दुर्गा प्रसाईं आफ्नै निवासमा नजरबन्द ,समर्थन सडकबाटै पक्राउ ( तस्वीर सहित )

फेमस नेपाल
फेमस नेपाल ८ मंसिर २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौं । आज मेडिकल ब्याबसायी दुर्गा प्रसाईको आन्दोलनको दोश्रो दिन । हिजो मंसिर ७ गते बल्खुमा बृहत् आन्दोलन गरिएको थियो भने आन्दोलनमा राखिएका मागहरु पूरा नहुन्जेलसम्म आन्दोलन जारी रहने घोषणा गरिएको थियो । तिनकुनेमा राखिएको आन्दोलन आज भने हुन पाएन।जिल्ला प्रशासनले कुनै जानकारी नै नगरेको भन्दै आज तिनकुनेमा निषेधाज्ञा लगाएको छ । आज तिनकुनेको अवस्था सामान्य रहेको छ भने सडकमा हिड्ने बटुवालाई भने सास्ती रहेको छ ।

सडकमा हिड्ने बटुवालाई प्रहरीले सामान्य सोधपुछ गर्दै संका लागेमा नियन्त्रणमा लिएको छ । हेर्दा अलिक फरक हाउभाउ भएको र गन्तव्य नभएको ब्यक्तीलाई छानीछानी ,खोजी खोजी नियन्त्रणमा लिएको छ भने नियन्त्रणमा लिएका मध्ये केही ब्यक्तिहरु भने आन्दोलनमा सरिक हुन नआएका समेत परेका छन ।

- Advertisement -
Ad image

तिनकुनेको अवस्था सामान्य देखिएपनी तनावग्रस्त भने रहेको छ । बाक्लो सुरक्षाकर्मीको उपस्थिति रहेको तिनकुनेमा धेरैको सख्यामा नियन्त्रणमा लिएका छन ।

प्रतिक्रिया दिनुहोस्

Array