विपिनको लुक्स दयाहाङको डान्स

23 0

कार्तिक २३, २०७४-बुधबार युट्युब नेपालको ट्रेन्डिङ लिस्टमा फिल्महरूको वर्चस्व रह्यो । ट्रेलर , टिजर, गीत र सिंगो फिल्म नै ट्रेन्डिङमा देखिए । टप पाँचभित्र चारवटा त फिल्मसम्बन्धी कन्टेन्ट थिए । छैटौं, बाह्रौं र सोह्रौं स्थानमा पनि फिल्महरू नै देख्न सकिन्थ्यो ।

नेपाल ट्ेरन्डिङको पहिलो नम्बरमा सलमान खान अभिनीत ‘टाइगर जिन्दा है’ को ट्रेलर रह्यो भने, दोस्रो नम्बरमा नेपाली फिल्म ‘नाका’ को टिजर देखियो । चार दिनअघि युट्युबमा राखिएको ‘नाका’ को भिडियो हेरेर धेरैले कलाकार विपिन कार्कीलाई बधाई दिएका छन् । एक मिनेट ३२ सेकेन्डको टिजरमा एक लाखभन्दा बढी भ्युज र दुई सय कमेन्ट आएका छन् । ‘भस्मे डनजस्तो कलाकारको खाँचो छ नेपाली फिल्म क्षेत्रलाई,’ मानव बस्यालले लेखेका छन् । दिनेश भण्डारीले चाहिँ विपिनलाई नेपाली जोनी डेप भन्न रुचाएका छन् ।

अमित श्रेष्ठ निर्देशित फिल्ममा विपिनको हेयर स्टाइलले पनि चर्चा पाइरहेको छ । ‘अनौठो लुक्स र भर्सटायल एक्टिङले सधैं हामीलाई ट्वाँ पारिरहनुहुन्छ,’ हेमन्त त्रितालले लेखेका छन्, ‘ग्रेट म्यान, लभ यु अल्वेज ।’ फिल्ममा थिन्ले ल्हामु, रविन तामाङ, शिव मुखिया, प्रकाश गन्धर्वलगायतले अभिनय गरेका छन् ।

 

प्रतिक्रिया

Related Post

सकियो ‘भोर’ को छायांकन

Posted by - October 30, 2017 0
कार्तिक १२, २०७४-निर्देशक यादवकुमार भट्टराईको नेपाली फिल्म ‘भोर’ को छायांकन सम्पन्न भएको छ । मधेसको प्रमुख सामाजिक समस्या दाइजोमा आधारित…

नचाउँदै चेपाङ गायक

Posted by - October 30, 2017 0
कार्तिक १३, २०७४-राक्सिलोहाङ वेराती तुङचु गदरी, निक्तोमार सररर प्याङचे ल्यामसै आल्च मनहरी… चेपाङ गीतका उपर्युक्त पंक्तिले भन्छन्— सालको पातमा बेरेर…

जब आँचल परिन् अपहरणमा

Posted by - October 30, 2017 0
कार्तिक १२, २०७४-शुक्रबार साँझ वीरगन्ज नजिकको पर्सागढी नगरपालिकास्थित एक पुरानो हवेलीको आँगनबाटै अभिनेत्री आँचल शर्मा अपहरणमा परिन् । सेतो पिकअप…
%d bloggers like this: