रेल मार्ग अध्ययन गर्न चिनियाँ टोली पोखरामा

18 0

कार्तिक २३, २०७४-नेपालमा रेल मार्गको सम्भावनाबारे अध्ययन गर्न आएको चिनियाँ उच्च प्राविधिकसहितको टोली बुधबार पोखरा आएर अध्ययन गरेको छ ।

चिनियाँ राष्ट्रिय रेल्वे प्रशासनका उपप्रमुख चेङ चियान नेतृत्वको २३ सदस्यीय टोलीले पोखराको बिरौटा, हेम्जा र विजयपुर क्षेत्रमा सम्भावित रेल्वे स्टेसनबारे अध्ययन गरेको हो । भौतिक निर्माण तथा यातायात मन्त्रालय रेल विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकाश उपाध्यायले टोलीले सम्भावित क्षेत्रको स्थलगत अध्ययन गरेको बताए । साथै काठमाडौंदेखि पोखरासम्म पहाडी क्षेत्र भएकाले भौगोलिक अवस्थाबारेसमेत जानकारी टोलीले लिएको छ । पुल, सुरुङलगायत पक्षमा पनि विज्ञ टोलीको अध्ययनभित्र परेको छ ।

‘काठमाडौं–पोखरा रेलमार्गको यसअघि नै अध्ययन भइसकेको छ,’ उनले भने, ‘टोलीले लागत र डिजाइनलगायत एउटा खाका तयार पार्नेछ र अन्तिम रूप दिनेछ ।’ धादिङको गल्छीसम्म पृथ्वी राजमार्गसँगै समानान्तर त्यसपछि टोखासम्म अर्कै रुट भएर रेल लैजान सकिने यसअघिको अध्ययनमा छ । यसको लम्बाइ १ सय ८७ किलोमिटर छ ।

यो प्रतिघण्टा दुई सय किलोमिटर दौडने द्रुतगतिको रेलको डिजाइन गरिएको छ । ‘यो प्रारम्भिक अध्ययन मात्रै हो,’ उपाध्यायले भने, ‘चीनले लगानी गर्ने/नगर्ने यकिन भएको छैन । तर, चिनियाँ सरकारी अधिकारीसहितको यो विज्ञ टोली सकारात्मक भएको पाएको छु । आशा गर्ने ठाउँ प्रशस्त छ ।’

पोखरा–लुम्बिनी भने अध्ययन भएको छैन । भूगोल र लागतका कारण पोखरा हुँदै भन्दा पनि मुग्लिङबाट लुम्बिनी लैजाने सोचसमेत चिनियाँको छ । टोली बुधबारै काठमाडौं फर्किएर बिहीबार लुम्बिनी जाने योजना छ । टोली मंगलबार रसुवाको स्याफ्रुबेंसी पुगेर फर्किएको थियो ।

प्रतिक्रिया

Related Post

कोरिया जाने कामदारको सीप परीक्षण एक वर्ष पछि धकेलियो

Posted by - December 14, 2017 0
कोरिया जाने कामदारको सीप परीक्षण एक वर्ष पछि धकेलियो 2020 देखिका परीक्षार्थीहरु का लागि – काठमाडौं । दक्षिण कोरिया जाने…

हेर्नुस्, प्रदेशका राजधानी कहाँ कहाँ कायम हुँदैछन् ?

Posted by - November 15, 2017 0
संघीय संरचनाअनुसार प्रदेशसभाको निर्वाचन नजिकिएसँगै आफ्नो क्षेत्रका प्रदेश राजधानी कहाँ तोकिएला भन्ने चासो मतदातामा बढेको छ । राजनीतिक दलका स्थानीय…

आमाको हातबाट जाउलो खाएर सुतेका थिए प्रकाश

Posted by - November 19, 2017 0
काठमाडौं : पुष्पकमल दाहालका छोरा प्रकाशको मृत्यु अस्पताल ल्याउनु अगावै भईसकेको उनी निटकले जनाएका छन् । थापाथलीस्थित नर्भिक अस्पताल ल्याउँदा प्रकाशको…

“म आफुलाई सम्हाल्छु ,निर्वाचनसम्बन्धी कार्यक्रम नरोक्नू ” – प्रचण्ड

Posted by - November 19, 2017 0
३ मंसिर, काठमाडौं ।माओवादी अध्यक्ष प्रचण्ड पुत्र शोकमा परे लगत्तै विभिन्न जिल्लामा तय गरिएका चुनावी कार्यक्रमहरु स्थगित हुन थालेपछी अध्यक्ष…

गगन थापा माथि बम आक्रमण हुदाँ थापासहित ११ जना घाइते | त्रिवी शिक्षण अस्पताल लगियो

Posted by - December 4, 2017 0
  काठमाडौं: काठमाडौं-४ का काँग्रेस उम्मेदवार गगन थापालाई लक्षित गर्दै बम अाक्रमण भएको छ। घटनामा उम्मेदवार गगन थापा सहित सात…
%d bloggers like this: