लगेज फुटाएर चोर्दाचोर्दै त्रिभुवन विमानस्थलमा ३ जना कर्मचारी रंगेहात पक्राउ !!

16 0

कार्तिक ३०, काठमाडौं– यात्रुको लगेज चोरी गर्दागर्दै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा तीन कर्मचारीहरु रंगेहात पक्राउ परेका छन्।

 

महानगरीय प्रहरी विमानस्थल सुरक्षा गार्डले मंगलबार बेलुका तीन जना कर्मचारीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बिमल केसी, बिक्रम लामा, बिर्खराज बिक छन्। उनीहरु विमानस्थलमा लोडरका रुपमा काम गर्ने कर्मचारी भएको एसपी गणेश चन्दले बताए ।

प्रहरीले उनीहरुलाई चोरी मुद्दामा कारबाही अघि बढाएको छ। उनीहरुले तीन वटा लगेज फुटाएर चोरी गरेका थिए। चार महिनाअघि पनि दुई कर्मचारीलाई प्रहरीले पक्राउ गरेको थियो। कर्मचारीहरुले नै चोरी गर्ने भएपछि प्रहरीले उनीहरुमाथि निगरानी बढाएको छ। विमानस्थलमा पटक पटक यात्रुको लगेज चोरी हुने गरेको छ।

प्रतिक्रिया

Related Post

प्रधानमन्त्री देउवाद्वारा प्रकाशको निधनप्रति श्रद्धाञ्जली अर्पण

Posted by - November 19, 2017 0
काठमाण्डु, ३ मंसिर– प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका छोरा प्रकाश दाहालको मृत्युले मर्माहत भएको बताएका…

प्रतिष्ठान अगाडी ३० फिटको सडक बन्दै

Posted by - October 30, 2017 0
कार्तिक १३, २०७४-धरान–१८ स्थित विपि स्वस्थ्य विज्ञान प्रतिष्ठान अगाडीको विपि सुन्दर बजार जाने २० फुटे साँगुरो सडकलाई आइतबारदेखि फारकिलो बनाउन…

वाम गठबन्धनको चुनावी सभा नजिकै बिष्फोट

Posted by - November 16, 2017 0
बाम गठबन्धनको चुनावी सभाका लागि शिर्ष नेताहरु आउने कार्यक्रममा बम बिष्फोट भएको छ । गलकोट नगरपालिका ३ स्थित गलकोट बहुमुखी…

कैदीबन्दीलाई छैन मताधिकार

Posted by - November 16, 2017 0
गुल्मी : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै गएपनि जिल्ला कारागार गुल्मीका कैदीबन्दी भने भोट हाल्न पाउने नपाउनेमै अन्योलमा छन् । निर्वाचन…
%d bloggers like this: