पुरानै परिचयपत्रका आधारमा मतदान गर्न पाइने

43 0

काठमाडौँ, मङसिर १  गते ।  निर्वाचन आयोगले मङ्सिर १० र २१ गते दुई चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि स्थानीय तह निर्वाचनमा परिचयपत्र बुझ्न बाँकीका साथै नयाँ मतदातालाई परिचयपत्र वितरण गर्ने भएको छ ।  स्थानीय तहको निर्वाचनमा मतदाता परिचयपत्र प्राप्त गरि सकेका मतदाताहरूले सोही परिचयपत्रका आधारमा मतदान गर्न पाउनेछन् ।  आयोगका प्रवक्ता नवराज ढकालका अनुसार २०७४ भदौ ३ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गरी २०७४ भदौ ५ गतेसम्ममा १८ वर्ष उमेर पूरा गरेका एवम् नामावली सार्न र सच्चाउन निवेदन दिएका मतदाताले नयाँ परिचय पाउनेछन् ।
पहिलो चरणको निर्वाचन हुने ३२ जिल्लामा मङ्सिर ८ र ९ गते सोही जिल्लाको सम्बन्धित मतदान केन्द्रमा मतदान कार्यमा खटिएका कर्मचारीबाट वितरण गरिने व्यवस्था गरिएको छ ।  त्यसैगरी, दोस्रो चरणमा मतदान हुने ४५ जिल्लामा सम्बन्धित मतदान केन्द्रमा मतदान कार्यमा खटिएका कर्मचारीबाट मङ्सिर १९ र २० गते परिचयपत्र वितरण हुनेछ ।

प्रतिक्रिया

Related Post

सिन्धुपाल्चोकको देउरालीमा झडप, प्रहरीद्वारा हवाई फायर

Posted by - November 26, 2017 0
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको देउराली प्राथमिक विद्यालयको मतदान केन्द्रमा एकआपसमा झडप भएको छ । झडप नियन्त्रण नआएपछि नियन्त्रणमा लिनको लागि एक…

मतपेटिकामा आगो लाग्यो, मतदान स्थगित

Posted by - November 26, 2017 0
बाँफिकोट गाउँपालिका- ५, रुकुम पश्चिम रत्न आधारभुत विद्यालय ‘क’ केन्द्रको प्रतिनिधि सभा सदस्यको मत पेटिकामा आगो लागेको छ । मतपेटिकामा…

गगनलाई भेट्न गएका राजन माथि कांग्रेस कार्यकर्ताद्वारा हातपात

Posted by - December 4, 2017 0
निर्वाचनको लागि आफ्नो प्रतिस्पर्धी रहेको गगन थापा माथि बम आक्रमण भएको समाचार पछि शिक्षण भेट्न शिक्षण अस्पताल पुगेको एमाले नेता…
%d bloggers like this: