शिवराम जित नजिक सेन्ट्रल ओपन गल्फ

14 0

कार्तिक २३, २०७४-नम्बर एक प्रो शिवराम श्रेष्ठ सूर्य नेपाल सेन्ट्रल ओपन गल्फको तेस्रो दिन बुधबार ६ अन्डर ६६ स्कोर गर्दै उपाधि नजिक पुगेका छन् । उनले १५ स्ट्रोकको अग्रतासहित उपाधिका लागि गोकर्ण गल्फ क्लबमा अन्तिम दिन १८ होल खेल्नेछन् ।

सर्वाधिक सफल नेपाली प्रो शिवरामले ५४ होलको स्कोर २१ अन्डर १ सय ९५ बनाएका छन् । पहिलो दिन पनि ६६ स्ट्रोक खेलेका उनले दोस्रो चरणमा व्यक्तिगत उत्कृष्ट नौ अन्डर ६३ को कार्ड बनाएका थिए । त्यसैले उनी गोकर्ण गल्फ क्लबमा कोर्स कीर्तिमान बनाउने संघारमा पनि पुगेका छन् । भारतीय गल्फर समिम खानले सन् २००८ को सूर्य नेपाल मास्टर्सको उपाधि जित्ने क्रममा २३ अन्डर २ सय ६५ स्कोर गरेका थिए । त्यस कीर्तिमान उछिन्ने अवसर शिवरामले पाएका छन् ।

सूर्य नेपाल गल्फ टुर २०१७–१८ को दोस्रो प्रतियोगिताको अन्तिम चरणमा शिवरामसँगै सूर्यप्रसाद शर्मा र सन्जय लामाले ‘फाइनल ग्रुप’ मा रहेर प्रतिस्पर्धा गर्नेछन् । दुई ओभर ७४ खेलेका सूर्य समग्रमा ६ अन्डर २ सय १० स्कोरसहित दोस्रोमा छन् । ६ अन्डर ६६ को कार्ड बनाएका सन्जयको कुल स्कोर दुई अन्डर २ सय १४ रहेको छ ।

भुवन नगरकोटी इभन पार २ सय १६ सहित चौथो स्थानमा छन् । उनले तेस्रो चरणमा १ अन्डर ७१ स्कोर गरे । शिवरामका दाई जयराम श्रेष्ठ दुई ओभर २ सय १८ सहित पाँचौं स्थानमा छन् । उनले तेस्रो दिन दुई ओभर ७४ खेले । मगर दाजुभाइ रामे र दीपक समान तीन ओभर २ सय १९ स्कोरसहित संयुक्त छैटौं स्थानमा छन् । तेस्रो चरणमा रामेले ७० र दीपकले ७५ स्ट्रोक खेले । एक अन्डर ७१ स्कोर गरेका धनबहदाुर थापा (चार ओभर २ सय २०) आठौंमा छन् भने दिनको स्कोर उति नै बनाएका पशुपति शर्मासँगै एक ओभर ७३ खेलेका भु बहादुर गुरुङ (दुवै ६ ओभर २ सय २२) शीर्ष १० मा रहेका छन् ।

शिवरामले सुरुका नौ होल चार अन्डर ३२ मा टुंग्याएका थिए भने पछिल्ला नौ होलको स्कोर दुई अन्डर ३४ बनाए । उनले पार ४ को नवौं होलमा दुई शट जोगाएर इगल बनाएका थिए । होल नं.१, ३, १२, १३, १४ र १८ औंमा बर्डी बनाए पनि १५ र १६ औं होलमा बोगीमा परेपछि उनले अझ ठूलो अग्रता लिने अवसर गुमाएका थिए ।

प्रतिक्रिया

Related Post

ब्राजिल यू १७ विश्वकपको तेस्रो स्थानमा

Posted by - October 30, 2017 0
सकेन । प्रतियोगितामा ६ गोल गरेका लासाना एन्डिययेले सम्हालेको मालीको अग्रपंक्तिलाई ब्राजिली गोलकिपर ग्याब्रियल ब्राजाओले निरास पारेका थिए । उनले…

आर्मी र पुलिस हाबी

Posted by - November 10, 2017 0
कार्तिक २४, २०७४-त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा बिहीबार सुरु ५० औं राष्ट्रिय कराँतेमा पहिलो दिन त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबका खेलाडीले…

मलेसियाविरुद्ध नेपाल ८ विकेटले विजयी

Posted by - November 14, 2017 0
काठमाडौं- मलेसियामा जारी एसिसी यु–१९ एसिया कपमा नेपालले आयोजक मलेसियालाई ८ विकेटले हराएको छ। मंगलबार भएको खेलमा ५.३ ओभरमा दुई…

क्रोएसिया विश्वकप नजिक – एएफपी, जाग्रेब

Posted by - November 10, 2017 0
कार्तिक २४, २०७४-क्रोएसिया अर्को वर्ष रुसमा हुने विश्वकपमा छनोटको नजिक पुगेको छ । बिहीबार रातिको छनोट प्ले अफ पहिलो लेगमा…
%d bloggers like this: