स्वास्थ्य मन्त्री बस्नेतलाई एमाले स्वास्थ्य विभागले बुझायो ज्ञापनपत्र

Famous Nepal
Famous Nepal ५ असार २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) स्वास्थ्य तथा जनसंख्या विभागले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतलाई ११ बुँदे ज्ञापनपत्र बुझाएको छ ।

एमाले स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख एवं पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्णगोपाल श्रेष्ठ नेतृत्वको विभागका सदस्यहरूको टोलीले मंगलबार मन्त्री बस्नेतलाई मन्त्रालयमै भेटेर ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा प्रत्येक अस्पतालले कुल शय्याको १० प्रतिशत विपन्नका लागि छुट्याएर सम्पूर्ण उपचार निःशुल्क गर्नु र्ने नियम लागू गर्नुपर्ने, स्वास्थ्य बीमा कार्यक्रमलाई सहजीकरण गर्नुपर्ने, आधारभूत स्वास्थ्य केन्द्र र आधारभूत अस्पतालहरूको निर्माण चाँडो सम्पन्न हुनुपर्ने माग गरिएको छ । त्यसैगरी चिकित्सक र स्वास्थ्यकर्मीको विदेश पलायन रोक्न विशेष कार्यक्रम ल्याउनु पर्ने, सरुवा रोगको संक्रमण रोक्न पूर्वतयारी गर्नुपर्ने, कर्मचारीको सरुवामा एकरुपता ल्याउनु पर्ने, स्वास्थ्यकर्मीको सुरक्षा व्यवस्थालाई भरपर्दो बनाउनु पर्ने र डाइलासिससहित अस्पतालमा हुने अप्रेसनका लागि लामो पालो कुर्नुपर्ने अवस्था अन्त गर्नुपर्ने लगायतका छन् ।

ज्ञापन पत्र ग्रहण गर्दै स्वास्थ्य मन्त्री बस्नेतले ज्ञापन पत्रमा समावेश गरिएका ११ वटै बुँदाका विषयमा आफू जानकार रहेको र सुधारका लागि काम अगाडि बढाइसकेको बताए । आफूले मन्त्रालय सम्हालेकै दिनदेखि विपन्नको सहज उपचारका विषयमा चिन्तित भएर लागेको बताउँदै हरेक अस्पतालले १० प्रतिशत शैयामात्र निःशुल्क नभएर उपचार पनि निःशुल्क हुनुपर्ने मान्यताका साथ काम भइरहेको र धेरै अस्पतालले लागू पनि गरिसकेको उनले जानकारी दिए ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array