बैंक कर्मचारी दीपिकाबाट पाँच करोड ठगी: यसरी पत्ता लाग्यो

133 0

कृषि विकास बैंक न्युरोड शाखाकी सहायक टेलर दीपिका रेग्मी बैंकको करिब ५ करोड ठगी गरेको आरोपमा पक्राउ परेकी छिन् । विद्युतीय चेक क्लियरेन्स (इसिसी) गर्दा दोहोरो इन्ट्री गराई बैंकको करिब ४ करोड ९१ लाख आफ्नो र आफन्तको खातामा सारी ठगी गरेको आरोपमा उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले १३ मंसिरमा पक्राउ गरेको हो । आजको नयाँ पत्रिकामा जनार्दन बरालले लेखेका छन् ।

बैंककै कर्मचारी तथा रेग्मीका सहायक रमेशकुमार थापा र न्युरोडका एक सुनपसले प्रकाश घतानीलाई समेत उनलाई ठगी गर्न सघाएको आरोपमा सिआइबीले पक्राउ गरेको छ । उनीहरूलाई १४ मंसिरमा उच्च अदालत पाटनमा पेस गरिएको र अनुसन्धानका लागि ५ दिनको म्याद थप भएको सिआइबीका प्रवक्ता जीवनकुमार श्रेष्ठले जानकारी दिए । उनीहरूलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम कारबाही हुनेछ ।

ठूला कर्मचारी संलग्न भएको आशंका, बैंककै लापरबाही
सहायक टेलरस्तरको कर्मचारीले चार महिनादेखि ठगी गरिरहँदा पनि बैंकले थाहा नपाउनु बैंकको लापरबाहीको हद भएको नेपाल प्रहरीका एक उच्च अधिकारीले बताए । ‘यसमा बैंकको लापरबाही त छँदै छ, रेग्मीभन्दा माथिल्लोस्तरको कर्मचारीको पनि ठगीमा संलग्नता भएको आशंका गर्न सकिन्छ,’ ती अधिकारीले भने । १० लाखभन्दा माथिको कारोबारमा स्रोत खुलाउनुपर्ने व्यवस्था छ ।

गहना पसलेको खातामा १ करोड
रेग्मीले बैंकमार्फत हिनामिना गरेको रकम सुनचाँदीका गहना किन्न प्रयोग गर्ने गरेकी थिइन् । त्यो काममा न्युरोडमै दुर्गा ज्वेलर्स नामको सुन पसल चलाउने प्रकाश घतानीले साथ दिँदै आएका थिए । उनी घतानीको पसलबाट सुन र गरगहना उधारोमा लिन्थिन् र त्यसबापतको रकम चेकमार्फत भुक्तानी गरिदिन्थिन् । घतानीको खातामा मात्रै रेग्मीले एक करोड रुपैयाँ जम्मा गरेको सिआइबीका प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

यसरी पत्ता लाग्यो ठगी
कृषि विकास बैंककोे केन्द्रीय कार्यालयबाट हिसाब मिलान गर्दा हिसाब नमिलेपछि रेग्मीले गरिरहेको ठगीबारे पत्ता लागेको बैंकका प्रमुख कार्यकारी अधिकृत लीलाप्रकाश सिटौलाले बताए ।
‘उनले एउटै चेकबाट दोहोरो इन्ट्री गरेर रकम हिनामिना गर्ने गरेको देखिन्छ,’ सिटौलाले भने, ‘उनको आफ्नो र आफन्तको खातामा चेकमार्फत जम्मा भएको रकमको भौचरलगायत माग्यौँ, तर उनले त्यो दिन नसकेपछि ठगी भएको आशंकामा राष्ट्र बैंकमा खबर गर्‍यौँ ।’ कृषि विकास बैंकले यस विषयमा जानकारी गराएपछि राष्ट्र बैंकले सिआइबीलाई १२ मंसिरमा पत्र लेखी जाहेरी दर्ता गरेको थियो । त्यसको भोलिपल्टै सिआइबीले तीनजनालाई पक्राउ गरेको हो ।

प्रतिक्रिया

Related Post

सिन्डिकेट गर्न नपाउँदा आन्दोलनको धम्की

Posted by - October 30, 2017 0
कार्तिक १३, २०७४-सिन्डिकेट गर्न नपाउँदा पेट्रोलियम ढुवानी व्यवसायीले पेट्रोलियम पदार्थ लोड/अनलोड ठप्प पार्ने चेतावनी दिएका छन् । नयाँ टयांकर थप्न…

कावेली ए जलविद्युत आयोजना निर्माण सुरु

Posted by - October 30, 2017 0
कार्तिक १३, २०७४-ताप्लेजुङ र पाँचथरको सिमावर्ती काबेली खोलाबाट ३७ दशलमव ६ मेगावाट क्षमताको काबेली ए जलविद्युत आयोजनाको निर्माण कार्य थालिएको…

गेजुवासँगको सम्झौता खारेज

Posted by - November 14, 2017 0
कार्तिक २८, २०७४-दुई संसदीय समितिको निर्देशन टेक्दै मन्त्रिपरिषद् बैठकले बूढीगण्डकी जलविद्युत् आयोजना बनाउन चिनियाँ कम्पनी गेजुवा गु्रपसँग भएको सम्झौता खारेज…
%d bloggers like this: