नक्कली फेसबुक ‘आइडी’ बनाएर दूरुपयोग गर्ने पक्राउ

40 0

रत्ननगर (रासस)- नक्कली फेसबुक ‘आइडी’ बनाई महिलालाई अश्लील कार्य गर्न खोज्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ।

महिलालाई बदनाम गर्ने उद्देश्यले फेसबुकमा मोबाइल नम्बर र फोटो राखी अश्लील कार्यका लागि सम्पर्क गर्नुहोला भनेर स्टाटस राख्ने गरेको आरोपमा पक्राउ गरिएको चितवनका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यले जानकारी दिए।

यसरी पक्राउ पर्नेमा मकवानपुर बकैया गाउँपालिका–४ का २७ वर्षीय नविन तिमिल्सिना रहेका छन्।

उनीविरुद्ध नक्कली फेसबुक बनाई महिलालाई बदनाम गर्ने उद्देश्यले अश्लील कार्यका लागि सम्पर्क गर्नुहोला भनी मोबाइल नं र फोटो हालेको भनी केही दिनअघि नै लिखित उजुरी परेको प्रहरीले जनाएको छ।

उनलाई केही सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान शुरु भएको आचार्यले जानकारी दिए।

प्रतिक्रिया

Related Post

नेपाली बैज्ञानिकले गरे चमत्कार, दुनियाँमा कसैले गर्ने नसकेको काम नेपाली बैज्ञानिकले पत्ता लगाए

Posted by - November 21, 2017 0
काठमाडौं- नेपाली वैज्ञानिकले ब्रम्हाणमा आकाशगंगाको जुम्ल्याहा तारापुञ्ज पत्ता लगाएका छन् । दक्षिण कोरियाको सोलस्थित होन्से विश्वविद्यालका वैज्ञानिक डा. सञ्जय पौडेलले…

कम्प्युटरमा नाङ्गो तस्बीर माग्ने भाईरस (ह्याकर्स)

Posted by - October 30, 2017 0
कार्तिक ५, २०७४-के तपाईको कम्प्युटर सुरक्षित रहेको कुरामा तपाई ढुक्क हुनुहुन्छ ? यदि तपाईको उत्तर ‘ढुक्क छु’ भन्ने आउँछ भने…

तिहारको लागि नेपाल टेलिकमको बोनस

Posted by - October 30, 2017 0
आश्विन ३१, २०७४-नेपाल टेलिकमले तिहारको उपलक्ष्यमा आफ्ना ग्राहकलाई विभिन्न छुट दिने भएको छ । टेलिकमले जीएसएम र सीडीएमए प्रिपेड मोबाइल…

साइबर अपराध : चुनौती र न्यूनीकरणका उपाय

Posted by - October 30, 2017 0
कार्तिक २, २०७४-नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो प्रतिवेदनअनुसार ६१ प्रतिशत नेपाली जनतासँग इन्टरनेट पहुँच छ । लगभग सबैजसो जनताले दूरसञ्चार सेवा…

हेर्नुहोस विश्वको सबैभन्दा महंगो बिशेष प्रकारको कार, जुन अमेरिकी राष्ट्रपति चढ्ने गरेका छन

Posted by - November 21, 2017 0
विश्वशक्ति राष्ट्र अमेरिकाका राष्ट्रपतिबारे धेरैको चासो हुनु स्वभाविक हो । यसमा पनि उनि कस्तो खान्छन रु कुन ब्राण्डका कपडा लगाउछन…
%d bloggers like this: