महान् बन्ने सूत्र

55 0

संसारका महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनसँग एक पटक एक केटोले सोध्यो, ‘सर आज सारा संसारमा तपाईको नाम चर्चित छ । सबै तपाईको प्रशंसा गर्छन् । तपाईलाई महान् भन्छन् । भन्नुस् न आखिर महान् बन्ने सूत्र के हो ?’

‘लगन,’ आइन्स्टाइनले मुस्कुराउदै भने, ‘यसको सूत्र लगन हो । जब म तिम्रो उमेरको थिए तब गणित देखि डराउथे, जस्तो आज तिमी डराउछौ । म धेरैजसो गणितमा फेल हुन्थे । मैले सजाय पाउथे, मेरा साथीहरू मलाई जितेर अघि बढ्थे । उनीहरू मेरो मजाक उडाउथे । म मन मारेर बस्थे । एकदिन मैले सोचे आखिर ममा कुनै कमी त छैन, फेरि पनि म किन गणित देखि डराउने गर्छु ? बस्, त्यो दिनदेखि मैले गणितका प्रश्नहरू समाधानको लागि निकाल्न थाले । याद राख, म बारम्बार असफल पनि भए । साथीहरूले खिल्ली उडाउन छोडेनन् तै पनि ममा लगन थियो कि गणितको समस्या समाधान गरेरै छोड्नेछु । र यही लगनले मलाई आज यहाँसम्म पुर्यायो । लगन नै सफलताको सूत्र हो, गुरूमन्त्र हो । यसर्थ लगन कहिल्यै नछोड्नु तिमीले ।’.

प्रतिक्रिया

Related Post

गौचन हत्याकाण्डका मुख्य आरोपी समिरमान बस्नेत पक्राउ

Posted by - December 3, 2017 0
मंसिर १७, २०७४-निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या गर्ने गिरोहका मुख्य योजनाकार समीरमान बस्नेतलाई नेपाल प्रहरीको केन्द्रीय…

नेशनल मेडिकल कलेजको पक्षमा सर्वोच्चले दिएको आदेश रद्द गर्न शिक्षा मन्त्रालयको निवेदन

Posted by - November 8, 2017 0
काठमाडौं नेशनल मेडिकल कलेजको सम्बन्धन तत्काल खारेज नगर्न सर्वोच्च अदालतले दिएको आदेश रद्द गर्न माग गर्दै शिक्षा मन्त्रालयले सर्वोच्चमै ‘भ्याकेट’…

पोखरामा वामगठबन्धन उम्मेदवारको गाडी तोडफोड

Posted by - November 8, 2017 0
वामगठबन्धनका तर्फबाट कास्की जिल्लाको क्षेत्र नम्बर ३ का उम्मेद्वार जगत विश्वकर्माले प्रयोग गर्ने गाडी मंगलाबार साझँ तोडफोड भएको छ। उनले…
%d bloggers like this: