यी पाँच घटना, जसका कारण हार्न सक्छन् प्रचण्ड

291 0

प्रचण्डको लागि वाम गठबन्धनको साथ भए पनि आगमी निर्वाचनमा उनको जित भने सुरक्षित रहेको छैन । उनलाई नेकपा एमालेले साथ दिँदा धेरै मत अन्तरले प्रचण्डले जित्ने आँकडा रहेको छ तर  उनलाई आँकडा अनुसारको भोट भने आउँदैन । गृहजिल्ला र राष्ट्रिय नेताको छवी भएको हुँदा समेत  चितवनमा उनी विभिन्न विवादको मूल विषय बन्ने गरेका छन् ।

केहि समय अघि भएको स्थानिय तहको निर्वाचनमा आफ्नै छोरी जीताउनको लागि पनि उनले ठूलो भूमिका रहेको आरोप छ । अरु के-के घटना हुन जसले प्रचण्डलाई पराजयको बाटो तर्फ डोहो-याएको छ ?

१ . प्रचण्डकै कारण भएको बाँदरमुढे घटना

आगामी निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट चुनाव लड्दै गरेका प्रचण्डको लागि मुख्य चुनौतीमा रहेको बाँदरमुढे घटना नै हो । चितवन क्षेत्र नं। ३ मा तत्कालीन समयमा गुडिरहेको बसमा एम्बुस पड्काएर भएको बाँदरमुढे घटना उहाँका लागि चुनौती देखिएको छ । बि.सं. २०६२ सालमा ३८ जनाको मृत्यु र ७२ जना घाईते हुने गरी भएको बाँदरमुढे घटनाका केही पीडितहरुले प्रचण्डलाई सहयोग गर्न नसकिने बताउदै आएका छन् । दोषीलाई कारवाही नगरेसम्म मानवीय संवेदनालाई हेरेर प्रचण्डलाई मतदान गर्न नसकिने पीडितहरुको भनाई छ ।

२. निवार्चनका  लागि गठबन्धन परिवर्तन
बैशाख ३१ मा भएको स्थानीय चुनावमा नेपाली कांग्रेससँग तालमेल गरेर छोरी रेणु दाहाललाई भरतपुर महानगरपालिकाको प्रमुख बनाएको घटना र पछि कांग्रेसको तालमेल छाडेर एमालेसँग तालमेल गर्नुले कांग्रेस रुष्ट हुनु । स्थानीय तहको चुनावमा कांग्रेसबाट भरतपुरको प्रमुखको उम्मेदवार भई फिर्तापछि प्रचण्डबाट वचन पाएका दिनेश कोइराला उनका लागि चुनौतीका रुपमा खडा भएका छन् ।

गएको स्थानीय चुनावमा नेपाली कांग्रेससँग तालमेल गरेपछि कांग्रेसका उम्मेदवार दिनेश कोइरालालाई प्रमुख पदको उम्मेदवारबाट फिर्ता गराईएको थियो । त्यतिबेला भरतपुरमा भएको संयुक्त चुनावी सभामा प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोइरालालाई उचित स्थान दिने वचन दिएका थिए । सोही वचनअनुरुप नेपाली कांग्रेसले कोइरालालाई चितवन क्षेत्र नं. ३ को क प्रदेशबाट उम्मेदवार बनाएको छ । तर त्यतिबेला वचन दिने प्रचण्डले अहिले समिकरण परिवर्तन गरिसकेका छन् ।

३. साँढे साँढेको जुधाई
आगामी निर्वाचनको लागि चितवन ३ मा साँढे साँढेको जुधाईको संज्ञा पाई सकेको प्रतिस्पर्धामा प्रचण्डलाई जित निकाल्नको लागि त्यति सहज भने छैन । उनका प्रतिस्पर्धी राप्रपा (प्रजातान्त्रिकका) केन्द्रीय उपाध्यक्ष एवं वन तथा भूसंरक्षण मन्त्री बिक्रम पाण्डे छन् । प्रचण्डले समिकरणमा फेर बदल ल्याएको कारण नेपाली कांग्रेसले पाण्डेलाई नै समर्थन गरेको छ ।

पाण्डे यसअघि सोही क्षेत्रमा पर्ने तत्कालीन क्षेत्र नं। ५ बाट प्रत्यक्ष निर्वाचित सांसद समेत रहेका छन् । “विकासका लागि बिक्रम पाण्डे” भन्दै पाण्डे त्यस क्षेत्रमा लोकप्रिय व्यक्ति हुन् । विकासको लागि कुनै कसर नराख्ने नेताको रुपमा परिचित रहेको पाण्डेले धेरै अघि देखि नै निजी लगानीमा समेत विकास निर्माण गर्दै आएको स्थानीय भनाइ रहेको छ ।

त्यसैगरी सशस्त्र द्वन्द्वमा माओवादीमा लागेर श्रीमती गुमाएका गोर्खाली भनिने टंक रेग्मी र सशस्त्र द्वन्द्वको समयमा युद्ध लडेर पनि उपलब्धी नभएको भन्दै प्रचण्डसँगै चुनावी मैदानमा रहनु भएकी भगवती प्रसाई थप चुनौतीहरु हुन् ।

४. गठबन्धन भन्दा कांग्रेस बलियो
चितवनको भरतपुर महानगरपालिकाका २९ वडामध्ये क्षेत्र नं. ३ मा १९ वटा पर्दछन् । स्थानीय तहको १९ वडाको मात्र हिसाब गर्दा माओवादी केन्द्र र एमालेभन्दा कांग्रेसको मत बढी छ । १९ वडामध्ये ५ वटा एमाले ३ वटा माओवादी र ११ वटा वडा कांग्रेसले जितेको छ । भरतपुर महानगरमा माओवादीले वडा नं. २५ र २६ मा वडाध्यक्ष मात्रै र वडा नं. १३ मा प्यानलसहित जितेको हो ।

माओवादीले वडा नं. २६ मा एमालेसँग तालमेल गरेर वडाध्यक्ष जितेको थियो भने बाँकी २ वडा आफ्नै तागतले जितेको हो । गत स्थानीय तहको चुनावमा मतगाणनामा विवाद भएपछि पुनः चुनाव भएको वडा १९ यही क्षेत्रमा पर्छ । जुन कांग्रेसको बलियो पकड भएको क्षेत्र हो । यही क्षेत्रबाट गत संविधानसभाको चुनावमा कांग्रेसका उम्मेदवारले भारी मत अन्तरले विजयी भएका थिए ।

५.नयाँ मतदाता कांग्रेसको पक्षमा
यसअघिको मतदाता नामावली संकलन गर्ने क्रममा कांग्रेसले खासै चासो नदिएपनि पछिल्लो पटक नेपाली कांग्रेसले अभियानकै रुपमा फोटो सहितको मतदाता नामावली संकलनमा सक्रियता देखाएको थियो ।

स्थानीय तहको चुनावपछि जिल्लामा ४१ हजार ३३ मत थपिएको छ । पहाडी क्षेत्रमा कम मत थपिएकाले क्षेत्र नं. ३ मा १५ हजार हाराहारी मतदाता थपिएको आँकलन छ । जसमा कांग्रेस मत बढी भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया

Related Post

रुपान्तरणको लागि गगनका तीन एजेण्डा

Posted by - November 4, 2017 0
काठमाडौं- नेपाली कांग्रेसले निर्वाचनलाई लक्षित गरेर घोषणा पत्रमार्फत दर्जनौं चुनाबी एजेण्डा सार्वजनिक गरेपनि कांग्रेसका युवा नेता गगन थापाले मुलुक रुपान्त्रणको…

बाबुराम र नारायणकाजीलाई वैद्यका उम्मेदवारको चुनौती

Posted by - November 9, 2017 0
गोरखा, २३ कात्तिक – गोरखा–२ भन्नेबित्तिकै डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठबीचको चुनावी प्रतिस्पर्धा दिमागमा आइहाल्छ । तर गोरखा–२ मा…

केन्द्रीय नेताहरू प्रतिष्पर्धामा

Posted by - November 17, 2017 0
सिन्धुपाल्चोक : प्रतिनिधिसभा सदस्य पदमा दुवै गठबन्धनबाट दुईवटै निर्वाचन क्षेत्रमा केन्द्रीय नेता प्रतिस्पर्धामा छन्। उनीहरूलाई साख जोगाउन धौधौ देखिएको छ।…

दोश्रो चरणको निर्वाचनमा ७० सिट कांग्रेसको हो : बालकृष्ण खाँड

Posted by - December 3, 2017 0
दोश्रो चरणको निर्वाचनमा नेपाली कांग्रेसले ७० सिट जसरी पनि जित्ने दाबी गरको छ । दोस्रो चरण अन्तर्गत २१ गते हुने…

चर्चाको शिखरमा चितवनको चुनाव

Posted by - November 10, 2017 0
रत्ननगर (चितवन), कात्तिक २४ गते ।  मङ्सिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री, बहालवाला मन्त्री र…
%d bloggers like this: