कम्युनिष्ट धारका भएकाले प्रकाश दाहालको काजक्रिया नहुने

1126 0

मंसिर ४-आइतबार निधन भएका प्रकाश दाहालको श्रद्धान्जलीस्वरुप एमाले–माओवादी केन्द्रले भोली (मंगलबार) चितवनमा श्रद्धाञ्जली सभा गर्ने भएका छन्। मंगलबारका लागि तय गरिएको चुनावी सभालाई दुवै पार्टीले श्रद्धाञ्जली सभामा परिणत गर्न लागेका हुन्।

यसअघि नै भरतपुरको केन्द्रीय बसपार्कमा एमाले–माओवादी केन्द्रले चुनावी सभा गर्ने तय भइसकेको थियो। सभामा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बोधन गर्ने कार्यक्रम थियो। तर अब त्यो सभालाई चुनावी सभाका अलावा श्रद्धाञ्जली सभामा परिणत गरिने भएको छ। सभामा एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सम्बोधन गर्नेछन्।

सभामा दाहाल परिवारका अन्य सदस्यपनि उपस्थित हुनेछन्। तर प्रकाशको काजक्रिया भने नहुने भएको छ। ‘कम्युनिष्ट राजनीतिमा भएकाले दाहाल परिवारमा काजकिरिया गर्ने प्रचलन छैन’ स्व प्रकाशका मामा हिमराज पौडेलले भने, ‘सबै परिवार चुनावमा लागेकाले पनि काजक्रिया नहुने भयो।’

प्रतिक्रिया

Related Post

चुनाव हारेपनि मन्त्री बन्न पाइने प्रावधान, नारायणकाजी र बामदेवलाई के फाइदा ?

Posted by - December 13, 2017 0
मंसिर २७, काठ्माडौं । प्रतिनिधिसभाको चुनावमा पराजित भएका एमाले नेता वामदेव गौतम र माओवादी नेता नारायणकाजी श्रेष्ठलाई संघीय संसदमा प्रवेश गर्ने…

काठमाडौं-८ : ‘किल्ला’ जोगाउने र भत्काउनेको लडाइँ

Posted by - November 10, 2017 0
काठमाडौं : बहुदलकालका तीन चुनावमा तीनैपल्ट लालकिल्ला तर पछिल्ला दुई संविधानसभा चुनावमा लगालग कांग्रेसको वर्चश्व । काठमाडौं-८ को चुनावी माहोल तताउन…

फिरौतीकै कारण गौचनको हत्या भएको खुलासा : सुटरसहित पाँच पक्राउ

Posted by - November 15, 2017 0
काठमाडौं : निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्या पैसा (फिरौती) नदिएकै कारण भएको रहस्य खुलेको छ। हत्या अनुसन्धानका लागि बनेको…

सरकारले गर्यो सात ओटै प्रदेशका राजधानी सिफारिस , हेर्नुहोस तपाइको प्रदेशको राजधानी कहाँ……. ========पूरा पढ्नु होस ।।

Posted by - December 13, 2017 0
सरकारले गर्यो सात ओटै प्रदेशका राजधानी सिफारिस , हेर्नुहोस तपाइको प्रदेशको राजधानी कहाँ ? काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रदेशसभा सचिवालय…
%d bloggers like this: