अस्पतालसंगै रोग पनि भित्रिने भन्दै नागढुङ्गावासीको चिन्ता, अस्पताललाई सर्त

14 0

पोखरा । फेवासिटी हस्पिटल नागढुङ्गामा सञ्चालन भएको ८ वर्ष पुग्यो । र फेरी अहिले चरक हस्पिटल पनि नागढुङ्गामै आउँदै छ । चरक हस्पिटल निर्माणाधिन अवस्थामा रहेको छ । दुई ठूला अस्पताल घर नजिकै आउनु नागढुङ्गावासीका लागि खुुसिकै कुरा हो । तर ती हस्पिटलहरुले सुविधासंगै आफुहरुसंग रोग पनि बाँड्ने भन्दै नागढुङ्गाबासिहरुले विभिन्न १४ बुँदे माग अगाडि सारेका छन् ।
दुबै अस्पताल समक्ष उनीहरुले आफ्नों मागपत्र पेश गरिसकेका छन् । मागपत्रमा स्थायिनलाई औषधी–उपचारमा छुट, रोजगारमा स्थानियलाई प्राथमिकता, हस्पिटलबाट निस्कने बिकिरण तथा फोहोरजन्य बस्तुको उचित व्यवस्थापन, ढल तथा आकासे पानी निस्कासनको उचित व्यवस्थापन, पार्किङ्गको उचित व्यवस्थापन, अस्पतालले निर्वाह गर्ने सामाजिक उत्तरदायित्वका कार्यहरुमा नागढुङ्गाबासिसंग सहकार्य लगायतका माग रहेका छन् ।
नागढुङ्गाबासिको बृहत टोल भेलाले निर्णय गरे अनुसारको माग उनीहरुले अगाडी सारेका हुन् । भेलाले नागढुङ्गा युवा क्लवले नेतृत्व लिने गरि नागढुङ्गा आमा समुह, नागढुङ्गा टोल विकास संस्था, नागढुङ्गा विकास समाज, एयरपोर्ट टोल विकास संस्था सदस्य गरेको सहजिकरण समुह पनि तयार पारेको छ । १८ सदस्यि उक्त समुहमा नागढुङ्गाका अगुवाहरुपनि सामेल रहेका छन् ।
यसैविच, समुहले अस्पताल सामु राखेको मागका बारेमा पोखरा–लेखनाथ महानगरपालिका र जिल्ला प्रशासन कार्यालय कास्कीमा सहयोगको आग्रह सहितको ज्ञापन–पत्र शुक्रबार पेश गरेका छन् । उनीहरुले नगरपालिकाका बरिष्ठ कार्यक्रम अधिकृत ओमराज पौडेल र जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी झलकराम सुवेदी समक्ष ज्ञापन–पत्रको बोधार्थ बुझाएका हुन् । ज्ञापन–पत्र बुझ्दै पौडेल र सुवेदीले स्थानियबासिले अस्पताल समक्ष राखेको माग जायज भएको बताए । उनीहरु दुबैले समुहको माग पुरा गराउन आ–आफ्नों ठाउँबाट सहयोग गर्ने प्रतिवद्धजा समेत जाहेर गरे । ‘हाम्रा मागबारे अस्पताल पक्ष पनि सकारात्मकनै छन, छिटै हामी र अस्पताल प्रशासनविच सहमति हुने विश्वास लिएका छौं’–नागढुङ्गा युवा क्लवका अध्यक्ष विनोद लामिछानेले भने ।

प्रतिक्रिया

Related Post

‘राष्ट्रपति प्रभावमा पर्नुभयो’

Posted by - November 10, 2017 0
चिकित्सा शिक्षा सुधारका विभिन्न माग राखेर शृंखलाबद्ध अनसन गर्दै आएका प्राध्यापक डा. गोविन्द केसीले राष्ट्रपति, न्यायालयलाई समेत चुनौती दिँदै पुनः…

“चुनाव गराउन कानुनले रोकिदैन”

Posted by - November 10, 2017 0
यज्ञबहादुर थापा मन्त्री, कानुन, न्याय तथा संसदीय मामिला संविधानको कार्यान्वयनअन्तर्गत २ नम्बर प्रदेशबाहेकका ६ वटा प्रदेशमा स्थानीय तहको निर्वाचन सम्पन्न…

“चुनाव जितेर सबैको प्रिय बनेर काम गर्छु”

Posted by - November 10, 2017 0
विनोद केसी प्रदेशसभा सदस्य उम्मेदवार म्याग्दी क्षेत्र नं. १ ‘क’ प्र देश र प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा म्याग्दीको प्रदेशसभा क्षेत्र…
Donald Trump

डीभी चिठ्ठा प्रणाली नै रद्द गर्ने राष्ट्रपति ट्रम्पको घोषणा

Posted by - November 2, 2017 0
काठमाडौं, कात्तिक १६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी डाइभर्सिटी भिसा (डीभी) चिट्ठा प्रणालीबाट अमेरिकामा आतंकवादी भित्रिएको दाबी गर्दै अब…

एमालेले माओवादीलाई आफ्नो आवरणभित्र घिसार्न सफल भएको छ: खगेन्द्र संग्रौला (अन्तर्वार्ता)

Posted by - November 13, 2017 0
खगेन्द्र संग्रौला लेखक र समिक्षक हुन् । भित्तैमा पुर्याउने गरि शब्दवाण प्रहार गर्ने कलामा पोख्त मानिन्छन् । तुलनात्मक रुपमा उनी यस…
%d bloggers like this: