अमेरिकन चप्सी

26 0

सामग्री : नुडल्स ४ सय ग्राम (बोयल गरेको), भेजिटेबल्स २ कप (बन्दा, गाजर, तथा मटर) एवं लसुन २ चम्चा (काटेको) ।

ससका लागि : भेजिटेबल्स स्टक डेढ कप, सख्खर १ चम्चा, कर्नफ्लोर १ चम्चा, चिल्ली सस १ चम्चा, टोम्याटो केचप २ चम्चा, नुन र मरिचको धूलो स्वादअनुसार । सबै सामग्रीलाई राम्रोसँग मिक्स गर्ने ।

विधि : १ सय ग्राम उसिनेको नुडल्सलाई तातो तेलमा खैरो हुन्जेल फ्राई गर्ने । अर्काे प्यानमा २ चम्चा तेल तताई लसुन फ्राई गर्ने । मिक्स भेजिटेबल्स र बाँकी नुडल्सलाई २–४ मिनेट फ्राई गर्ने । ससका सबै सामग्री मिसाएर ३–४ मिनेट पकाउने । आगोबाट निकालेर डिप फ्राई गरिएको नुडल्स सजाएर सर्भ गर्ने ।

भेज हाका नुडल्स

सामग्री : क्याप्सिकन, प्याज, गाजर, बन्दा, मसिनो गरी काटिएको हरियो प्याज २ कप, लसुन आधा–आधा हुने गरी टुक्रा पारिएको १ चम्चा, टुसा उमारिएको गेडागुडी २ कप तथा हाका नुडल्स १ प्याकेट उमालेको ।

 

सिजनिङका लागि : मरिच आधा चम्चा, चिनी आधा चम्चा, नुन स्वादअनुसार, सोया सस ३ चम्चा तथा तेल आवश्यकताअनुसार ।

विधि : प्यानमा १ चम्चा तेल तताएर लसुन भुट्ने । हरियो खुर्सानी र प्याज हालेर ३ मिनेटजति कडा आगोमा भुट्ने । बाँकी सबै भेजिटेबल्स, नुडल्स तथा सिजनिङका सामग्री मिसाएर ३–४ मिनेट फ्राई गरी तात्तातो सर्भ गर्ने ।

 

प्रतिक्रिया

Related Post

नेशनल मेडिकल कलेजको पक्षमा सर्वोच्चले दिएको आदेश रद्द गर्न शिक्षा मन्त्रालयको निवेदन

Posted by - November 8, 2017 0
काठमाडौं नेशनल मेडिकल कलेजको सम्बन्धन तत्काल खारेज नगर्न सर्वोच्च अदालतले दिएको आदेश रद्द गर्न माग गर्दै शिक्षा मन्त्रालयले सर्वोच्चमै ‘भ्याकेट’…
Donald Trump

डीभी चिठ्ठा प्रणाली नै रद्द गर्ने राष्ट्रपति ट्रम्पको घोषणा

Posted by - November 2, 2017 0
काठमाडौं, कात्तिक १६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी डाइभर्सिटी भिसा (डीभी) चिट्ठा प्रणालीबाट अमेरिकामा आतंकवादी भित्रिएको दाबी गर्दै अब…
%d bloggers like this: