गौचन हत्या काण्डका आरोपित भारतीय नागरिक सहित ५ जना पक्राउ, मुख्य योजनाकार भने फरार

17 0

असोज २३ गते हत्या भएका  नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न सुटरसहित ५ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ तर हत्या योजनाका मुख्य योजनाकार भने अझै फरार छन् ।

गौचनको  हत्यामा संलग्न भएको आरोपमा भारत, विहारका मुकेशकुमार पाण्डे, पर्साका शिवजी महतो र सन्तोष गुरुङ र काठमाडौंका प्रकाश बुढाथोकी पनि पक्राउ परेका छन् ।

नेपाल प्रहरीका अनुसार पाण्डे र महतोले हतियार व्यवस्थापनको काम गरेका थिए भने गुरुङले हत्यामा प्रयोग भएको मोटरसाइकल जोहो गरेका थिए । बुढाथोकी भने समिरका सहयोगी हुन् ।

पक्राउ पर्ने मध्ये नुवाकोटका राजिव तामाङ सुटर भएको प्रहरीले बताएको छ । योजनाकार भनिएका समिरमान बस्नेत भने फरार छन् ।

गौचनको २३ असोजमा खरिबोटमा दिउँसै गोली हानेर हत्या भएको थियो ।

प्रतिक्रिया

Related Post

सावधान । काठमाण्डाैमै शुरु हुन थाल्याे प्लाष्टिक चामल विक्रि, जुन चामल खाँदा ज्यानै जानसक्छ

Posted by - November 22, 2017 0
२८ असार काठमाडौं । राजधानीमै प्लास्टिकको चामल विक्री ! बेलाबेला इन्टरनेटमा चर्चा भएपनि काठमाडौंमै पहिलो पटक प्लास्टिकको चामल विक्री गरेको…

काठमाडौं-८ : ‘किल्ला’ जोगाउने र भत्काउनेको लडाइँ

Posted by - November 10, 2017 0
काठमाडौं : बहुदलकालका तीन चुनावमा तीनैपल्ट लालकिल्ला तर पछिल्ला दुई संविधानसभा चुनावमा लगालग कांग्रेसको वर्चश्व । काठमाडौं-८ को चुनावी माहोल तताउन…

वाम गठबन्धनको घोषणापत्रः पाँच वर्षमा दुई हजार किमी रेलमार्ग

Posted by - November 5, 2017 0
  पार्टी एकताको लक्ष्यसहित चुनावी तालमेलमा रहेका नेकपा (एमाले) र नेकपा(माओवादी केन्द्र) ले आगामी पाँच वर्षभित्र दुई हजार ३५० किमी…

चुनाव बिथोल्न खोज्‍नेलाई जेल हाल्न प्रधानमन्त्रीको निर्देशन

Posted by - November 20, 2017 0
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन बिथोल्न खोज्ने जुनसुकै समूहलाई प्रकाउ गरी जेल हाल्न निर्देशन दिएका छन्। गृहमन्त्रालयद्वारा आयोजित प्रदेश नम्बर…
%d bloggers like this: