गोपाल योञ्जनको जन्मगाउँबाट

39 0

कार्तिक १३, २०७४-दार्जिलिङको मिरिक । मिरिकको ओकाइटी टी स्टेट । शब्द, संगीत र स्वरका हस्ती गोपाल योञ्जन जन्मेको ठाउँलाई गायक कर्म ग्याल्छेनले पोखरामा सम्झिए । पहिलो एकल साँझमा प्रस्तुत भएका उनले भने, ‘गोपाल योञ्जन जुन गाउँमा जन्मिनुभएको हो, म पनि त्यहीँ जन्मेको हुँ ।’

अनुपम म्युजिक र लायन्स क्लब अफ पोखरा गतिशील मञ्जरीले उनलाई शनिबार पोखरा निम्त्याएको हो । सुगम संगीतका स्रष्टाको सम्मानमा आयोजित एकल साँझमा कर्मले गाएका एक दर्जन गीत गाए ।

‘बनेको छ पहराले यो छाती मेरो..’ गीतबाट प्रस्तुति थाल्दै गर्दा उनले पटक–पटक गीतका स्रष्टा गोपाल योञ्जनलाई सम्झिए । ‘उहाँको संगीतमा गाउने ठूलो इच्छा थियो,’ उनले भने, ‘मेरो भाग्यमा त्यो अवसर जुरेन ।’ यद्यपि गोपाल योञ्जनको शब्द र संगीत रहेको पुरानो गीत ‘तिमी देऊ या नदेऊ तिम्रो माया…’ चलचित्रमा ‘मेघा’ मा गाउन पाएकोमा खुसी व्यक्त गरे । उक्त गीत यसअघि नारायण गोपाल र मीरा राणाले गाएका थिए ।

कार्यक्रममा उनले नारायण गोपाल, प्रेमध्वज प्रधान, प्रदीपराज पाण्डे, अरुण थापा, दीप श्रेष्ठ, उदय–मनिला सोताङ, अञ्जु पन्त लगायत अग्रज कलाकार र आफ्ना समेत गीत गाए । नेपाल र नेपालीपनले सधैं गर्वबोध गराउने भएकोले नेपाली संगीतबाट कहिल्यै टाढा जान नसक्ने उनले सुनाए ।

‘म दार्जिलिङमा जन्मेहुर्के पनि खाँटी नेपाली हुँ भन्न पाउँदा गर्व लाग्छ,’ उनले भने । उनले त्यसोभन्दा पोखरा उद्योग वाणिज्य संघको हल तालीको गड्गडाहटले गुञ्जायमान भएको थियो । उनले एकल साँझको अन्त्य राष्ट्रिय भाव बोकेको आफ्नै गीत ‘तिमी पूर्वी भेगैमा…’ बाट गरेका थिए ।

५ सयभन्दा बढी गीतमा स्वर तथा संगीत दिएका ग्याल्छेनको एकल गायन यो नै पहिलो हो । एकल साँझमा उनलाई पोखराका गायिकाद्वय शीतल थापा र रोशनी गुरुङले २–२ गीतमा साथ दिए ।

प्रतिक्रिया

Related Post

कतारमा सुनिए उपेन्द्र

Posted by - November 9, 2017 0
कार्तिक २३, २०७४-कवि उपेन्द्र सुब्बाले कतारको राजधानी दोहामा एकल सिर्जना वाचन गरेका छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), नवोदित…

हलमा राष्ट्रगान किन ?

Posted by - October 30, 2017 0
कार्तिक १२, २०७४-बलिउड अभिनेत्री विद्या बालनले फिल्म हलमा राष्ट्रगान बजाउने नियम वाहियात भएको बताएकी छन् । भारतीय अदालतले शनिबार यस्तो…

सकियो ‘भोर’ को छायांकन

Posted by - October 30, 2017 0
कार्तिक १२, २०७४-निर्देशक यादवकुमार भट्टराईको नेपाली फिल्म ‘भोर’ को छायांकन सम्पन्न भएको छ । मधेसको प्रमुख सामाजिक समस्या दाइजोमा आधारित…
%d bloggers like this: