कैलाली ५ मा कांग्रेस, वाम र विवेकशील साझाको भीडन्त, को बलियो ?

28 0

कैलाली, मंसिर ४ । सात नं प्रदेशको महत्वपूर्ण मानिएको कैलालीको ५ नं निर्वाचन क्षेत्रमा यस पटकको चुनावमा कसले बाजी मार्ला भनेर चर्चा–परिचर्चाका साथै रोचक बन्दै गएको छ । २०७० सालको संविधानसभा निर्वाचनमा नेपाली काँग्रेसले जितेको यस क्षेत्रमा मनोनयन दर्ता शुरु भएसँगै कैलाली ५ मा कसले बाजी मार्ला भन्ने चर्चा शुरु भएको हो ।

गएको संविधानसभामा प्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले जितेको यस क्षेत्रमा प्रधानमन्त्री देउवाकै पत्नी डा. आरजु राणा देउवा यस क्षेत्रबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ चुनाव लड्ने भएपछि थप चर्चा बढेको हो । उनको उम्मेदवारीका बारेमा पार्टीभित्र र बाहिर उत्तिकै बहस शुरु भएको छ । डा. राणाले मनोनयन दर्ता गराएसँगै सोही दिनदेखि नै झन् रोचक बन्दै गएको छ । उनले कार्यकर्ता र शुभेच्छुकसँग भेटघाट गर्ने कार्यलाई तीव्रता दिएकी छिन् र उनी आजभोलि हरेक दिन आफ्नो क्षेत्रका विभिन्न स्थानमा सभा तथा घरदैलोमा व्यस्त छिन् ।

काँग्रेसको पकड राम्रो मानिएको क्षेत्र नं ५ रोजेकी डा. राणाले यस क्षेत्रको विकास र समृद्धि आफ्नो मुख्य एजेण्डा भएको बताएकी छिन् । त्यसैगरी आफूले जितेमा धनगढी विमानस्थलको स्तरोन्नति तथा नेपाल–भारत सीमा नाकालाई अन्तर्राष्ट्रिय स्तरको बनाउन आफूले पहल गर्ने उल्लेख गरेकी छिन् ।

डा. राणाको मुख्य प्रतिस्पर्धीका रुपमा वाम गठबन्धनबाट जनजाति समुदायका नारदमुनि राना र विवेकशील साझाका तर्फबाट उम्मेदवारी दिएका कैलाली उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा व्यवसायी दिनेशराज भण्डारी छन् । वाम गठबन्धनबाट साझा उम्मेदवारी रहेकी नारदमुनि रानाले रानाथारू समुदायका मत तान्ने अपेक्षा गरिएको छ । रानाथारूको बाक्लो बसोबास भएको यस क्षेत्रमा त्यो समुदायका ३० हजार मतदाता रहेका छन् । रानाले २०५४ सालमा धनगढी नगरपालिकामा उपप्रमुखमा चुनाव जितेका थिए ।

रानाले लामो समयसम्म लगानी र योगदान रहेकाले आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन् । उनले धनगढी उपहानगरपालिकालाई एउटा व्यवस्थित र सुन्दर शहरका रुपमा परिणत गर्ने, कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै लैजाने, जलस्रोत विकासलाई प्राथमिकतामा राखेर ऊर्जा उत्पादन गर्नेतिर छुट्टै योजना रहेको बताउँदै आएका छन् ।

त्यसैगरी विवेकशील साझाबाट प्रत्यक्षतर्फ उम्मेदवारी दिएका दिनेशराज भण्डारी यस क्षेत्रका स्थानीय व्यवसायी तथा पर्यटनका क्षेत्रमा थुप्रै काम गरेकाले उनको छवि पनि राम्रो बनेको छ । स्थानीय निर्वाचनमा यस क्षेत्रमा उपमहानगरपालिकाको स्वतन्त्र प्रमुख पदका उम्मेदवार व्यवसायी गोपाल हमालले राम्रो मत पाएकाले भण्डारीको पक्षमा पनि राम्रो मत पाउने धेरैको मत छ । हमाल हाल विवेकशील साझा पार्टीका ७ नं प्रदेशका संयोजक छन् । विवेकशीलबाट उम्मेदवार बनेका भण्डारी अन्य दलले झुट्टा आश्वासन धेरै दिइसकेकाले अब मतदाताले नयाँ दललाई भोट दिने विश्वास व्यक्त गर्छन् ।

प्रतिक्रिया

Related Post

रुपान्तरणको लागि गगनका तीन एजेण्डा

Posted by - November 4, 2017 0
काठमाडौं- नेपाली कांग्रेसले निर्वाचनलाई लक्षित गरेर घोषणा पत्रमार्फत दर्जनौं चुनाबी एजेण्डा सार्वजनिक गरेपनि कांग्रेसका युवा नेता गगन थापाले मुलुक रुपान्त्रणको…

वामदेवको चटक देखेर स्थानीयबासी आजित, काँग्रेससँग पोखे गुनासो !

Posted by - December 3, 2017 0
बर्दियालाई आफ्नै विरासत ठानेका एमाले उपाध्यक्ष वामदेव गौतमको गढको रुपमा रहेको वाँसगढी नगरपालिकाका विभिन्न वार्डहरुका मतदाता नेपाली काँग्रेसले आफ्नो पक्षमा…

चन्द्र भण्डारीको नजरमा : माओवादी जङ्गली हात्ती, एमाले साँढे

Posted by - November 20, 2017 0
गुल्मी । नेपाली काँग्रेस गुल्मी प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत नेपाल शिक्षक संघको चुनावी सभा जोहाङ्ग खैरेनीमा सम्पन्न…

कम्युनिस्टहरूले ५० वर्ष शासन चलाउँछौ भनेपछि कांग्रेसलाई तनाव

Posted by - November 23, 2017 0
काठमाडौँ । नेपाली कांग्रेसले वाम गठबन्धनले बहुमत ल्याएर मुलुकमा ५० वर्षसम्म निर्वाचन हुनै नदिने आरोप लगाएको छ । नेपाली कांग्रेसका नेता…

ओलीले भने, “संघियता र आरक्षण चाहिंदैन”, रुस झैं देश टुक्रिन सक्छ

Posted by - December 12, 2017 0
एमाले अध्यक्ष केपी ओलीले संघीयता र समावेशीतामाथि विषवमन गरेका छन् । ओलीले आफू र आफ्नो पार्टीलाई संघीयताविरोधी भनिराख्नसमेत आग्रह गरेका…
%d bloggers like this: