कम्युनिष्टहरू झगडा गर्न मात्रै होइन, मिलेर देश बनाउन पनि सक्छन् ः ओली

29 0

चितवन : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्टहरू झगडा गर्न मात्रै होइन, मिलेर देश बनाउन पनि सक्छन् भन्ने प्रमाणित गर्न वाम गठबन्धन गरिएको बताउनुभएको छ ।

जिल्लाको माडीमा आज संयुक्त वाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र आफूले देश बनाउने संकल्प गरेको बताउनुभयो ।

उहाँले दुई पार्टी मिल्दा दुई चार हजार मतले होइन, भारी मतले यहाँबाट दाहाललाई जिताउनुपर्छ भन्नुभयो । अब पार्टी एउटै बन्ने बताउँदै भन्दै उहाँले भन्नुभयो – “राष्ट्र निर्माणको महान् अभियानमा सामेल भइरहेका छौं । यसलाई सफल पार्न म खटिइरहेको छु, तपाइँहरू पनि खट्नुहोस् ।”

उहाँले भन्नुभयो – “आज माडी जागेको छ, चितवन जागेको छ र देश नै जागेको छ ।” माओवादी अध्यक्ष दाहालले माडीलाई मणि बनाउने उद्घोष गरेको भन्दै उहाँले यसमा आफ्नो साथ रहने वाचा गर्नुभयो ।

नेपाली काँग्रेसले चितवन क्षेत्र नं ३ मा राप्रपा (प्रजातान्त्रिक) का उपाध्यक्ष विक्रम पाण्डेलाई समर्थन गरेकोप्रति इङ्गित गर्दै उहाँले कांग्रेसले रुख काटेर हलो बनाएको टिप्पणी गर्नुभयो । ओलीले थप्नुभयो – “कार्यकर्ताको मनमा पीडा छ । नआत्तिनुहोस्, कांग्रेसले खोजेको राष्ट्रियता हामी दिन्छौं ।”

कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बाँदरमुढे घटना द्वन्द्वकालको सबैभन्दा ठूलो गल्ती भएको स्वीकार्नुभयो ।

बाँदरमुढे घटनाका पीडित परिवारसँग आज सम्झौता गरेको जानकारी दिँदै उहाँले त्यसको पालना गर्ने प्रतिबद्धता जनाउनुभयो ।
माडीसहितको चितवन क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहनुभएका दाहालले सो क्षेत्रमा आफ्ना प्रतिस्पर्धीले मतदातालाई प्रलोभनमा पारेको आरोप लगाउनुभयो ।

हालै राप्रपा (प्रजातान्त्रिक) को कारबाहीमा परेका सो पार्टीका महामन्त्री रेशम लामाले नेपाली जनताको शान्ति, राष्ट्रियता र राजनीतिक स्थिरताका लागि वाम गठबन्धनमा मत दिन आग्रह गर्नुभयो ।

सभा हुनुअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र बाँदरमुढे घटनाका केही पीडितबीच तीनबुँदे सम्झौता भएको थियो । घटनापछि गठित बाँदरमुढे पीडित संघर्ष समितिका व्यक्तिहरु भने सम्झौतामा हस्ताक्षर हुँदा उपस्थित थिएनन्

प्रतिक्रिया

Related Post

रुपान्तरणको लागि गगनका तीन एजेण्डा

Posted by - November 4, 2017 0
काठमाडौं- नेपाली कांग्रेसले निर्वाचनलाई लक्षित गरेर घोषणा पत्रमार्फत दर्जनौं चुनाबी एजेण्डा सार्वजनिक गरेपनि कांग्रेसका युवा नेता गगन थापाले मुलुक रुपान्त्रणको…

चुनावपछि कांग्रेस नेतृत्वमा बलियो सरकार : कमल थापा

Posted by - December 4, 2017 0
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् उपप्रधान तथा ऊर्जामन्त्री कमल थापाले आगामी सरकार पनि लोकतान्त्रिक गठबन्धनकै बन्ने दाबी गरेका छन् । हेटौंडामा आयोजित…

चुनावी घोषणापत्रमा विदेश नीति

Posted by - November 10, 2017 0
कार्तिक २४, २०७४-प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी प्रतिस्पर्धामा रहेका राजनीतिक दलहरूले मुलुकको परिस्थितिलाई अन्तर्राष्ट्रिय सम्बन्धसँग दाँज्दै कूटनीति सञ्चालनमा आफूअनुकूल व्याख्या गरेका…

समाजसेवी अनुराधा कोइराला काँग्रेस प्रवेश

Posted by - November 12, 2017 0
काठमाडौँ – ‘सिएनएन हिरो’बाट सम्मानित समाजसेवी अनुराधा कोइराला नेपाली काँग्रेसमा प्रवेश गरेकी छिन्। आज प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले…

जनार्दन शर्मा चढेको गाडीलाई लक्षित गरी बम प्रहार

Posted by - November 10, 2017 0
बाम गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा विना विभागीय मन्त्री जनार्दन शर्मा र उनको प्रचार टोलीलाई लक्षित गरी अज्ञात…
%d bloggers like this: