प्रजातन्त्र दिवसको दिन पत्रकारले गरे क्यामेरा डाउन

फेमस नेपाल
फेमस नेपाल ७ फाल्गुन २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौं । आज प्रजातान्त्र दिवस । आजको दिन देशमा जनताको लागि प्रजान्तन्त्र ल्याएको थियो । प्रजातन्त्र दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रम गरि मनाईन्छ । आजको दिन काठमाडौंको सैनिक मंचमा मुल समारोह समितिले एक बृहत कार्यक्रम गरि मनाएको छ ।

आज सैनिक मंचको कार्यक्रममा देशका तेस्रो अंग मानिने पत्रकारमाथी दुव्र्यवहार भएको छ । संयौको संख्यामा उपस्थित पत्रकारहरुलाई माथिको आदेश भनेर प्रवेश रोक लगाएको छ । सुचना बिभागको कार्ड देखाउदा समेत निमन्त्रणा पत्रको आडमा प्रवेश रोक लगाउदा सम्पूर्ण पत्रकारहरुले सैनिक मंचको गेटमै क्यामेरा डाउन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array