माधव नेपाल भन्छन्– ‘कांग्रेसले हार स्वीकार गरिसक्यो’

20 0

मंसिर १७, २०७४-एमाले नेता माधवकुमार नेपालले कांग्रेसले आगामी प्रतिनिधि/प्रदेशसभा चुनावमा हार स्वीकार गरिसकेको दाबी गरेका छन् ।

काठमाडौं प्रेस चौतारी र प्रेस सेन्टरको मिडिया सेन्टरमा आइतबार भएको अन्तर्क्रियामा नेता नेपालले कांग्रेसका नेताहरुले अभिव्यक्तिमार्फत हार स्वीकार गरेको बताए । ‘कम्युनिष्ट शासन आए रुन पनि पाइन्न भन्नु, कम्युनिष्ट अधिनायकवादी शासन आउँछु भन्ने हार स्वीकार गर्नु हो,’ नेता नेपालले भने, ‘वाम तालमेलले कांग्रेसमा भूइँचालो गएको छ ।’

पछिल्ला निर्वाचनका आधारमा वामपन्थी मत ६५ प्रतिशतभन्दा बढी रहेको उल्लेख गर्दै नेता नेपालले ती मतहरु प्हिलोपटक एकीकृत भएकाले आगामी निर्वाचनमा सहजै बहुमत आउने दाबी गरे । ‘पहिलोपटक हामी वाम दलको बहुमत बनाउने अवसर नजिक पुगेका छौं,’ उनको भनाइ थियो, ‘५ वर्ष स्थिर सरकार बनाएर जनतालाई विकास र समृद्धि प्रत्याभूति गरेर छाड्छौं ।’

तीनपटक पाएको बहुमत कांग्रेसले जोगाउन नसकेको उल्लेख गर्दै नेपालले कांग्रेस इतिहासकै कमजोर अवस्थामा पुगेको बताए ।

 

प्रतिक्रिया

Related Post

nobel.gif चुनावको निहुँमा जबरजस्ती चन्दा माग्दै वाम गठबन्धन

Posted by - November 14, 2017 0
नेपालगन्ज –  निर्वाचन आयोगको आचार संहितालाई चुनौती दिँदै चुनावको निहुँ पारेर राजनीतिक दलले नेपालगन्जका व्यापारीसँग ‘जबरजस्ती’ रुपले चन्दा असुल्न सुरु…

बामदेवलाई केपीले, नारायणकाजीलाई प्रचण्डले, अनिल शर्मालार्इ माधव नेपाल र कांग्रेसलार्इ देउवाले हराएको दावी

Posted by - December 11, 2017 0
काठमाडौं, २४ मंसिर । प्रतिनिधि र प्रदेश सभाको जारी मत गणनाको परिणाम अाइरहेको छ । परिणामले नेकपा एमाले र माओवादी…

खगेन्द्र संग्रौलाको ओली माथि यस्तो प्रहार ‘मदन भण्डारी जिवित भएको भए केपी ओली वडाध्यक्षको चुनाव लड्दै हुन्थे’

Posted by - November 27, 2017 0
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले आफ्नै अभिव्यक्तिले विवादमा छन् । पूर्वप्रधानमन्त्री भइसकेको व्यक्तिले के बोल्ने ने नबोल्ने कुराको…

गोविन्दराज जोशीको उम्मेदवारी खारेज

Posted by - November 4, 2017 0
काठमाडौं- नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलका विरूद्ध बागी उम्मेदवारी दिएका गोविन्दराज जोशीको उम्मेदवारी खारेज भएको छ। जोशीको उम्मेदवारी खारेज…
%d bloggers like this: