गगन थापा माथि बम आक्रमण हुदाँ थापासहित ११ जना घाइते | त्रिवी शिक्षण अस्पताल लगियो

88 0
काठमाडौं: काठमाडौं-४ का काँग्रेस उम्मेदवार गगन थापालाई लक्षित गर्दै बम अाक्रमण भएको छ। घटनामा उम्मेदवार गगन थापा सहित सात जना घाइते भएका छन्।चुनावी घरदैलाको क्रममा बुढानिलकण्ठ नगरपालिकाको चपलीहाइटमा पुगेका बेला बम विस्फोट भएको हो । विस्फोटबाट नेता थापाको टाउको र कम्मरमा चोट लागेको उहाँको सचिवालयले जनाएको छ ।

चुनाबी कार्यक्रमा गएका बेला चपलीको माटो कोलनीमा बम अाक्रमण भएको हो।  घाइते थापासहित ११ जनालाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ।थप समाचार आउन बाँकी रहेको छ। चुनाब आउन ३ दिन मात्र बाँकी रहँदा सुरक्षा बिषयमा बम हमलाका घटना हरु बढेका छन्। गगन थापा र घाइते सबैलाइ स्वास्थ्य लाभको कामना!

यसैबिच थापाले ” आफुलाई कान र पछाडि पट्टी बम को छर्राले गर्दा चोट लागेको र अरु सामन्य भएको “, अस्पतालबाट बताएका छन्। अहिले महाराजगन्ज स्थित शिक्षण अस्पतालमा जनमानसको भिड भएको छ।

प्रतिक्रिया

Related Post

चुनावका बेला ४ दिन स्कुल बन्द हुने

Posted by - November 20, 2017 0
मंसिर ४, २०७४-प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अवधिमा ४ दिन स्कुल बन्द गर्न निर्वाचन आयोगले गृह मन्त्रालयलाई सिफारिस गरेको छ । सिफारिस…

वैदेशिक रोजगार विभागका महानिर्देशक पाण्डे पक्राउ

Posted by - November 15, 2017 0
काठमाडौं—अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेलाई पक्राउ गरेको छ। मेनपावरसँग पैसा असुलेर अनिमियतता गरेको अभियोगमा पाण्डेलाई…

अन्धाधुन्ध खुकुरी प्रहार गर्दा तीनको मृत्यु

Posted by - November 15, 2017 0
२८ कात्तिक, काठमाडौं । मकवानपुरको मनहरी–७ मा एक व्यक्तिले अन्धाधुन्ध खुकुरी प्रहार गर्दा तीन जनाको मृत्यु भएको छ । अर्का…

हेर्नुस्, प्रदेशका राजधानी कहाँ कहाँ कायम हुँदैछन् ?

Posted by - November 15, 2017 0
संघीय संरचनाअनुसार प्रदेशसभाको निर्वाचन नजिकिएसँगै आफ्नो क्षेत्रका प्रदेश राजधानी कहाँ तोकिएला भन्ने चासो मतदातामा बढेको छ । राजनीतिक दलका स्थानीय…

काठमाडौं-८ : ‘किल्ला’ जोगाउने र भत्काउनेको लडाइँ

Posted by - November 10, 2017 0
काठमाडौं : बहुदलकालका तीन चुनावमा तीनैपल्ट लालकिल्ला तर पछिल्ला दुई संविधानसभा चुनावमा लगालग कांग्रेसको वर्चश्व । काठमाडौं-८ को चुनावी माहोल तताउन…
%d bloggers like this: