निर्वाचन सुरक्षामा चुनौती, सिंचाई मन्त्री लक्षित गरी बम विष्फोट

24 0

सिंचाई राज्य मन्त्री एवम् कांग्रेस उम्मदवार अमरसिंह पुनलाई निशाना बनाई रोल्पाको सुवर्णवती गाउँपालिका–१, घोडागाउँमा लक्षित गरी बम विष्फोट भएको छ ।

मन्त्रीलाई निशाना बनाई दिउँसो उनलाई लक्षित गरी बम विष्फोट भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

चुनावी सभा तथा घरदैलो कार्यक्रमका क्रममा उनी त्यहाँ पुगेका थिए । गाडी सवार उनीमाथि पडाडिबाट बम प्रहार भएको प्रत्यक्षदर्शीहरुले जनाएका छन् ।

सुत्ली बम प्रहार भएको हुन सक्ने प्रहरीको अनुमान छ । घटनामा कुनै क्षति भने भएको छैन ।

चुनाव विरोधी विप्लव समूहले बम प्रहार गरेका हुन सक्ने आशंका गरिए पनि विप्लव नेतृत्वको नेकपाले भने अस्वीकार गरेको छ ।

प्रतिक्रिया

Related Post

काठमाडौंका मतदाता भन्छन्- ‘पानी भए पुग्छ’

Posted by - November 15, 2017 0
कार्तिक २९, २०७४-वसन्तपुर दरबार क्षेत्रदेखि स्वयम्भू स्तूपा, ऐतिहासिक काष्ठमण्डप, जीवित देवी कुमारी, शोभा भगवती, संस्कृति र परम्पराले समृद्ध नेवारी बस्ती…

प्रचण्डपुत्र प्रकाश दाहालको निधन

Posted by - November 19, 2017 0
काठमाडौं :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको छ । गम्भीर बिरामी परेपछि काठमाडौंस्थित नर्भिक…

मालेबाट संसद बनेका नवराज सिलवाललाई कारबाही गर्नु पर्ने सर्वोच्चको आदेश

Posted by - December 14, 2017 0
सर्वोच्च अदालतले नेकपा एमालेका नव निर्वाचित सांसद एवं तत्कालिन प्रहरी नायव महानिरीक्षक (डिआइजी) नवराज सिलवालले बढुवाका लागि प्रस्तुत गरेको कार्य…
%d bloggers like this: