वामदेवको चटक देखेर स्थानीयबासी आजित, काँग्रेससँग पोखे गुनासो !

1051 0

बर्दियालाई आफ्नै विरासत ठानेका एमाले उपाध्यक्ष वामदेव गौतमको गढको रुपमा रहेको वाँसगढी नगरपालिकाका विभिन्न वार्डहरुका मतदाता नेपाली काँग्रेसले आफ्नो पक्षमा ल्याएको छ। बर्दियाबाट पटक पटक जितेर राष्ट्रिय राजनितिमा पुगेपनि वामदेव गौतमले जिल्लाको विकासमा कुनै भुमिका नगरेपछि वामदेवको गढहरु भत्किएको हो ।

बर्दिया जिल्ला लालकिल्लाको रुपमा प्रचार गरिएपनि यसपटक बर्दियामा नेपाली काँग्रेस प्रति जनलहर बढेको छ । बर्दियामा रहेका भुमिहिन, मुक्तकमैया, आदीवासी, जनजाती सवैले विगतका निर्वाचनहरुमा वामपन्थीलाई सहयोग गरेपनि उनीहरुबाट बिकासको कुनै काम नभएको र आफूहरुको उत्थान समेत नभएपछि नेपाली काँग्रेस नै आफूले विकल्पको रुपमा लिएको मुक्तकमैया समाजका विन्तीराम थारुले वताए । थारु केही दिन अघि मुक्तकमैयाको ग्रुप लिएर नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।

बर्दियामा नेपाली काँग्रेसमा प्रवेश गर्नेको संख्या हजारौं भएपनि पार्टीले वाहिर ल्याएको छैन । बर्दियाको बाँसगढी नगरपालिकामा अवस्थित जिल्लाकै विकटवस्ती बबई चेपाङ्गका स्थानियहरु पटक पटक वामदेवलाई जितायौं उनले कुनै माखो मारेनन् भन्दै यसपटकको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार एवम सिँचाई मन्त्री सञ्जयकुमार गौतम र उनको टिमलाई सहयोग गर्ने निर्णय गरेको चेपाङ्ग निवासी भक्तवहादुर वलीले वताए ।

जतिसुकै वामगठवन्धनको रटान लगाएपनि यसपटक बर्दियाका जनताले नसोचेको नतिजा दिने भएका छन् ।  उनले भने कुरुले, वाटुले, भँगाहा लगायत चेपाँग गाउँका करिव १५ सय स्थानियहरु वामदेव गौतमलाई जिताउँदा जिताउँदा थाकिसकेका छौं । यसपटक विकास प्रेमी नयाँ नेता सञ्जय कुमार गौतमलाई आँखा चिम्लेर सहयोग गर्छौ ।

बर्दिया घर भन्ने काठमांडौ स्थित आलिसान घरमा वस्ने वामदेवको गढका रुपमा रहेको वाँसगढी, डेउढाकला, जमुनी, कालिका, सोरहवा, वेलुवा लगायतका गाउँहरुका स्थानियहरु वामदेवले राजनितिक वाहेक कुनै विकास नगरेको भन्दै रुष्ट वनेका हुन् । वर्दियावासीले वामदेवलाई हेभीवेटको नेताका रुपमा लिए तर बर्दियावासीलाई उनले कहिल्यै पनि आदर्शका रुपमा नहेरेको स्थानियले वताए ।

यदि वामदेव गौतमले विकासवादी नेता भैदिएको भए ९ पटक मन्त्री वन्दा  बर्दिया स्वर्ग भैसक्थ्यो । सञ्जयकुमार गौतम मन्त्री वनेको छोटो समयमै विकासका धेरै आधार खडा गरेकाले पनि उनीप्रति बर्दियावासीको धेरै आशा पलाएको गुलरिया निवासी सुभाष कुमार पोखरेलले वताए । उनले भने सञ्जय गौतमले बबई नदी व्यवस्थापन कार्यालय गुलरियामै स्थापना गर्नु ठुलो काम हो ।

रजनवा रम्भापुर सडक, विभिन्न स्थानमा झोलुँगेपुल, ग्रामीण सडक, लगायत सयौं साना ठूला विकासका काम गरेर सञ्जयकुमार गौतम लोकप्रिय बनेका छन् । उनले थपे वामदेव गौतम बर्दियाका धरोहर भएपनि उनले विकासमा कुनै योगदान नगरेकाले सञ्जयकुमार गौतम उत्तम विकल्प हुन् ।

प्रतिक्रिया

Related Post

चन्द्र भण्डारीको नजरमा : माओवादी जङ्गली हात्ती, एमाले साँढे

Posted by - November 20, 2017 0
गुल्मी । नेपाली काँग्रेस गुल्मी प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत नेपाल शिक्षक संघको चुनावी सभा जोहाङ्ग खैरेनीमा सम्पन्न…

माधव नेपाल भन्छन्– ‘कांग्रेसले हार स्वीकार गरिसक्यो’

Posted by - December 3, 2017 0
मंसिर १७, २०७४-एमाले नेता माधवकुमार नेपालले कांग्रेसले आगामी प्रतिनिधि/प्रदेशसभा चुनावमा हार स्वीकार गरिसकेको दाबी गरेका छन् । काठमाडौं प्रेस चौतारी…

कांग्रेसलाई ओलीको सुझावः जनताले पत्याउने आरोप लगाऊ

Posted by - November 16, 2017 0
३० कात्तिक, स्याङजा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २५ वर्षअघि एमालेले सरकार बनाए बुढाबुढीलाई मार्छ भन्ने कांग्रेसले अहिले…

एमालेका जित सुनिश्चित भएका ४३ उम्मेद्वार जसलाई लोकतान्त्रीक गठबन्धनको कुनै जोर चल्दैन

Posted by - November 26, 2017 0
आगामी मंसिर १० र २१ मा हुने निर्वाचनको लागी नेकपा एमालेको तर्फबाट उम्मेद्वार बनेका केहि नेताहरुलाई हराउनका लागी नेपाली काँग्रेसले…

केन्द्रीय नेताहरू प्रतिष्पर्धामा

Posted by - November 17, 2017 0
सिन्धुपाल्चोक : प्रतिनिधिसभा सदस्य पदमा दुवै गठबन्धनबाट दुईवटै निर्वाचन क्षेत्रमा केन्द्रीय नेता प्रतिस्पर्धामा छन्। उनीहरूलाई साख जोगाउन धौधौ देखिएको छ।…
%d bloggers like this: