आजको राशिफल

मंसिर १५ देखि २१ गतेसम्मको राशिफल

220 0

मंसिर १५ देखि २१ गतेसम्मको राशिफल

मंसिर १५, २०७४-

राशिफल
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
मेष

साथीभाइसँग मनोरञ्जन गर्दा दैनिक कार्यहरू ओझेलमा पर्न सक्छन् । मन मिल्नेहरूले समस्याको गाँठो फुकाउन सहयोग गर्नेछन् । खानपान तथा विलासितातर्फ संयमित रहनुहोला । मित्रहरूको वनभोज जाने प्रस्ताव अविस्मरणीय बन्न सक्छ । साताको अन्त्यमा आर्थिक भारका कारण सापटीको चपेटामा पर्ने सम्भावना देखिन्छ ।

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
बृष

लामो तथा छोटो दूरीको यात्रामा थप खर्चले पिरोल्नेछ । राजनैतिक परिवर्तनकारी भूमिकामा नेतृत्व गर्नुपर्ने जिम्मेवारी आइलाग्नेछ । पारिवारिक सुख–सुविधाका निम्ति विलासिताको सामग्रीमा खर्च गर्नुपर्ने हुन्छ । धनागमनमा रहेका चुनौतीहरू यथास्थितिमै रहनेछन् । स्वास्थ्यप्रति हेक्का राख्नुहोला ।

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
मिथुन

बोलीको माधुर्यले बिग्रन लागेको सम्बन्धमा मल्हम लगाउन सहयोग गर्नेछ । अगाडि प्रशंसा गर्नेहरूले पछाडि कुरा काट्न सक्छन् । होसियार रहनुमा नै तपाईंको कल्याण हुनेछ । हरियो रंगको प्रभावले सहजता महसुस गराउनेछ । यो साता इष्टमित्रको मांगलिक कार्यमा सहभागी भइनेछ ।

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
कर्कट

कला तथा साहित्यको माध्यमबाट अरूलाई प्रभावित गर्न सकिनेछ । हठ गर्ने बानीले पारिवारमा मनमुटाव देखा पर्न सक्छ । ढिलै भए पनि सही मार्ग पहिल्याइनेछ । खरानी रंगको सवारी साधन खरिद गर्न लालायित भइनेछ । पश्चिमतर्फको यात्रा फलदायी सावित हुनेछ ।

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
सिंह

बलमिच्याइँपूर्ण कामले विवादमा तान्न सक्छ । अभिभावकको रुचिको ख्याल गर्दा आर्थिक नोक्सानीबाट बच्न सकिनेछ । सहपाठीको सुझाव मुताविक विदेशमा अध्ययनको मौका जुर्न सक्छ । कार्य सम्पन्न गर्न ढिलाइ नगर्नुहोला । यो साता पूर्वतर्फको यात्रा फलदायी साबित हुनेछ ।

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
कन्या

मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । सहयोगीहरूले समस्या सावधानको बाटो देखाइदिँदा गुमिसकेको स्थान पुन: प्राप्त हुन सक्छ । अध्ययनका लागि विदेश जाने प्रक्रिया अघि बढ्नेछ । शंकास्पद व्यवहारले प्रेमिका चिढिन सक्छिन् । नीलो रंगको पहिरनले उन्नतिको मार्ग पहिल्याउन सहज हुनेछ ।

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
तुला

मनका भावना आदानप्रदान गर्ने मित्र भेटिन केही समय कुर्नुपर्नेछ । पारिवारिक मत बुझेर मात्र प्रेम प्रक्रिया अघि बढाउँदा सफलता मिल्ने देखिन्छ । रोकिएका काम सम्पन्न हुँदा आर्थिक संकटसम्बन्धी समस्या स्वत: समाधान हुनेछ । नयाँ व्यवसायमा लगानी गर्ने प्रस्ताव आउन सक्छ ।

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
बृश्चिक

मनमा उत्पन्न हुने चञ्चलताप्रति संयमित रहनुहोला । सुनौलो रंग तथा तरल पदार्थको कारोबार फाप्ने देखिन्छ । मन मिल्नेबीच ठाकठुक पर्न सक्छ, कम बोल्नु नै तपाईंको हितमा हुनेछ । साथीभाइको सुझाव मुताबिक व्यवसाय परिवर्तन गर्ने संयोग जुरेको छ ।

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
धनु

प्रेमी–प्रेमिकाहरूको भावना सकरात्मक ऊर्जामा परिणत हुनेछ । बेरोजगार हुनुहुन्छ भने रोजगारी प्राप्त हुने सम्भावना छ । स्मरणीय काम सम्पन्न गर्न ठूलाबडाको सहयोग तथा आशीर्वादको आवश्यकता पर्नेछ । यो साता इष्टमित्रबाट टाडै रहँदा लाभ हुने देखिन्छ ।

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
मकर

जीवनचर्यामा परिवर्तन गर्दा सफलताको मार्ग सहज हुने देखिन्छ । मन मिल्नेले दिएको सुझाव मनन गरी चल्न सके तपाईंलाई प्रशस्त फाइदा हुनेछ । घरायसी व्यवहारमा समय नदिँदा पारिवारिक गुनासो बढ्नेछ । रोजगारीका निम्ति वैदेशीक यात्रा नजिकिँदो छ ।

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
कुम्भ

सेतो पहिरनमा प्रस्तुत हुन सके अरूको नजर तपाईंमाथि पर्नेछ । पारिवारिक सल्लाहमा अन्यौल देखा पर्दा तपाईंको ठोस प्रस्ताव नै निर्णायक हुनेछ । खानपानमा फेरबदल भै शरीरिक दुर्बलता देखा पर्न सक्छ, योग अभ्यास तथा तातो पानी बढी पिउनाले समस्याबाट मुक्ति मिल्नेछ ।

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
मीन

धार्मिक उद्देश्यले नयाँ स्थानहरूको यात्रा गराउनेछ । स्वास्थ्यमा सामान्य गडबडी देखा पर्न सक्छ, विचार पुर्‍याउनुहोला । मंगलबार तथा बिहीबार महत्वपूर्ण कार्य सम्पन्न हुनेछन् । विदेशी साथीहरूले नयाँ व्यवसाय सञ्चालन गर्ने प्रस्ताव राख्नेछन्, निर्णय गर्न ढिलो नगर्नुहोला । भोजभतेर तथा खानपानमा सहभागी हुँदा समयको ख्याल गर्नुहोला ।

प्रतिक्रिया

Related Post

%d bloggers like this: