सकियो ‘भोर’ को छायांकन

24 0

कार्तिक १२, २०७४-निर्देशक यादवकुमार भट्टराईको नेपाली फिल्म ‘भोर’ को छायांकन सम्पन्न भएको छ । मधेसको प्रमुख सामाजिक समस्या दाइजोमा आधारित फिल्मको छायांकन गत वर्ष छठ पर्वदेखि सुरु भई यस वर्ष छठकै दिनमा सम्पन्न भएको निर्देशक भट्टराईले जनाए । शनिबार मिथिला नाटयकला परिषद्मा आयोजित पत्रकार सम्मेलनमा निर्देशक भट्टराईले फिल्मको सम्पूर्ण दृश्य जनकपुरकै वरिपरिमा छायांकन गरिएको जानकारी दिए ।

‘दाइजो मधेसको मात्र समस्याजस्तो देखिए पनि यो विश्वव्यापी छ,’ उनले भने, ‘दाइजोग्रस्त समाजका विभिन्न पक्षलाई सार्वजनिक गर्ने प्रयास गरेका हौं ।’ साहित्यकार कृष्ण धराबासीको कथानकमा आधारित फिल्मको पटकथा तथा संवाद निर्देशक यादवकुमार भट्टराई स्वयंले लेखेका हुन् भने रामनारायण ठाकुर, मदन ठाकुर, बीएन पटेल, डली सरकार, अनितारानी मण्डल, परमेश झा, राजेश सक्सेनालगायतले अभिनय गरेका छन् ।

राज तिमिल्सिना र रामगोपाल थापा निर्माता रहेको फिल्मको छायांकन दीपक ब्रजाचार्यले गरेका छन् । करिब ८० लाखको लागतमा निर्माण भएको फिल्म अगामी फागुनसम्ममा सार्वजनिक हुने निर्देशक भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया

Related Post

विवाहपछि खुसी रहन चाहानुहुन्छ ? अब यी तरिकाहरु अपनाउनुहोस्

Posted by - November 23, 2017 0
धेरै नेपालीले बिहेका लागि मंसिर महिना कुरेर बसेका हुन्छन् । यसै पनि मंसिर लगनको महिना हो । मंसिर सुरु भएसँगै…

जब आँचल परिन् अपहरणमा

Posted by - October 30, 2017 0
कार्तिक १२, २०७४-शुक्रबार साँझ वीरगन्ज नजिकको पर्सागढी नगरपालिकास्थित एक पुरानो हवेलीको आँगनबाटै अभिनेत्री आँचल शर्मा अपहरणमा परिन् । सेतो पिकअप…

कतारमा सुनिए उपेन्द्र

Posted by - November 9, 2017 0
कार्तिक २३, २०७४-कवि उपेन्द्र सुब्बाले कतारको राजधानी दोहामा एकल सिर्जना वाचन गरेका छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), नवोदित…

Leave a comment

%d bloggers like this: