राजनीति ,ब्याबसाय र समाजसेवामा अब्बल प्रभु थापा

फेमस नेपाल
फेमस नेपाल २० कार्तिक २०८०, सोमबार
3 Min Read
Aa

काठमाडौं । प्रवासी नेपाली अन्तर्राष्ट्रिय कमिटी सचिवालय सदस्य,अमेरिकाका इन्चार्ज समेत रहेका कुशल राजनीतिज्ञ र प्रतिष्ठित ब्याबसायी तथा वरिष्ठ समाजसेवी प्रभु थापाले चितवन मानव आश्रम र असहाय संरक्षण केन्द्रलाई सहयोग गरेका छन् । वडा दसैंको अवसर पारेर महाअष्टमीका दिन उनले आश्रमका वृद्धवृद्धा तथा केन्द्रका असहाय बालबालिकालाई लत्ताकपडा र खानाको व्यवस्था थिए भने सोही अवसरमा थापाले लमजुङको युवा क्लबलाई खेलकुदको सामग्री समेत वितरण गरेका थिए ।

सामाजिक कार्यमा सदासर्वदा लाग्ने थापाले नेपालमा मात्र नभइ अमेरिकामा जाने नेपालीलाई पनि आवश्यक सहयोग गर्दै आइ रहेका छन् । नेपालबाट सुनौलो भविष्यको सपना बोकेर अमेरिका पुगेका नेपालीलाई अमेरिकामा जागिर खोजि दिने देखि आय आर्जन नहुञ्जेलसम्म खान बस्नको समेत व्यवस्था गर्दै आइरहेका छन । साथै अमेरिका लगायत अन्य जुनसुकै स्थानहरुमा हुने सेवामुलक हरेक संघसस्थाका कार्यक्रमहरुमा समेत आर्थिक सहयोग गर्दै आइरहने समाजसेवी प्रभु थापा अमेरिकाको वाल्टिमोरमा हिमालयन हाउस नामक नेपाली रेष्टुरेन्ट सञ्चालन गर्दै आएका छन । उनको स-परिवार सामाजिक , राजनीतिक र व्यवसायिक जीवन निर्वाह गर्दै आएका छन् । समाजसेवीलाई जिवनको मुख्य सन्तुष्ट मान्ने प्रभु थापा जिवनको पहिलो कर्तव्य नै सेवा हो भन्ने सोच राख्ने गर्दछन ।

लमजुडको राइनास नगरपालिका वार्ड नं ९ मा जन्मिएर अमेरिकालाई कर्म थलोका रुपमा अंगालेका थापाले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नाकोत्तर गरेका हुन् । खेलकूदमा समेत उत्तिकै चासो राख्ने उनी करातेका व्ल्याक वेल्ट प्राप्त सेकेन्ड डन हुन् । उनी हाल प्रवासी मञ्च अमेरिकाका निर्वाचित अध्यक्ष हुन् । उनी ११ वर्षको उमेरबाटै अन्यायको विरूद्ध लड्दै आएका कुशल र हुनहार राजनीतिज्ञ हुन् । राजनीतिक यात्राको क्रममा पटक पटक गिराफ्तार, घाइते तथा थुनामा परेका उनलाई जनआन्दोलन २०६२/०६३ मा गंगोवुमा टाउकोमा गोली लागेको थियो । देशका गणतन्त्र स्थापनाका गोली थापेका उनले नेपालमा बस्दा आफै रेष्टुरेन्ट सञ्चालन गरेर स्वरोजगार बन्न प्रेरणा दिनुका साथै अन्य धेरैलाई रोजगारी दिएका थिए ।

- Advertisement -
Ad image

२०३९ सालबाट वामपन्थी विद्यार्थी समूहसँग आवद्ध रहेका उनले २०४७ सालदेखि २०६३ सालसम्म नेपाल ट्रेड यूनियन महासंघ जिफन्ड मातहत होटल यूनियनमा सक्रिय हुदै प्रतिष्ठानको अध्यक्ष, केन्द्रीय कमिटीमा सचिवको भुमिका समेत निर्वाह गरिसकेका छन् ।

राष्ट्रिय परिषद सदस्य जिम्मेवारी वहन गरेका उनले लमजुङ सम्पर्क मञ्चको अध्यक्ष, गण्डकी अन्चल सम्पर्क मन्चको अध्यक्ष समेत भइसकेका छन् । थापा पार्टीको लडाकु दस्ता पीपुल्स भोलेन्टियर नेपालको संस्थापक केन्द्रीय समूहको सदस्य र यूएनडीएफ डीसी मेट्रो कमिटिको सचिवालय सदस्य हुन् । उनी नेपाल रेडक्रस सोसाइटी, लाईन्स क्लब, हेल्पर ग्रुप हायन्ड, बल्डडोनर एसोसिएशन, वाल्टिमोर नेपाली कम्युनिटी लगायत धेरै संघसंस्थामा आवद्ध रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्