जाने हवाई टिकट लिइएका थिए ।

धेरै नबोल्ने स्वभाव भएका वाग्ले सधैं ओभरटाइम काम गर्दै आए तापनि त्यसदिन चाँडै कोठामा आएका थिए । तलब पाउन साथ सीधै नेपाल पठाउने गरेको र मोबाइलमा चेक गर्दा ३ दिनदेखि बुबाको कल रिसिभ नगरेको भेटिएको थियो । कोरियामा आत्महत्या गर्ने नेपालीको संख्या बढ्दो छ ।

प्रतिक्रिया

Related Post

बेलायतीलाई ढाका टोपी र पछ्यौरा

Posted by - October 30, 2017 0
कार्तिक १०, २०७४-लन्डन ब्ल्याकहिथस्थित एभरेष्ट इनमा गत सोमबार बेलायतीहरु भिन्न रुपमा देखिए । बेलायती महिला स्कार्फ र टिका (बिन्दी) अनि…

बेलायतबाट कास्कीको विद्यालयलाई ८ लाख सहयोग

Posted by - October 30, 2017 0
कार्तिक १०, २०७४-बेलायतका एकजना समाजसेवी एवं व्यवसायी सूर्य गुरुङले कास्कीको अर्मला ६ स्थित श्री अन्नपूर्ण माध्यमिक विद्यालयलाई ८ लाख रुपैयाँ…
Donald Trump

डीभी चिठ्ठा प्रणाली नै रद्द गर्ने राष्ट्रपति ट्रम्पको घोषणा

Posted by - November 2, 2017 0
काठमाडौं, कात्तिक १६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी डाइभर्सिटी भिसा (डीभी) चिट्ठा प्रणालीबाट अमेरिकामा आतंकवादी भित्रिएको दाबी गर्दै अब…
%d bloggers like this: