दोश्रो चरणको निर्वाचनमा ७० सिट कांग्रेसको हो : बालकृष्ण खाँड

108 0

दोश्रो चरणको निर्वाचनमा नेपाली कांग्रेसले ७० सिट जसरी पनि जित्ने दाबी गरको छ । दोस्रो चरण अन्तर्गत २१ गते हुने ४५ जिल्लाका १२८ सिट मध्ये ७० सिटमा कांग्रेस अग्रस्थानमा रहेको निर्वाचन केन्द्रीय परिचालन समिति संयोजक बालकृष्ण खाँडले दाबी गरेका हुन् ।

मंसिर २१ मा हुने दोस्रो चरणमा हुने प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ १२८ सिट मध्ये कांग्रेसले ११८ सिटमा उम्मेदवारी दिएको छ । बाँकी १० सिटमा लोकतान्त्रिक गठबन्धनमा आवद्ध अन्य दलहरुलाई सहयोग गरेको छ ।

दोश्रो चरणको लागि नेपाली कांग्रेसले सहयोग गरेका गठबन्धनका अन्य १० जना उम्मेदवारहरु पनि अग्रस्थानमा रहेको भन्दै संयोजक खाँडले सहजै बहुमत ल्याउने दाबी गरे । ‘१२८ क्षेत्रमा हामीले उम्मेदवारी दिएका ११८ मध्ये ७० स्थानमा हामी अग्रस्थानमा छौं,’ खाँडले भने, ‘बाँकी हामीले सहयोग गरेका लोकतान्त्रिक गठबन्धनका १० जना उम्मेदवार पनि अग्रस्थानमा हुनुहुन्छ, हामी सहजै बहुमत ल्याउछौं ।’

१० गते भएको पहिलो चरणमा भएको निर्वाचनमा पनि नेपाली कांग्रेस अग्रस्थानमा रहेको खाँडको दाबी छ ।

कांग्रेसभित्र एकता हुनु, वाम गठबन्धनमा नेता मिले पनि कार्यकर्तामा फुट आउनु, सबै क्षेत्रमा वामका उम्मेदवार नै नहुनु, सही ढंगले निर्वाचन परिचालन गर्न नसक्नुले कांग्रेसलाई सहज भएको संयोजक खाँडको भनाइ छ ।

यस्तै कांग्रेसलाई जनताले सधैं संकटमा साथ दिने गरेको भन्दै उनले यसपटक पनि मतदाताको बदलिँदो मनोविज्ञानले कांग्रेसलाई साथ दिए बताए

प्रतिक्रिया

Related Post

वामदेवको चटक देखेर स्थानीयबासी आजित, काँग्रेससँग पोखे गुनासो !

Posted by - December 3, 2017 0
बर्दियालाई आफ्नै विरासत ठानेका एमाले उपाध्यक्ष वामदेव गौतमको गढको रुपमा रहेको वाँसगढी नगरपालिकाका विभिन्न वार्डहरुका मतदाता नेपाली काँग्रेसले आफ्नो पक्षमा…

एमाले माओवादी एकता कसैले रोक्न सक्दैन : केपी ओली

Posted by - November 23, 2017 0
दाङ, ६ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएरै छोड्ने बताउनुभएको छ…

कुनै पनि शक्तिले काँग्रेसलाई हराउन नसक्ने : उपप्रम गच्छदार

Posted by - November 15, 2017 0
इटहरी, २७ कात्तिक उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले नेपालको राजनीतिक इतिहास र विकास निर्माण अभियानमा नेपाली…

सुविधाकाे उपभोग गर्दै ठूला दल आक्रामक प्रचारमा, उम्मेदवारका आफ्नै घोषणापत्र

Posted by - November 16, 2017 0
काठमाण्डौ । आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसले प्रचारप्रसारलाई व्यवस्थित र आक्रामक बनाएको छ । घोषणापत्र, झन्डा, पार्टी सभापतिको अपिल…

वर्षमान पुनलाई लक्षित गर्दै रोल्पामा गोली प्रहार

Posted by - November 12, 2017 0
रोल्पा- चुनाव प्रचारमा हिँडेका नेकपा माओवादीका नेता वर्षमान पुनलाई लक्षित गर्दै अज्ञात समूहले गोली चलाएको छ। चुनावी कार्यक्रममा सहभागि हुन…
%d bloggers like this: