चिनी रोगीले कसरी खाना खाने ?

35 0

शरीरको रगतमा चिनीको मात्रा चाहिने भन्दा धेरै भयो भने त्यो रोगलाई मधुमेह रोग भनिन्छ । यो रोग एकपटक लागेपछि पुरा निको हुँदैन तर लगभग ५० प्रतिशत नयाँ मधुमेहका केसहरु खानाबाटै नियन्त्रण गर्न सकिन्छ र ५० प्रतिशत रोगीलाई औषधि या ईन्सुलिनको आवश्यकता पर्दछ ।

मधुमेहका रोगीले खानपानको साथसाथै शारीरिक व्यायमलाई पनि संगसंगै नियमितता दिनुपर्छ जसले रगतमा चिनीको मात्रा सन्तुलन राख्न सहयोग पुर्‍याउँछ ।

मधुमेहका रोगीलाई कति आहार चाहिन्छ भन्ने कुरा रोगीको उमेर, शरिरको तौल, कार्य, पेशा, लिङ्ग, वर्ण आदिको आधारमा निर्धारण गरिन्छ ।

क्यालोरी गणना (सामान्य तौलको लागी)
कार्बोहाईड्रेट : ५० प्रतिशत २५० ग्राम (१००० क्यालोरी)
प्रोटिन : २० प्रतिशत १०० ग्राम (४०० क्यालोरी)
बोसो : ३० प्रतिशत ६७ ग्राम (६०० क्यालोरी)

मधुमेहका रोगीहरुले खानपान कसरी गर्ने ?
मधुमेहका रोगीहरुले हरेक दिन सन्तुलित मात्रामा ३ पटक खाना र ३ पटक खाजा खानुपर्छ ।

बिहानको नास्ता (६-७ बजे)
बिहानको खाना (९-१० बजे)
दिउँसोको नास्ता (१-२ बजे)
साँझको नास्ता (५-६ बजे)
रातिको खाना (८ बजे)
सुत्ने बेला (१०-११ बजे)

बिहानको खाजा (६-७ बजे)
१ गिलास दुध वा १ कप चिया÷कफी (चिनी नहालेको वा बढीमा सानो चम्चाको १ चम्चा
कर्नफ्लेक्स वा पोरीज (१ कचौरा) वा गहूँको रोटि (१-२ वटा) वा बिस्कुट (३-४ वटा) वा पाउरोटि (२ पिस)

बिहानको खाना (९-१० बजे)
गहुँको रोटी (२-३ वटा) वा १ कचौरा भात (नफलेको चामलको) वा ढिँडो (मक/कोदो/फापरको १ कचौरा)
बाक्लो दाल
सागसब्जी/तरकारी/भटमास/सिमी
अचार
थोरै मात्रामा मासु÷माछा
(यसरी खाँदा अन्नको मात्रा भन्दा दाल र सागसव्जीको मात्रा धेरै हुनुपर्छ ।)

दिउँसोको नास्ता (१-२ बजे)
चिया/कफी १ कप (कालो उपयुक्त)
१ दाना फलफूल (सुन्तला÷केरा÷मेवा÷स्यउ÷अम्बा वा मौसमअनुसारको फल वा १ गिलास ताजा फलफूलको रस)
गहुँको रोटी (१ वटा) वा १ मुठ्ठी चिउरा
साँझको नास्ता (५-६ बजे)
पातलो मोहि (१ गीलास)
चाउचाउ (सानो कचौराको १ कचौरा) वा पाउरोटि (१/२ पिस) वा नुनिलो बिस्कुट (३,४ वटा)

रातिको खाना (८ बजे)
बिहानको खाना जस्तै

सुत्ने बेला (१०-११ बजे)
गाई भैँसीको दुध आधा कप तर काटेको २ वटा बिस्कुटसंग

मधुमेहका रोगीहरुले खानपानमा ध्यान दिनुपर्ने कुराहरु :
सबै प्रकारका फलफूल र तरकारी हरेक दिन मात्रा मिलाएर खानुपर्छ ।
खना पकाउँदा घ्यूको सट्टामा तोरीको तेल अथवा वनस्पति वा जैतुनको तेल राम्रो हुन्छ ।
दिनमा कम्तिमा ३ लिटर पानी पिउनुपर्छ ।
माछा हप्तामा २ पटक खानुपर्छ यसरी खाँदा कम तेल राखेर सुप बनाएर खाएको राम्रो ।
बोसो, छाला र चिल्लो कुराहरु धेरै खानु हुँदैन ।
नुनको मात्रा पनि कम गनुपर्छ ।
प्रत्यक्ष चिनी भएका चिजहरु जस्तै चिनी, मिठाई, कोका कोला, पेय पदार्थ , मह खानु हुदैन ।
खानामा रेसादार खानेकुरा समावेश गर्नुपर्छ ।
बजारमा पाईने विभिन्न किसिकमका प्याकेटका जुसहरुमा चिनिको मात्रा बढि हुने भएकाले त्यस्ता जुसको सट्टामा ताजा फल किनेर खानु राम्रो हुन्छ ।
सुर्तिजन्य र खैनिजन्य पदार्थ सेवन गर्नुहुँदैन ।
मादकपदार्थ सकेसम्म सेवन नगरेकै राम्रो मानिन्छ तर कसैलाई सेवन गर्नुपरेमा दिनभरमा महिलाले बढिमा २ यूनिट (२५-३० एमएल) र पुरुषले बढिमा ४ यूनिट (५०-६० एमएल) खान सकिन्छ ।

चिनी रोग सम्बन्धी भ्रम
हाम्रो जनमानसमा मधुमेहरोग लागेको बिरामीले भात वा आलु खानु हुँदैन भन्ने भ्रम छ जुन सत्य होइन । खासमा भात, जरा भएको तरकारी र अरु अन्नहरुले रगतमा चिनिको मात्रा सन्तुलन राख्छ । त्यसकारण हरेक खाजा वा खाना मात्रा मिलाएर खानुपर्छ ।

चिनीरोग प्यानक्रियाजमा इन्सुलिन कम वनेमा वा बनिसकेको इन्सुलिनले कुनै कारणवस काम नगरेमा हुन्छ । यो रोग भनेको पुख्र्याैली रोग पनि हो । त्यसैले धेरै गुलियो पदार्थ वा भात खानाले चिनी रोग लाग्ने कुरामा सत्यता छैन तर चिनि रोग लागेपछि चिनि भएको खाना र गुलियो पदार्थ थोरै मात्रामा या चिकित्सको सल्लाह अनुसार खानुपर्छ या बन्द गर्नुपर्छ ।

(लेखक ग्राण्डे सिटी अस्पतालमा कार्यरत वरिष्ठ फिजिसियन हुन् ।)

प्रतिक्रिया

Related Post

जिएमसीमा सुत्केरी मृत्यु प्रकरण

Posted by - November 5, 2017 0
पोखरा, १८ कात्तिक । पृथ्वीचोक नजिकै नयाँबजार सडकखण्डमा शनिबार मध्यान्ह गाडी चल्न सकेनन् । प्रहरीले आफ्नै भ्यानले बलजफ्ती गरेपछि मात्र यातायात आवागमन…

किन बढ्छ जाडोमा ब्लडप्रेसर ?

Posted by - October 30, 2017 0
कार्तिक ४, २०७४-हिउँदको मौसमलाई स्वास्थ्यको दृष्टिले राम्रो मानिन्छ। तर जाडोमा धेरैजसो मानिसहरुको ब्लडप्रेसर अचानक बढन जानन्छ । यस अवस्थामा टाउकोदुख्नु,…
%d bloggers like this: